
कञ्चनपुर – कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
कृष्णपुर नगरपालिका-५ बनदेबीबाट ०.४९ ग्राम खैरो हेरोइनसहित सोही ठाउँ बस्ने २३ वर्षीय प्रकाश सुनार र २४ वर्षीय राजु शार्कीसहित ३ जना आइतबार राति पक्राउ परेका हुन्।
ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।