Advertisement
Thursday, May 22

नेपालमा पहिलो पटक मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल

Advertisement

काठमाडौं – शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पहिलो पटक मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल भएको छ ।

अति जटिल र जोखिमयुक्त मानिने उक्त शल्यक्रिया यसअघि नेपालमा प्रयास समेत गरिएको थिएन । नवलपरासीको १४ वर्षीया बालिकामा गरिएको उक्त शल्यक्रिया डा. रविन्द्रभक्त तिमला, डा. मरिषा अर्याल, डा. सुजन बोहरा र डा. सन्दीप भण्डारी संलग्न थिए ।

उक्त बालिकामा सानैदेखि निलो हुने, दौडिन नसक्ने र बेला–बेलामा अर्धचेत हुने समस्या देखिँदै आएको थियो । चिकित्सकका अनुसार कमजोर आर्थिक कारणले परिवारले उनको उचित उपचार गर्न सकिरहेका थिएनन् ।

डा. तिमलाका अनुसारसाइटस इनभर्सस, करेक्टेड ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज, भेन्ट्रिकुलर सेप्टल डिफेक्ट, पल्मोनरी स्टेनोसिस जस्ता चारवटा संरचनागत त्रुटी भएको बालिकाको मुटुको र बाहिर गरी दुई ठाउँमा रगत विपरीत ठाउँमा बगिरहेको थियो ।

शल्यक्रियामार्फत भित्र र बाहिर दुवैतर्फ रगत बग्ने बाटो मिलाइएको डा. तिमलाले बताए ।

उनका अनुसार प्राविधिक रुपमा ‘सेनिङ’ र ‘रुस्टेली’ नामक दुई वटा छुट्टै शल्यक्रिया गर्न उक्त बालिकाको साढे चार घन्टा मुटु पूरै बन्द गरिएको थियो । यस्तै शल्यक्रिया गर्न १० घन्टा लागेको थियो ।

चिकित्सकका अनुसार ती बालिका केही दिनमै डिस्चार्ज गर्न लागिएको छ । शल्यक्रियाको नेतृत्व डा. तिमलाले गरेका थिए । उक्त बालिकाको उपचार सरकारको कार्यक्रम अन्तर्गत निःशुल्क गरिएको थियो ।

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

बझाङ: जलवायु परिवर्तन र प्लास्टिक प्रदूषण न्यूनीकरणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज बझाङका प्रमुख जिल्ला अधिकारी श्री क...
४४ लाखको सडक योजनामा २३ लाख हिनामिना

४४ लाखको सडक योजनामा २३ लाख हिनामिना

४४ लाखको सडक योजनामा २३ लाख रुपैयाँ बजेट हिनामिना भएको छ। नभएको काम भएको देखाएर सडक आयोजनाको बजेट हिनामिना गरेको आरोपमा त्यसमा संल...
बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

बझाङ जिल्लाको तलकोट गाउँपालिकामा नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र सेवा फाउण्डेसनको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना...
राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

संसद्को चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई राजसंस्था पुनर्स्थापनाको प्रदर्शनमा सहभागी गराउने पूर्वपञ्च नेता नवराज सुवेदी नेत...
कैलालीमा विहे तय भइसकेपछि बेपत्ता प्रेमीसँगै भागिन् युवती, २ लाखको कुरा ‘डिसमिस’

कैलालीमा विहे तय भइसकेपछि बेपत्ता प्रेमीसँगै भागिन् युवती, २ लाखको कुरा ‘डिसमिस’

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरका सहदेव कुमाल २५ बैशाखमा धनगढीबाट बेपत्ता भएपछि तय भइसकेको विवाह एकाएक रद्द भयो । ...
आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट न...
आजको मौसम कस्तो रहला ?

आजको मौसम कस्तो रहला ?

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथ...
बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

कैलालीमा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ । मंगल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज