Advertisement

समाचार

अछाम पुगेर ओली भन्छन् : मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो

समाचार
कैलाली - नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् । नेकपा एमालेले सुरु गरेको महाकाली-मेची यात्राका क्रममा आइतबार बिहान अछामको विनायकमा पत्रकारसित कुरा गर्दै उनले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो भएको बताए । ‘०७९ जेठ १७ गते विनोद शाहजस्ता होनहार युवाको जसरी हत्या भयो, त्यसको म विरोध गर्न चाहन्छु। अत्यन्तै घिनलाग्दो कुरा हो, मानिसको हत्या गर्नु, मानिसमाथि आक्रमण गर्नु, हत्याको संस्कृति आफूजस्तै मान्छेलाई मारेर एउटा मान्छे मारेर चुनाव जित्ने भनेको घिनलाग्दो कुरा हो,’ ओलीले भने, ‘यो कुरा हामीमाथि पनि र संसदमा पनि भनिरहेका छौं। सरकारमा हुँदा पनि यस्ता कुरालाई हतोत्साही गरेका छौं।’ चुनावकै विषयमा ०७९ जेठ १७ गते अछामका शाहीलाई बेपत्ता बनाई हत्या गरिएकोमा ओलीले खेद प्रकट गरेका थिए।...

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

समाचार
कैलाली - कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको वेदकोट नगरपालिका–६ का २४ वर्षीय प्रदिप मार्कण्ड र २४ वर्षीय निश्चल केसी लागूऔषधसहित पक्राउ परेका हुन्। शनिबार राति भीमदत्त नगरपालिका–११ होल्डिङ सेन्टर नजिकबाट एक ग्राम ८३ मिलिग्राम लागूऔषधसहित दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो। यस्तै बेदकोट नगरपालिका–१० सिसैयाका २३ वर्षीय आकाश ठगुन्ना पनि पक्राउ परेको प्रहरीले जनाएको छ।...

सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपको पहिलो दिन नेपाललाई १२ स्वर्ण

समाचार
कैलाली  – सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपको पहिलो दिन हिजो नेपालले १२ स्वर्ण जितेको छ ।  पहिलो दिन २९ स्वर्णको टुङ्गो लाग्दा छिमेकी भारतले १५ स्वर्ण तथा श्रीलंका र बंगलादेशले समान एक/एक स्वर्ण जिते । नेपाल कराते महासङ्घले गरेको प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंकाको एनओसी टिम, भुटान र पाकिस्तान सहभागी छन् ।  प्रतियोगितामा १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडी सहभागी छन् । आज सकिने प्रतियोगितामा ६२ स्पर्धाका लागि प्रतिस्पर्धा भैरहेको छ।...

स्राेत नखुलेकाे ८ लाख रुपैयाँसहित एक जना पक्राउ

समाचार
कैलाली  – स्राेत नखुलेकाे ८ लाख रुपैयाँसहित सिरहाबाट एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सिरहाकाे बरियापट्टी गाउँपालिका–२ श्रीपुर बस्ने ४२ वर्षीय महाेमद फिराेज रहेका छन् ।  भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरीले बरियापट्टी–३ चमार टाेल सीमा इलाकाबाट शनिवार पक्राउ गरेकाे हाे ।  गस्तीमा खटिएकाे सशस्त्र प्रहरीकाे टाेलीले उनकाे साथबाट १ हजार दरको ४ सय ९६ वटा, ५ सय दरको ६ सय ३ वटा र १ सय दरको २५ वटा नेपाली नोट फेला पारेको हो । पक्राउ परेका फिराेजलाई बरामद रुपैयाँ तथा साइकलसहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय मार्डरमा बुझाइएकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।...

बझाङको छबिसपाथिभेरामा जिप दुर्घटना

समाचार
कैलाली - बझाङमा जिप दुर्घटना भएको छ । छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर-१ को गुरेल्थुमा से १ ज ५९३ नम्बरको जिप दुर्घटना भएको हो। चैनपुरबाट विद्युतका सामाग्री बोकेर गुरेल्थुमा जाँदै गरेको जिप शनिवार कोल्ढुङ्गा नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बझाङले जनाएको छ ।   जिपका यात्रु सकुशल रहेका छन् भने चालक दिनेश धामीलाई चोट लागेको छ । उनको चैनपुरमा रहेको जिल्ला अस्पतालमा उपचार हुँदैछ। जिपमा क्षति भएको छ ।...

आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईंदै

समाचार
कैलाली – आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाईंदै छ ।  हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरुको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुका साथै समाजको हरेक क्षेत्रमा र विकासमा उनीहरुको समावेशिताका लागि दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि विश्वभर यो दिवस मनाउन थालिएको हो । तर, दिवस मनाइरहे पनि आफूहरुले जीवनयापन उस्तै कठिन भएको अपाङ्गता भएकाहरुले गुनासो गरेका छन् । यस्तै, अपाङ्गतामैत्री संरचना नबन्दा थप कठिनाइ भइरहेको उनीहरुको भनाइ छ। दिवसका अवसरमा सरकारले आज अपाङ्गता भएकाहरुलाई सार्वजनिक बिदा दिएको छ ।...

फिलिपिन्समा ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प

समाचार
एजेन्सी – फिलिपिन्समा ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ ।  पूर्वी मिन्डानाओ टापुमा गएराति स्थानीय समयअनुसार १० बजेर ३७ मिनेटमा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) ले जनाएको छ ।  हिनातुआनबाट २१ किलोमिटर उत्तरपूर्वमा ३२ किलोमिटर गहिराइमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र अरु केही देशहरुमा पनि महसुस गरिएको छ । भूकम्पपछि टापु आसपास र दक्षिणपश्चिमी जापानी तटहरूमा एक मिटर वा त्यो भन्दा उच्च सुनामी छालहरूको चेतावनी जारी गरिएको छ । ती क्षेत्रहरु खाली गर्न भनिएको रोयर्टसले जनाएको छ । भूकम्पका कारण कुनै मानवीय तथा अन्य भौतिक संरचनामा क्षति भएकोबारे तत्काल जानकारी प्राप्त भएको छैन । फिलिपिन्स भूकम्पको अत्यधिक जोखिम भएको एसियाली देश हो ।...

धनगढीमा ‘रानाथारु भाषा साहित्य सम्मेलन-२०८०’ हुँदै

समाचार
धनगढी - कैलालीको धनगढीमा प्रथम ‘रानाथारु भाषा साहित्य सम्मेलन-२०८०’ हुने भएको छ ।  शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै मञ्चले मङ्सिर २३ गते धनगढीको रुबस होटेलमा सम्मेलन गरिने जनाएको हो । राना कला संस्कृति संरक्षण तथा विकास मञ्चको आयोजनामा उक्त  सम्मेलन हुन लागेको हो । कार्यक्रममा नेपाल र भारतबाट रानाथारु बुद्धिजीवी, रानाथारु भाषाका ज्ञाता, लोक साहित्यकार, रानाथारू भाषासँग निकट सम्बन्ध भएका साहित्यकार, इतिहासविद्, भाषा विद्हरूलाई आमन्त्रित गरिएको आयोजकले जनाएको छ । विश्वव्यापकताको प्रभावले हिन्दी, नेपाली, भोजपुरी, अङ्ग्रेजी जस्ता थुप्रै भाषाको प्रभाव मौलिक भाषामा परिरहेको प्रत्यक्ष प्रभाव विश्लेषण तथा न्यूनीकरण लगायत मौलिक शब्द रक्षाको लागि समेत विभिन्न लेखोट, शिलालेख, पुस्तक प्रकाशन तथा विभिन्न अनुसन्धान, लोकगीत सङ्गीतको संरक्षण सँगै रानाथारु भाषाको मौलिकता एवम् एकर...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु 

समाचार
कैलाली – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ४ को कदमाहामा आज शनिवार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।  दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ४ का स्थानीय ३५ वर्षीय मो. हारुनको घटना स्थलमै ज्यान गएको हो । पूर्वबाट पश्चिमका लागि छुटेको म प्र ०१–००१ ख ०३६७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको सप्तरीका प्रहरी प्रवक्ता ढुण्डीराज नेउपानेले जानकारी दिए । ज्यान गएका हारुनको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको तथा ट्रक र चालकलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाइएको सप्तरीका प्रहरी प्रवक्ता नेउपानेले  जानकारी दिए ।  दुर्घटना पश्चात् आक्रोशित स्थानीयवासी र आफन्तले केहीबेर पूर्व–पश्चिम राजमार्ग समेत अवरुद...

लालपुर्जा पाइने भएपछि स्थानीय खुसी

समाचार
कैलाली - कैलालीको  टीकापुर नगरपालिका–६ का निसाद विक्रम बमको एक बिघा छ कट्ठा ऐलानी जग्गा करिब ६० वर्षदेखि भोगचलन गर्दै आएको छ । जग्गा भएर पनि सुकुम्वासीको जस्तो जीवन बिताउन बाध्य भएका निसाद यतिबेला भने खुसी छन् । राष्ट्रिय भूमि आयोग गठन भएर जग्गा वितरणको काम सुरु भएसँगै वडा कार्यालयबाट लालपुर्जाको निस्सा पाएपछि ऊनी खुसी भएका हुन् । “जग्गा भएर पनि सुकुम्वासीजस्तो भएर बस्नुपरेको थियो । त्यस जग्गाबाट उत्पादन गर्नभन्दा अर्को विकल्प नहुँदा धेरै सपना मार्नुपरेको थियो  । “निसाद भने, “पहिले नै लालपुर्जा पाएको भए त्यही जग्गा बैङ्कमा राखेर कैयौँ काम गर्न सकिन्थ्यो होला । त्यो हुन सकेन । अब आशा जागेको छ । स्थानीय सरकारले ढिलै भए पनि लालपुर्जा वितरणको प्रक्रिया सुरु गर्दा आगामी दिनमा विगतको जस्तो समस्या आउने छैन ।” वडा कार्यालयले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासलाई लालपुर्जा वितर...

स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु : स्थानीयले जलाए बस

समाचार
कैलाली - रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको हो । बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी २० वर्षीया अप्सरा खातुन गम्भीर घाइते भएकी छन् । घाइतेको भैरहवामा उपचार भइरहेको छ । ठक्कर दिने बसमा स्थानीयले आगो लगाइदिएका छन् ।...

गाजामा इजरायलको आक्रमण तीव्र : १ सय ७८ जनाको मृत्यु 

समाचार
एजेन्सी - युद्धविराम अन्त्यसँगै गाजा क्षेत्रमा इजरायलले आक्रमण तीव्र बनाएको छ ।  गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पछिल्लो आक्रमणमा कम्तीमा एक सय ७८ जना मारिएका दाबी गरेको छ । गाजामा सात दिने युद्धविराम हिजो बिहान सकिएलगत्तै इजरायलले आक्रमण थालेको थियो ।  इजरायल र हमास लडाकु समूहले एकअर्कालाई युद्धविरामको समय विस्तार गर्न सहमत हुन नसकेको आरोप लगाएका बीबीसीले जनाएको छ । इजरायलले दक्षिणी गाजाका केही इलाकाका बासिन्दालाई इजिप्टको सिमाना नजिकै रहेको रफाहतर्फ जान र दक्षिणतर्फ जान आग्रह गर्दै पर्चाहरू छोडेको छ ।  गएको अक्टोबर ७ तारिखदेखि शुरु भएको लडाइँ एक हप्ता रोकिएको थियो । युद्धविराम अवधिमा दुई पक्षले सहमतिअनुसार बन्धक बनाएका केही नागरिकलाई रिहा गरेका थिए । ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज