Advertisement

समाचार

मतदाता नामावली संकलनमा ९३ हजारभन्दा बढी नयाँ मतदाता थप

मतदाता नामावली संकलनमा ९३ हजारभन्दा बढी नयाँ मतदाता थप

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- कानुन संशोधनपछि सुरु गरिएको मतदाता नामावली संकलन अभियानमा करिब एक महिनामा ९३ हजार ३५१ नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका अनुसार असोज १२ गतेदेखि सुरु गरिएको अभियानअन्तर्गत हालसम्म ५६ हजार ७१८ पुरुष, ३६ हजार ६२४ महिला र ९ अन्य मतदाता सूचीकृत भएका छन्। आयोगले नयाँ मतदाता दर्ताका लागि कात्तिक ३० गते सम्मको समय तोकेको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार शनिबार र सार्वजनिक बिदा बाहेकका दिन कात्तिकभर नामावली दर्ता गराउन सकिनेछ। हाल दैनिक ६–७ हजार मतदाता सूचीकृत भइरहेका छन्। आयोगले दर्ता अवधि सकिन लागेकाले महिनाको अन्त्यतिर दैनिक दर्ता हुने मतदाताको संख्या १० हजारसम्म पुग्ने अनुमान गरेको छ। सरकारले जेन–जी आन्दोलनपछि प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति तोकेपछि, मतदाता नामावली ऐन संशोधन गरी निर्वाचन घोषणा भइसकेपछि पनि नयाँ मतदाता दर्ता ग...
आज प्रधानमन्त्री कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

आज प्रधानमन्त्री कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ४ बजे बालुवाटारमा आह्वान गरिएको छ। बैठकमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरू क्रमशः हिक्मतबहादुर कार्की, जितेन्द्रप्रसाद सोनार, इन्द्रबहादुर बानियाँ, सुरेन्द्रराज पाण्डे, चेतनारायण आचार्य, यामलाल कँडेल र कमलबहादुर शाह उपस्थित रहने छन्। प्रधानमन्त्री कार्कीले संघ र प्रदेश सरकारबीच संवाद र सहकार्यलाई थप सघन बनाउन तथा वर्तमान राजनीतिक परिवर्तित अवस्थासँग सम्बन्धित विषयमा छलफल गर्न बैठक आह्वान गरेकी हुन्।...
डडेल्धुरामा एक पुरुष मृत फेला

डडेल्धुरामा एक पुरुष मृत फेला

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका–२ बगालसैनका ५७ वर्षीय तेजबहादुर विष्ट शनिबार मृत अवस्थामा फेला परेका हुन् । विष्ट सोही वडाको पनाल खेतमा मृत अवस्थामा फेला जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए । घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विष्टको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।...
नेपालमा आजदेखि मौसममा थप सुधार, केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

नेपालमा आजदेखि मौसममा थप सुधार, केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ- देशभर आजदेखि मौसममा थप सुधार हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि नै मौसम क्रमिक रूपमा सुधार हुँदै आएकोमा आज अझ सुधार हुने अनुमान गरिएको हो । मौसमविद् सञ्जीव अधिकारीका अनुसार बङ्गालको खाडीबाट विकसित मोन्था चक्रवातको प्रभाव हटिसकेको छ । यद्यपि, अहिले पनि पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ, जसका कारण केही ठाउँमा पानी पर्ने सम्भावना छ । उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै ठाउँमा आज पनि सामान्य वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने सम्भावना छ । पहाडी भागमा बदली रहे पनि बाँकी भूभागमा मौसम सफा रहने अनुमान गरिएको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली रहने, मधेश प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली रहने तथा बाँकी भागमा मौ...
अमेरिकासँग नेपाल पराजित, विश्वकप लिग-२ मा लगातार तेस्रो हार

