Advertisement

समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले बिहीबार विश्वासको मत लिँदैछन्। वैशाख ६ गते संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका सोडारीले आज प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सत्तासाझेदार नेकपा (एमाले) ले तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि यसअघि वैशाख २१ र २२ गते मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाउनुभएको प्रदेशसभाको बैठक स्थगित गरिएको थियो। एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेशसभा सदस्य र स्वतन्त्र डा तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार तथा रा...
क्रिकेटर सन्दीप लामिछानेले जबर्जस्ती करणी मुद्दामा सफाइ पाएका छन्।

क्रिकेटर सन्दीप लामिछानेले जबर्जस्ती करणी मुद्दामा सफाइ पाएका छन्।

समाचार
क्रिकेटर सन्दीप लामिछानेले जबर्जस्ती करणी मुद्दामा सफाइ पाएका छन्। जिल्ला अदालतले गत १३ पुसमा बलत्कार मुद्दामा दोषी ठहर गरेपछि उच्च पुगेका सन्दीपको मुद्दामा मंगलबार र बुधबारको निरन्तर बहसपछि सफाइ दिइएको हो।सन्दीपले पुनरावेदनबाट सफाइ पाएसँगै उनी अब विश्वकप खेल्ने बाटो खुलेको छ। पाटन उच्च अदालतमा मंगलबार पेसीमा चढेको मुद्दा न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनलाई निर्दोष ठहर गरेको हो। मंगलबार दिनभर बहस भएपनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। बुधबार मुद्दामा बहस सकिएसँगै मुद्दाको फैसला भएको हो। सन्दीपलाई बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले गत १३ पुसमा दोषी ठहर गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपुर्ति भराउन आदेश दिएको थियो। त्यसपछि उनी गत १० फागुनमा जिल्ला अदालतको आदेश विरुद्ध...
सम्झौता कार्यान्वयनको माग गर्दै अपांगता भएका व्यक्तिहरू उत्रिए सडकमा

सम्झौता कार्यान्वयनको माग गर्दै अपांगता भएका व्यक्तिहरू उत्रिए सडकमा

दैनिक, मुख्य समाचार, समाचार
अपांगता भएका व्यक्तिहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। बुधबार बिहान काठमाडौंमा सरकारसँगको सम्झौता कार्यान्वयन नभएको भन्दै प्रदर्शन गरेका हुन्। Oplus_131072 स्पाइनल कर्डको अपांगता भएका व्यक्तिलाई व्यक्तिगत वृत्ति, सहायक सामग्री र सामाजिक सहयोगको व्यवस्था गरिदिने लगायतका विषयमा चैत १४ गते अपांगता भएका व्यक्तिहरूको समूह र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबीच सम्झौता भएको थियो। त्यसलाई एक महिनामा कार्यान्वयन गर्ने भनिएको थियो। तर सरकारले सम्झौता कार्यान्वयन नगरेको भन्दै अपांगता भएका व्यक्तिहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा राखेको छ। Oplus_131072...
क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ ।

क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ ।

कैलाली, खेलकुद, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ । गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो । मुद्दा हेर्न नमिल्ने सूचीमा परेसँगै आजका लागि पेशी तोकिएको थियो । त्यसअघि, न्यायाधीश द्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले गौशाला २६को जन्म दर्ता प्रमाणपत्र झिकाउने आदेश गरेको थियो । जिल्ला अदालत काठमाडौँले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएर आठ वर्षको जेल सजाय सुनाएको थियो । जिल्ला अदालत काठमाडौँको उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।...
निसर्ग हस्पिटलद्धारा जोगबुडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

