Advertisement

विश्वका घुम्नै पर्ने ३७ गन्तव्यको सूचीमा ‘मुस्ताङ’

Advertisement

अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नै पर्ने विश्वका ३७ गन्तव्यको सूचीमा नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ ।

न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त वर्णन गर्दै संसारका ३७ स्थानहरूमध्ये नेपालको मुस्ताङ पनि सन् २०२४ मा घुम्दै पर्ने पर्यटकीय स्थलको रूपमा रहेको जनाएका छन् ।

हिमालपारिको जिल्लाको नामबाट परिचित मुस्ताङ धैलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको बिचमा अवस्थित रहेको छ । करिव ३ हजार वर्ष भन्दा अगाडिको पुरातात्त्विक उत्खनन अनुसार यहाँबाट नेपाल र तिब्बत बिचको व्यापारिक मुख्य नाका रहेको थियो ।
मुस्ताङको सदरमुकाम जोमसोम हो भने पूर्वमा मनाङ, पश्चिममा डोल्पा, दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्छ । मुस्ताङ अन्नपूर्ण हिम शृङ्खलाको उत्तरमा पर्ने भएकाले एकदमै कम पानी पर्ने जिल्ला पनि हो ।

मुस्ताङका प्रमुख पर्यटकीय स्थलमा लोमान्थाङ्ग ऐतिहासिक दरबार, लोमान्थाङ्गको सिटी वाला, मुक्तिनाथ’क्षेत्र,टुकुचे निलगिरी हिमाल, धौलागिरि हिमाल, तिलिचो पिक, याककावा पिक,टुकुचे धम्पुस पिक, टुकुचे पिक हिमाल टुकुचे मार्चे लेख, टुकुचे बतासे लेख, टुकुचे नाथांग खर्क रहेका छन् ।

Landscape near Lo Manthang, Upper Mustang region, Nepal
Loom for weaving the striped sashes worn by Tibetan women. Jhaite, Upper Mustang, Nepal. The Mustang region, formerly the Kingdom of Lo, is now part of Nepal but maintains a strongly Tibetan culture.
Nepal, Mustang trek, Kagbeni village, from North.

यसैगरी धार्मिक हिसाबले पनि यो जिल्लाको महत्त्व रहेको छ । मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, कागबेनी, शिवालय मन्दिर (पुथाङ), गणेश मन्दिर (जोमसोम) टुकुचे गोम्पा कोबाङ, टुकुचे क्युपर् गोम्पा, टुकुचे गोम्पसम्प, टुकुचे मकल् गोम्पा, टुकुचे रानी गोम्पा, मार्फा गोम्पा रहेका छन् ।

उच्च पहाडी दुर्गम हिमाली जिल्ला भएको हुनाले यहाँको जनजीवन भिन्नै प्रकारको छ। सदरमुकाम देखि उत्तर तिर भोटे गुरुङ, विष्ट र ठकुरी जातीहरूको बाहुल्य छ भने दक्षिण तिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातीहरूको बसोबास भएको पाइन्छ । गुरुङ तथा थकाली जातीहरू बौद्ध धर्म मान्दछन् भने दलित तथा अन्य जातीहरूले हिन्दु धर्म प्रति आस्थावान् देखिन्छन् ।

न्युयोर्क टाइम्सले सार्वजनिक गरेको लिस्टमा नर्थ अमेरिकालाई शीर्ष स्थानमा रहँदा फ्लोरिडा ५२ औँ स्थानमा छ । नेपालन्यूज बैंक

प्रतिक्रिया

छुटाउनुभयो कि ?

अछाममा नाबालिकामाथि नग्न भिडियो बनाएर ४ वर्षसम्म ब्ल्याकमेल र बलात्कार, आरोपी शाहीविरुद्ध १० वर्ष कैद माग

अछाममा नाबालिकामाथि नग्न भिडियो बनाएर ४ वर्षसम्म ब्ल्याकमेल र बलात्कार, आरोपी शाहीविरुद्ध १० वर्ष कैद माग

सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान गरी एक किशोरीलाई नग्न भिडियोको डर देखाएर विगत ४ वर्षदेखि निरन्तर बलात्कार र ब्ल्याकमेल गर्दै आए...
अछाममा एमालेतर्फ आकर्षण : चौरपाटीमा रामबहादुर साउँदसहित डुङ्ग्री टोलनै एमालेमा प्रवेश

अछाममा एमालेतर्फ आकर्षण : चौरपाटीमा रामबहादुर साउँदसहित डुङ्ग्री टोलनै एमालेमा प्रवेश

अछाम- अछामको चौरपाटी गाउँपालिका-३ को एक गाउँ नै नेकपा एमालेमा प्रवेश गरेको छ। पूर्व समाजवादी गाउँ कमिटी अध्यक्ष तथा निर्वाचित वडाध...
प्रतिनिधि सभा निर्वाचन २०८२ : प्रत्यक्षतर्फ मतगणना अन्तिम चरणमा, ४ सिटको नतिजा आउन बाँकी

प्रतिनिधि सभा निर्वाचन २०८२ : प्रत्यक्षतर्फ मतगणना अन्तिम चरणमा, ४ सिटको नतिजा आउन बाँकी

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। अब केवल चार वटा निर्वाचन क्षेत्रको नतिजा ...
अछाम- २ मा एमालेका यज्ञबहादुर बोगटी विजयी, पुष्प शाहलाई ४७२ मतले पराजित

अछाम- २ मा एमालेका यज्ञबहादुर बोगटी विजयी, पुष्प शाहलाई ४७२ मतले पराजित

अछाम- अछाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।  अन्तिम सार्वजनिक परिणाम अनुसार नेक...
पराजयपछि पनि जनतामाझ दिपक : संसद नपुगे पनि सडकबाट जनताको आवाज उठाउँछु

पराजयपछि पनि जनतामाझ दिपक : संसद नपुगे पनि सडकबाट जनताको आवाज उठाउँछु

अछाम- प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका नेकपा एमालेका उम्मेदवार दिपक साउँद मतदातालाई धन्यवाद ज्ञापन गर्न चौरपाटी गाउँपालिक...
अछाम- १ मा भरत स्वाँरलाई दिपक साउँदको पहिलो बधाई, मतदाताप्रति आभार, राजनीतिक संस्कारको उदाहरण प्रस्तुत

अछाम- १ मा भरत स्वाँरलाई दिपक साउँदको पहिलो बधाई, मतदाताप्रति आभार, राजनीतिक संस्कारको उदाहरण प्रस्तुत

अछाम - अछाम- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली काँग्रेसका भरत कुमार स्वाँरलाई नेकपा एमालेका उम्मेदवार दिपक साउँदले बधाई ...
अछाम- १ मा कांग्रेसका भरतकुमार स्वाँर विजयी, भीम रावल पराजित

अछाम- १ मा कांग्रेसका भरतकुमार स्वाँर विजयी, भीम रावल पराजित

अछाम- प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत अछाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर विजयी भएका छन्। ...
अछाम- १ मा भीम रावल पछि, भरतकुमार स्वाँरको अग्रता

अछाम- १ मा भीम रावल पछि, भरतकुमार स्वाँरको अग्रता

अछाम क्षेत्र नम्बर १ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ। नेपाली कम्युनिष्ट पार्टीका भीम रावल...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज