
गौरीगंगा – कैलालीको गौरीगंगा नगरपालिकाले ५० प्रतिशत अनुदान कार्यक्रम ल्याएको छ ।
नगरपालिकाले कृषि क्षेत्रमा लगनशीलता भएकालाई सहजीकरणका लागि ५० प्रतिशत अनुदानसहितको कार्यक्रम ल्याएको हो ।
उक्त अनुदान कार्यक्रममा फ्रेस हाउस सुधार , मिल्क क्यान वितरण, पकेट क्षेत्रमा खोर/गोठ सुधार कार्यक्रम ल्याएको हो ।
अनुदान कार्यक्रम खुल्ला रहेको हुँदा नगरपालिका तथा वडा कार्यालयमा आवेदन पेश गर्न सकिने जनाइएको छ ।