निसर्ग हस्पिटलद्धारा जोगबुडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

समाचार
धनगढीः डडेल्धुरको जोगबुडा अस्पताल लालढुङगामा शनिवार गरिएको एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी, जोगबुडा अस्पताल जोगबुडा, लायन्स क्लब अफ धनगढी, हेल्थ एण्ड मेडिकोको संयुक्त आयोजनमा बृहत निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गरिएको हो। डडेल्धुराको परशुराम नगरपालीकाको सहकार्यमा जोगबुडा अस्पताल लालढुङगामा शनिवार आयोजना गरिएको स्वास्थ्य शिविरमा १ हजार २ सयजनाले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा स्त्री रोगसम्बन्धी विशेषज्ञ सेवा, जनरल सर्जरी तथा युरो सर्जरी सम्बन्धी विशेषज्ञ सेवा, फिजिसियन (जनरल मेडिसिन) सम्बन्धी विशेषज्ञ सेवा, हाडजोर्नी, नशा तथा बाथरोग सम्बन्धी सेवा, मानसिक तथा नशारोग सम्बन्धी सेवा, ल्याब, एक्सरे, भिडियो एक्सरे, ईसिजी लगाएतका जाँचहरु तथा औषधि वितरण सेवासमेत निःशुल्क प्रदान गरिएको छ। ग्रामीण भेगका नागरिकलाई घरदैलो...

इशा फाउन्डेसनद्वारा बाजुरा विपन्न परिवारका बालबालिकालाई राहत सामाग्री सहयोग : सामाजिक अभियान्ता  लक्ष्मी कुवर र शाही ले हस्तान्तरण गरेकी छन।

इशा फाउन्डेसनद्वारा बाजुरा विपन्न परिवारका बालबालिकालाई राहत सामाग्री सहयोग : सामाजिक अभियान्ता लक्ष्मी कुवर र शाही ले हस्तान्तरण गरेकी छन।

दैनिक, बाजुरा, शिक्षा, समाचार, सुदूरपश्चिम
जिल्लाको पुर्वीउतरी भेगमा पर्ने हिमाली गाउँपालिका वडा १ बिच्छया माविका २५० विद्यार्थीहरूका लागि शैक्षिक सामाग्री वितरण गरेका छन्।त्यस्तै त्रिवेणी नगरपालिका वडा ४ मा रहेको तोली देवलडाँडा माध्यमिक बिद्यालयमा अध्यनरत २०० सय जना छात्रहरूका लागि स्वास्थ्य सामाग्री वितरण गरेका थिए। बाजुरा जिल्लाका अति विपन्न परिवारका बालबालिकालाई इशा फाउन्डेसन नेपालले १ लाख ५५ हजार बराबरको अर्थिक सहयोग गरेको सामाजिक अभियान्ता लक्ष्मी बोगटी कुवँरले बताए ।इशा फाउन्डेसन नेपालले यस्ता अति विपन्न तथा पिछडिएका बालबालिका तथा गरीब परिवारलाई सहयोग गर्दै आएको छ्। कठिन यात्रा : इशा फाउन्डेसन नेपालद्वारा अति विपन्न परिवारका बालबालिका राहत वितरणका लागि धनगढीबाट एक दिनको बसको कठिनाइ यात्रा गरेर त्रिवेणी नगरपालिका वडा ४ मा रहेका तोली देवलडाँडा माध्यमिक विद्यालयका २ सय भन्दा बढी बालबालिकाहरूका लागि स्वास्थ्य सामाग्र...
नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

कन्चनपुर, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
३० वैशाख, धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् ।...
कैलालीमा आज साँझदेखि भारतीय सीमानाका बन्द हुने

कैलालीमा आज साँझदेखि भारतीय सीमानाका बन्द हुने

अन्तर्राष्ट्रिय, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालीमा शुक्रबार साँझदेखि भारतीय सीमानाका बन्द हुने भएको छ। भारतमा लोकसभा निर्वाचन चलिरहेकाले आज साँझदेखि निर्वाचन अवधिभर सीमानाका बन्द गर्ने निर्णय भएको हो। वैशाख ३१ गते भारतको उत्तर प्रदेशको खिरीमा लोकसभा निर्वाचन हुँदैछ। जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले खिरीमा मतदान नसकिएसम्म सीमा नाका बन्द रहने जानकारी दिए।...
दलित सहयोग समाज र NYCA, बैतडीद्वारा जनचेतनामूलक कार्यक्रम