अमेरिकासँग नेपाल पराजित, विश्वकप लिग-२ मा लगातार तेस्रो हार

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो हार व्यहोरेको छ। शनिबार दुबईस्थित आइसीसी एकेडेमीमा भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको हो। नेपालले दिएको २ सय ७२ रनको लक्ष्य अमेरिकाले ४९ औं ओभरको छैटौं बलमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। चौथो विकेटका लागि साइतेजा मुक्कमल्ल र मिलिन्द कुमारले १ सय २३ रनको महत्वपूर्ण साझेदारी गर्दै अमेरिकालाई जीततर्फ उकासेका थिए। साइतेजा मुक्कमल्लले १ सय १ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७५ रन बनाए। उनी करण केसीको बलमा कुशल भुर्तेलबाट क्याच आउट भए। मिलिन्द कुमारले ६६ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ७० रन बनाए। उनलाई सन्दीप लामिछानेले भीम सार्कीको हातबाट क्याच गराउँदै फर्काए। सयान जहानजिरले ३६ रन बनाउँदा सन्दीपको बलमै बोल्ड आउट भए। कप्तान मोनांक पटेलले २१ रनमा नन्द...
कञ्चनपुरमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु

कञ्चनपुरमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाणीमा आज बिहान १० बजेर १५ मिनेटमा महाकाली यातायातको ना ७ ख ६१८२ नम्बरको बस दुर्घटना हुँदा कृष्णपुर १ बण्डका ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार दुर्घटनामा घाइते भएका बलबहादुरलाई उपचारका लागि वाणी अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको उनले जानकारी दिए। बसमा सवार अन्य चार जना सकुशल रहेका छन्। सो बसका चालक वेदकोट नगरपालिका–३ दैजीका ४६ वर्षीय रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस काठमाडौँबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ जाँदै गरेको बताइएको छ।...
नेपालमा ‘मोन्था’ चक्रवातको प्रभाव घट्दै, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

नेपालमा ‘मोन्था’ चक्रवातको प्रभाव घट्दै, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ को प्रभाव नेपालमा क्रमशः कमजोर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देशभर कायम रहेको महाशाखाले बताएको छ। कोशी प्रदेशमा पूर्ण बदली छ भने बाँकी प्रदेशहरूमा सामान्यदेखि अधिकांश स्थानमा आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिक बदली रहने अनुमान छ। कोशीका थोरै स्थानमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। त्यसैगरी, कोशीका उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावन...
विश्वकप लिग- २: नेपाल आज अमेरिकासँग भिड्दै, पछिल्ला दुई खेलमा पराजित

विश्वकप लिग- २: नेपाल आज अमेरिकासँग भिड्दै, पछिल्ला दुई खेलमा पराजित

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृंखलामा नेपाल आज अमेरिकासँग भिड्दैछ। खेल दुबईमा बिहान सवा ११ बजे सुरू हुनेछ। यूएईमा नेपाल, अमेरिका र घरेलु टोली यूएईबीच लिग- २ अन्तर्गतको श्रृंखला जारी छ। श्रृंखलाको पहिलो खेलमा गएको आइतबार नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो। त्यसपछि बिहीबार यूएईसँग भएको खेलमा पनि नेपाल ५ विकेटले हार्यो। नेपालले श्रृंखलाको अन्तिम खेल आउँदो बुधबार यूएईविरुद्ध खेल्नेछ। त्यसपछि टोली स्वदेश फर्कनेछ। लिग- २ को अंकतालिकामा नेपालले १८ खेलमा १२ अंक जोड्दै सातौं स्थानमा रहेको छ। शीर्ष स्थानमा अमेरिका २२ खेलमा ३२ अंकसहित अग्रस्थानमा छ भने यूएई १८ खेलमा ८ अंकसहित अन्तिम स्थानमा छ।...
दार्चुलाको अपिहिमाल गाउँपालिका राष्ट्रियस्तरमा सम्मानित, पर्यटन विकासमा उत्कृष्ट

दार्चुलाको अपिहिमाल गाउँपालिका राष्ट्रियस्तरमा सम्मानित, पर्यटन विकासमा उत्कृष्ट

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- दार्चुलाको अपिहिमाल गाउँपालिका पर्यटन विकासमा देशभरका स्थानीय तहमध्ये उत्कृष्ट भएको भन्दै नेपाल सरकारले राष्ट्रियस्तरमा सम्मान गरेको छ। बिश्व पर्यटन दिवशको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रमा योगदान पुगाउने विभिन्न क्षेत्रमा रहेका ब्यक्ति तथा संघ संस्थाहरुलाई प्रोत्साहन स्वरुप सम्मानित गर्ने गरेकोमा यो बर्ष देशभरका स्थानीय तहहरुमध्ये अपिहिमाल गाँउपालिकाले उत्कृष्ट पालिकाको सम्मान पाएको हो । गाँउपालिका अध्यक्ष भगत सिंह ठेकरे बोहराले पर्यटन विकासमा उत्कृष्ट पालिकाको सम्मानपत्र मन्त्रालयमै पुगेर मन्त्रालयका सचिव हरि प्रसाद मैलानीबाट ग्रहण गरेका छन् । पर्यटन दिवसका अवसरमा गत सेप्टेम्बर २७ मा गाँउपालिका उत्कृष्ट घोषित भएपनि सहभागी हुन नसकिएकाले आज आफुले मन्त्रालयमै पुगेर सम्मानपत्र ग्रहण गरेको अध्यक्ष बोहराले बताए । गाउँपालिकाले पछिल्ला तीन वर्ष...
बैतडीको पुर्चौंडीमा आज सार्वजनिक बिदा

बैतडीको पुर्चौंडीमा आज सार्वजनिक बिदा

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीको पुर्चौंडी नगरपालिकाले आज (शुक्रबार) सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको वडा नं १ स्थित प्रसिद्ध राताशीला त्रिवेणी धाममा लाग्ने गिरेगडा कफलखाना जात्राको अवसरमा स्थानीय सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर नेपालीका अनुसार आज नगरपालिकाभित्रका सबै सरकारी तथा गैरसरकारी निकाय र शिक्षण संस्थामा सार्वजनिक बिदा छ । गिरेगडा कफलखाना जात्रा हरेक वर्ष कार्तिक शुक्ल दशमीका दिन सुरु भई कार्तिक शुक्ल एकादशी (हरिबोधनी एकादशी) का दिन सम्पन्न हुने गर्दछ । यस वर्ष जात्रा आजदेखि सुरु भई भोलि हरिबोधनी एकादशीका दिन समापन हुने वडा नं १ का अध्यक्ष गणेशबहादुर गडालले जानकारी दिए । जात्रामा विभिन्न ठाउँका दर्शनार्थी पुग्ने गर्छन् । विशेषगरी यस जात्रामा ‘गीर खेल्ने’ परम्परागत चलन रहिआएको छ ।...
एशिया भ्रमणमा ट्रम्पको शक्ति प्रदर्शन र कूटनीतिक सन्तुलन

एशिया भ्रमणमा ट्रम्पको शक्ति प्रदर्शन र कूटनीतिक सन्तुलन

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पाँचदिने एशिया भ्रमण शक्ति प्रदर्शन र कूटनीतिक सन्तुलनको मिश्रण बनेको विश्लेषण गरिएको छ। बीबीसीका अनुसार ट्रम्पले मलेशिया, जापान र दक्षिण कोरियामा व्यापार सम्झौता, लगानीको वाचा र आदरपूर्ण स्वागत प्राप्त गरेका छन्। जापानले पाँच सय पचास अर्ब अमेरिकी डलरको लगानी घोषणा गर्दै ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको छ भने दक्षिण कोरियाले उहाँलाई उच्च राष्ट्रिय पदक र ‘पिसमेकर’ सम्मान प्रदान गरेको छ। भ्रमणको मुख्य क्षण अन्तिम दिन चीनका राष्ट्रपति सी जिनपिङसँग भएको भेटलाई मानिएको छ। उक्त भेटमा दुबै नेताले व्यापार तनाव घटाउने सहमति जनाएका छन्। यस क्रममा अमेरिकाले केही कर दर घटाएको छ भने चीनले अमेरिकी कृषि तथा ऊर्जाजन्य वस्तु खरिद पुनः सुरु गर्ने वाचा गरेको छ। विश्लेषकहरूका अनुसार, ठूला उपलब्धि नभए पनि दुवै देशबीचको सम्बन्ध सुधारउन्मुख देखिएको...
नेपालमा ‘मोन्था’ चक्रवातको प्रभाव,आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालमा ‘मोन्था’ चक्रवातको प्रभाव,आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ को प्रभावका कारण नेपालको मौसम शुक्रबार साँझसम्म प्रभावित रहने भएको छ। शनिबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव छ। यी मौसमी प्रणालीका कारण देशभर सामान्यदेखि अधिकांश स्थानमा बदली छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थानमा, गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा सामान्य बदली रहने सम्भावना छ। उक्त प्रदेशका धेरै स्थानमा मध्यम वर्षा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। कोश...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज