बझाङ एमालेमा दुई धार: दुई पक्षका आआफ्नै प्रतिनिधि
Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : एमाले महाधिवेशन प्रतिनिधि छनोटमा बझाङमा विवाद भएको छ । सर्वसम्मत छनोट गर्न नसकेपछि महाधिवेशन प्रतिनिधि भन्दै दुई पक्षले दुई थरी सूची प्रकाशित गरेका छन् ।
एमालेको एउटा गुटले जिल्ला अध्यक्ष दिलबहादुर भण्डारी, संविधानसभा सदस्य लालबहादुर रावल, प्रदेशसभा सदस्य दमन भण्डारी लगायत ११ जनालाई महाधिवेशन प्रतिनिधि चयन गरेको सूचना प्रकाशन गरेलगतै अर्को गुटले थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया, केदारस्यूँ गाउँपालिकाकी पूर्व उपाध्यक्ष निशा धामीसहितको सूची सार्वजनिक गरेको हो ।
एमालेको लेटरहेडमा प्रकाशित पहिलो सूचीमा प्रमुख निर्वाचन अधिकृत राजेन्द्रप्रशाद जोशीको दस्तखत छ भने अर्कोमा पनि लेटरहेडबिनै उनकै दस्तखत गरिएको छ । दोस्रो सूचीमा रहेकाहरुको नामावली राख्दै एमाले केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भैरवबहादुर सिंह, केन्द्रीय सदस्यहरु अफिलाल ओखेडा र आशा विकको समेत हस्ताक्षरमा छुट्टै सूच...