दलित सहयोग समाज र NYCA, बैतडीद्वारा जनचेतनामूलक कार्यक्रम

बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
दलित सहयोग समाज र NYCA, बैतडीले जलवायु परिवर्तन सम्वन्धि जनचेतनामूलक कार्यक्रम गरेको छ । बझाङ जिल्लाकाे केदारस्यु गाउँपालीकाकाे वडा नम्बर २/३/६/७ ८ मा जलवायु परिवर्तन सम्वन्धि जनचेतनामूलक कार्यक्रम गरिएको हाे । पछिल्लो समय देखमा माैषम परिवर्तन सँगै घट्दै गएको जलवायु सम्वन्धि दलित सहयाेग समाज बझाङ र NYCA बैतडीकाे आयाेजनामा विद्यालयमा गएर विभिन्न सडक नाटक सहित चेतनामूलक कार्यक्रम गरिएको थियाे । NYCA बैतडीकाे आयोजना तथा वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा जलवायु परिवर्तन सम्बन्धि ३ दिन सम्म कार्यक्रम गरिएको दलित सहयाेग समाजका कुबेर राेकायाले बताउनु भयाे । उनले भने अहिलेकाे माैषम लाई मध्यनजर गर्दै समाजमा हुने पछि समयका गतिविधि बारे र जलवायुले गर्दा हुने असर बारे विभिन्न समुदायमा कार्यक्रम गरेको उनले भनाइ छ । दलित सहयाेग समाजले जिल्लाकाे केदारस्यु गाउँपालीकाका नमाउदेव माध...
दलित सहयोग समाज र NYCA, बैतडीले जलवायु परिवर्तन सम्वन्धि जनचेतनामूलक कार्यक्रम

दलित सहयोग समाज र NYCA, बैतडीले जलवायु परिवर्तन सम्वन्धि जनचेतनामूलक कार्यक्रम

बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
दलित सहयोग समाज र NYCA, बैतडीले जलवायु परिवर्तन सम्वन्धि जनचेतनामूलक कार्यक्रम गरेको छ । बझाङ जिल्लाकाे केदारस्यु गाउँपालीकाकाे वडा नम्बर २/३/६/७ ८ मा जलवायु परिवर्तन सम्वन्धि जनचेतनामूलक कार्यक्रम गरिएको हाे । पछिल्लो समय देखमा माैषम परिवर्तन सँगै घट्दै गएको जलवायु सम्वन्धि दलित सहयाेग समाज बझाङ र NYCA बैतडीकाे आयाेजनामा विद्यालयमा गएर विभिन्न सडक नाटक सहित चेतनामूलक कार्यक्रम गरिएको थियाे । NYCA बैतडीकाे आयोजना तथा वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा जलवायु परिवर्तन सम्बन्धि ३ दिन सम्म कार्यक्रम गरिएको दलित सहयाेग समाजका कुबेर राेकायाले बताउनु भयाे । उनले भने अहिलेकाे माैषम लाई मध्यनजर गर्दै समाजमा हुने पछि समयका गतिविधि बारे र जलवायुले गर्दा हुने असर बारे विभिन्न समुदायमा कार्यक्रम गरेको उनले भनाइ छ । दलित सहयाेग समाजले जिल्लाकाे केदारस्यु गाउँपालीकाका नमाउदेव...
सुदूरपश्चिममा २४ घर जलेर पुर्ण क्षति , १९ जंगलमा डढेलो

सुदूरपश्चिममा २४ घर जलेर पुर्ण क्षति , १९ जंगलमा डढेलो

दैनिक, बैतडी, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बैतडीमा जंगलमा लागेको डढेलोमा परि हालै मात्र दुई महिला घाइते भए। जिल्लाको दशरथचन्द नगरपालिका–१ देउमडाकी ५४ वर्षीया मानमती भुल र ४६ वर्षीया धौली भुल डढेलोमा परेर घाईते हुन पुगेका हुन्। घाइते दुवैलाई  स्थानीयले उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाउने काम गरेका थिए। घरनजिकैको जंगलमा घाँस काट्ने क्रममा हुरीसँगै आएको डढेलोमा परेर दुवै महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। हाल दुबैको अवस्था सामान्य छ। बैतडीमा मात्र नभएर आगलागीका घटना यसैरी सबैतिर फैलिन पुगेको छ। सुदूरपश्चिममा अहिलेसम्म आगलागीबाट २४ वटा घर पूर्ण रुपमा जलेर खरानीमा परिणत भएका छन्। बैशाख सुरु भएयता प्रदेशभित्र आगलागीका घटना भयावह रुपमा बढ्न सुरु भएको हो। सुदूरपश्चिममा मात्र हिजो (मंगलबार) सम्म दुई सय २० आगलागीका घटना घटेका छन्। ती आगलागीका घटनामा परेर ६ महिलासहित १० जनाको मृत्यु भइस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज