Advertisement

समाचार

विशेष अदालतका अध्यक्ष र सदस्यले लिए शपथ

समाचार
कैलाली - विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतका नवनियुक्त न्यायाधीशहरुलाई शपथ गराएका हुन् । ५ मंसिरमा बसेको न्यायपरिषदको बैठकले विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर, सदस्यमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापा नियुक्ति सिफारिस गरेको थियो ।...
राष्ट्रपति महिला उत्थान कार्यक्रमले गर्भवती र सुत्केरीको उद्धारमा सहज

राष्ट्रपति महिला उत्थान कार्यक्रमले गर्भवती र सुत्केरीको उद्धारमा सहज

समाचार
सङ्खुवासभा- राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट यहाँका गर्भवती र सुत्केरीको उद्धारमा सहज भएको छ। गम्भीर समस्यामा परेका गर्भवती र सुत्केरीको समयमै हेलिकोप्टरमार्फत हुने उद्धारले धेरैको ज्यान जोगिएको छ। भौगोलिक विकटताका कारण बर्थिङ सेन्टर र स्वास्थ्य चौकीमा शल्यक्रियासहितको प्रसूति सेवा पर्याप्त छैन। विशेषज्ञ चिकित्सक र पर्याप्त पूर्वाधार अभावमा दुर्गममा भरपर्दो प्रसूति सेवा पनि छैन। यही कारण जिल्लामा गम्भीर अवस्थाका गर्भवती तथा सुत्केरीको उपचार सहज हुँदैन।  जिल्लाका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम प्रभावकारी देखिएको पब्लिक हेल्थ नर्स अधिकृत भवानी तिम्सिनाको भनाइ छ। गर्भवती तथा सुत्केरी जटिलताका लागि हवाई उद्धार कार्यक्रम अन्तर्गत २०७७ सालदेखि हालसम्म १६ जना सुत्केरी तथा गर्भवतीको हवाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको पब्लिक हेल्थ नर्स ...
बीपी प्रतिष्ठानको फार्मेसीका कर्मचारी अस्पताल मातहत ल्याउन NPA कोशिको ध्यानाकर्षण!

बीपी प्रतिष्ठानको फार्मेसीका कर्मचारी अस्पताल मातहत ल्याउन NPA कोशिको ध्यानाकर्षण!

समाचार
धरान– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित फार्मेसीमा कार्यरत कर्मचारीलाई अस्पताल मातहतमा ल्याई सेवा सुविधा उपलब्ध गराउन माग गरिएको छ। नेपाल फर्मास्युटिकल एसोसिएसन कोशी प्रदेश कार्यसमितिले सो माग गर्दै प्रतिष्ठानका उपकुलपतिलाई ध्यानाकर्षण गराएको हो। एसोसिएसनले आइतबार दिउँसो प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रल्हाद कार्कीलाई तीन बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएको हो। ध्यानाकर्षणपत्रमा हाल प्रतिष्ठानको फार्मेसीमा कार्यरत फार्मेसी सहायकहरू टेन्डरमार्फत बाह्य कम्पनीबाट काम गराइएकाले अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ अस्पतालकै मातहत ल्याउनुपर्ने माग गरिएको छ। त्यस्तै निर्देशिका र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्रअनुसार फार्मेसी सञ्चालन गरिनुपर्ने र अस्पतालमा अतिआवश्यक औषधि र प्रविधिजन्य स्वास्थ्यसामग्री उपलब्धता नहुने भएकाले बि...

एनएसएलमा आज झापा र काठमाडौं खेल्दै

समाचार
कैलाली - नेपाल सुपर लिग (एनएसएल) मा आज झापा एफसी र साविक विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले मौसमको अवस्थालाई ध्यानमा राख्दै र विज्ञहरुको सल्लाह अनुसार साँझको खेल आधा घण्टा अघि सार्ने निर्णय गरेको हो ।  यसअघि साँझ साढे ५ बजे सुरु हुँदै आएको खेल आजदेखि नै ५ बजे सुरु हुनेछ । झापा र काठमाडौं दुवै आफ्नो तेस्रो खेल खेल्दैछन् । दुई खेलमा एक जित र एक बराबरी खेलेको काठमाडौं ४ अंकसहित चौथो स्थानमा छ । काठमाडौंलाई आजको खेल जित्दै शीर्ष स्थानको धनगढी एफसीसँग अंक बराबरी गर्ने मौका छ । उद्घाटन खेलमै स्पोर्टिङ इलामलाई हराएर विजयी सुरुवात गरेको काठमाडौंले दोस्रो खेलमा एफसी चितवनसँग बराबरी खेलेको थियो । उता नयाँ टोली झापाले दुई खेल खेल्दा जित हात पार्न सकेको छैन । सिजनको पहिलो खेलमा स...

धनगढीमा एक घरमा आगलागी

समाचार
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर-१५ मा रहेको  एक घरमा आगलागी भएको छ । वडा नम्बर १५ मा रहेको आमबगैँचा बस्ने ३९ वर्षीया लक्ष्मी सेट्टीको घरका आइतवार आगलागी भएको हो। घरमा कोही नभएको बेला दुई कोठे जस्ताले छाएको घरमा आगलागी हुँदा अन्दाजी ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगलागीको कारण भने अहिले सम्म नखुलेको प्रहरीले जनाएको छ  ।...

धनगढीमा एक घरबाट नगदसहित ८ तोला सुन चोरी

समाचार
धनगढी - कैलालीको धनगढीमा एक घरबाट चोरी भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर-४ तारानगरमा एक घरबाट सुनका गरगहना ८ तोला, तिन लाख नगद, ४ तोला चादीका सामाग्री चोरी भएको हो । सपरिवार बुधवार पुजाका लागि डोटी गएका बेला स्थानीय करन बानियाको घरमा चोरी भएको जनाइएको छ । धनगढी घरमा आईतवार पुग्दा चोरी भएको थाहा भएको बानियाले बताए । चोरले घरमा रहेको पुजा कोठाबाट नगद, दाराज फोडेर नगद र गरहना चोरेर लगेको घरधनी बानियाले जानकारी दिए । सोमवार जिल्ला प्रहरी कार्यालय कैलालीमा चोरीको निवेदन दर्ता गर्ने उनले बताएका छन् ।...

कञ्चनपुरमा दुई जना फरार प्रतिवादी पक्राउ

समाचार
कैलाली - प्रहरीले कञ्चनपुरमा लागूऔषध मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला अदालतले २०७७ चैतमा १ महिना २६ दिन कैद सजाय तोकेका बेदकोट नगरपालिका–६ का कमल चौधरी र २०७८ साल पुसमा १ महिना १ दिन कैद तोकिएका भीमदत्त नगरपालिका–१४ का संजोग भन्ने अजय भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । घर ठेगानाबाटै पक्राउ परेका दुवै जनालाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ।...

यस्तो छ आजको मौसम 

समाचार
कैलाली - हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार बागमती, ,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। लुम्बिनी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।...

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

समाचार
कैलाली - कैलालीमा लागूऔषध खैरोहिरोइनसहित तीन जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१ का २२ वर्षीय चन्द्र महता, गोदावरी नगरपालिका–५ का २५ वर्षीय गोकुल श्रेष्ठ र धनगढी उपमहानगरपालिका–१३ का २९ वर्षीय मेघराज बुढाथोकी रहेका छन् ।  उनीहरुको साथबाट १४० मिलीग्राम लागूऔषधसहित गोदावरी नगरपालिका–१ धनगढी रोडबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।  उनीहरुलाई लागूऔषध खरिद बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । अहिले तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको बताइएको छ ।...

भ्रम फैलाउने १८ युट्युबलाई कारबाहीको लागि सिफारिस

समाचार
कैलाली  — प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई सञ्चालित भई अफवाहपूर्ण सामाग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युब च्यानललाई कारबाहीको लागि सिफारिस गरेको छ । निराधार, अफवाह र अतिरञ्जनापूर्ण शीर्षक दिइ जनमानस भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन भएकोले कारबाही प्रक्रिया अघि बढाइएको काउन्सिलले जनाएको छ। मिडियाअन्तर्गत आवद्ध नभएका सामाजिक सञ्जाल (युट्यूब च्यानल) बाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मिडिया अन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ । काउन्सिलले यसअघि सञ्चार माध्यमको आवरणमा...

कैलालीबाट भरुवा बन्दुकसहित बझाङका विरबहादुर पक्राउ

समाचार
धनगढी - कैलालीमा घर ज्वाइँ बसेका बझाङका एक जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको केदारस्युँ गाउँपालिका–६ का ३७ वर्षीय वीरबहादुर धामी छन्। उनी कैलालीको चुरे गाउँपालिका–३ सल्लेरीमा ससुरालीमा बस्दै आएका थिए। शनिबार साँझ एकथान भरुवा बन्दुकसहित सल्लेरीबाट वीरबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ। धामीले भरुवा बन्दुक लुकाइराखेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले तलासी गर्ने क्रममा उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको जनाइएको छ।...

कैलालीबाट दुई बालकको उद्दार

समाचार
धनगढी - कैलालीको अत्तरियाबाट अलपत्र दुई बालकको उद्दार गरिएको छ। शनिबार राति बर्दिया घर बताउने करिब ६ वर्षका बालक आयुष थारु र करिब ४ वर्षका बालक आरयास थारुको उद्दार गरिएको हो। इलाका प्रहरी कार्यालय मालाखेतीले उद्दार गरेका दुवै बालकलाई अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा राखिएको छ।  इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले दुवै बालकलाई अत्तरिया बसपार्कमा अलपत्र अवस्थामा फेला पारेको बताए।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज