Advertisement
Wednesday, June 18

रोकिएन सीमापारिबाट हुने तस्करी

Advertisement

नेपालगन्ज – सीमापारि भारतबाट हुँदै आएको चोरी तस्करी नियन्त्रण गर्न सम्बद्ध निकाय असफल भएका छन् । सीमाबाट हुने चोरी तस्करी निरन्तर जारी रहेको गुनासो स्थानीयको छ ।  

नाकामा खटिएको सशस्त्र प्रहरीले दैनिकजसो ठुलो परिमाणमा अवैध रूपमा राजस्व छलेर भित्र्याइएका सामान नियन्त्रणमा लिँदै आए पनि चोरी तस्करी भने रोकिएको छैन । 

खुला सिमाना भएका कारण पूर्ण रूपमा तस्करी नियन्त्रण गर्न नसकिएको स्थानीयले बताएका छन् । सिमाना नजिक नेपालगन्ज १५ निवासी साहिल खानले प्रहरी प्रशासनले आफ्नो काम निरन्तर गरिरहे पनि तस्करी भने जारी नै रहेको बताए । प्रायः दैनिकजसो भारतबाट अवैध रूपमा भित्रिएका मालसामान बरामद गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण वागेश्वरी बाँके र मातहतका युनिटहरूले पछिल्लो पटक फेरि २० लाख रुपियाँको अवैध सामान नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरी बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीका अनुसार विभिन्न स्थानबाट काँस तथा पित्तलका भाँडावर्तन, मोटरसाइकलसहित लत्ताकपडा, किराना सामान, फलफूल तथा बिरुवा र गाडीसहित अवैध कुखुरा गरी २० लाखभन्दा बढीका सामान बरामद गरिएको छ । 

अवैध निकासी पैठारी नियन्त्रण गर्न खटिएको सशस्त्र प्रहरी टोलीले विभिन्न स्थानबाट भन्सार छली भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेका एक लाख ४१ हजार ८० रुपियाँ बराबरका मोटरसाइकलका पार्टस् र एक लाख ५० हजार बराबरको मोटरसाइकल, दुई लाख ४२ हजार मूल्य बराबरका काँस तथा पित्तलका भाँडा, एक लाख ७१ हजार मूल्य बराबरका विभिन्न प्रकारका फलफूल तथा बिरुवा र ५२ हजार मूल्य बराबरका लत्ताकपडासहितका अवैध  मालवस्तु बरामद गरेको छ । 

नरैनापुर गाउँपालिका–६, स्थित नन्कउपुर इलाकामा भे १ च ३६१५ नं. को म्याजिक गाडीमा भारतबाट नेपाल ल्याउँदै गरेको बिलबिजक नभएको अन्दाजी तीन लाख २० हजार मूल्य बराबरको आठ सय केजी अवैध ब्रोइलर कुखुरा र कुखुरा बोक्न प्रयोग गरिएको दस लाख मूल्य बराबरको गाडी बरामद गरेको छ । 

सोसँगै राप्तीसोनारी गापा–७ बस्ने वर्ष २५ का राजेश चौधरीलाई समेत नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक भारतीले बताए । उनले बरामद भएका सामान र पक्राउ परेका चौधरीलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सारमा बुझाइएको बताएका छन् । 

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

डडेल्धुरामा व्यवसायीको शंकास्पद मृत्युपछि चक्का जाम,

डडेल्धुरामा व्यवसायीको शंकास्पद मृत्युपछि चक्का जाम,

डडेल्धुरा — डडेल्धुराका २८ वर्षीय व्यवसायी हरिसिंह पालीको शंकास्पद मृत्युपछि डडेल्धुराको स्याउले बजारमा चक्का जाम गरिएको छ। सुदूरप...
देशभर बदली, चट्याङसहित वर्षा र केही ठाउँमा भारी वर्षाको सम्भावना

देशभर बदली, चट्याङसहित वर्षा र केही ठाउँमा भारी वर्षाको सम्भावना

हाल देशका अधिकांश भागमा मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभावले आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसा...
ट्रम्पको सुझाव : खोमिनीले विना शर्त आत्मसमर्पण गर्नुपर्छ’

ट्रम्पको सुझाव : खोमिनीले विना शर्त आत्मसमर्पण गर्नुपर्छ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतुल्लाह  खोमिनीलाई विना शर्त आत्मसमर्पण गर्न सुझाव दिएका छन्। ट्रम्प...
त्रिकोणात्मक टी–२० मा नेपाल चम्कियो, स्कटल्याण्ड ढल्यो

त्रिकोणात्मक टी–२० मा नेपाल चम्कियो, स्कटल्याण्ड ढल्यो

नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा पहिलो जित दर्ता गरेको छ। मंगलबार भएको खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई ...
विप्लव निकट नेतालाई फरक दुई मुद्दामा ६ महिना कैद र जरिवाना

विप्लव निकट नेतालाई फरक दुई मुद्दामा ६ महिना कैद र जरिवाना

बझाङ – विप्लव समूह निकट रहेका नेताहरूमाथि फरक–फरक दुई अभद्र व्यवहार सम्बन्धी मुद्दामा कैद र जरिवानाको सजाय सुनाइएको छ। जिल्ला प्रश...
जयपृथ्वी नगरपालिकाका नाममा उच्च अदालत पाटन दिपायलद्घारा परमादेश जारि

जयपृथ्वी नगरपालिकाका नाममा उच्च अदालत पाटन दिपायलद्घारा परमादेश जारि

दिपक राज जोशी / बझाङ: उच्च अदालत दिपायलले जयपृथ्वी नगरपालिका का नाममा परमादेश जारी गरेको छ । सुदुरपश्चिम प्रदेश सरकारले आर्थिक बर्...
जन्मदिनको अवसरमा खड्काले गरे अनाथ बालबालिकालाई खाद्यवस्तु तथा स्टेशनरी वितरण

जन्मदिनको अवसरमा खड्काले गरे अनाथ बालबालिकालाई खाद्यवस्तु तथा स्टेशनरी वितरण

बझाङ । दुर्गाथली गाउँपालिका राजस्व शाखा प्रमुख तथा उद्यम विकास सहजकर्ता प्रदिप कुमार खड्काले आफ्नो जन्मदिनको अवसरमा समाजसेवामूलक ...
महिलाका एजेन्डालाई पहिलो प्राथमिकतामा राखेकी उपाध्यक्ष भण्डारी

महिलाका एजेन्डालाई पहिलो प्राथमिकतामा राखेकी उपाध्यक्ष भण्डारी

उत्तमकुमार थापा, बझाङ बझाङ जिल्लाको तलकोट गाउँपालिका उपाध्यक्ष पार्वती कुवर भण्डारीले आफ्नो कार्यकालभरि महिलाका एजेन्डालाई प्रा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज