Advertisement

समाचार

जनप्रतिनिधि को फेरिदो व्यवहार – सचिब ललित सिङ

जनप्रतिनिधि को फेरिदो व्यवहार – सचिब ललित सिङ

कैलाली, दैनिक, मुख्य समाचार, विचार, समाचार, सुदूरपश्चिम
जनता ले आफ्नो सार्वभौम अधिकार सुम्पिएर सत्ता को बागडाेर समाल्न पठाइएका शासनमा समाहित ब्याक्तिहरु नै जनप्रतिनिधि हुन। नेपालको शासकीय स्वरुपको अधार मा भन्दा बिशेषत;,प्रतिनिधिसभा सदस्यहरु, प्रदेशसभा सदस्यहरु, नगरसभा सदस्यहरु जनप्रतिनिधिको रुपमा चिनिने गर्दछन ।जो बैधानिक चुनावी प्रक्रिया को बाटो भइ शासकिय स्थलमा पुगेका हुन्छन् । हरेक स्थान , समुदाय , समाज , क्षेत्र मा रहेका सबै जातजाती , धर्म , सस्कृती ,बर्ग का मानिसहरु को माग , आबस्यकता लाई प्राथमिकता को विषय बनाइ सबै को पहिचान , बिचार समेत ध्यानमा राखी अनेकता मा एकता कायम गरि समृद्धि तर्फ को गन्तव्य तय गर्ने अविभारा पाएको जनप्रतिनिधि पथभ्रष्ट भैरहेको भान जनता लाई महसुस भएको छ । राज्य पुनसर्ंरचना को सवाल सम्बोधन को पहिलो विकल्पको रुपमा स्थापित हुन पुगेको संघीय संरचनाको तल्लो निकाय मा जनप्रतिनिधि ले रजाइँ गर्दैछन् हैकमवाद को दबदबा रहेको छ भ...
कांग्रेसको विरोधपछि लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध

कांग्रेसको विरोधपछि लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध

दैनिक, मुख्य समाचार, समाचार
उनले यो सरकार किसानको विरोधी भएको टिप्पणी समेत गरे । 'यस्तो कार्यले संघीताको पुष्टि कसरी हुन्छ ? उनले आम जनतालाई मल विउ पुर्‍यान नसक्ने तर, औचित्यहीन क्षेत्रमा पैसाको खोलो बगाउने यो कस्तो प्राथामिकता हो?,' उनले प्रश्न गरे संघीयता विरोधी बजेट ल्याएको आरोप लुम्बिनी प्रदेश सरकारको बैठक अबरुद्ध भएको छ । नेपाली कांग्रेसले जनतामैत्री र संघीयता विरोधी बजेट आएको भन्दै शुक्रबारको संसद बैठक अवरुद्ध गरेको हो । बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आफ्नो धारणा राखिसकेपछि कांग्रेसले संदन अवरुद्ध गरेको हो । दल नेता बोलिसकेपछि कांग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन् । संसदमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका नेता चौधरीले सरकारले कृषिमा कर लगाएको, कृषिलाई प्राथाकिमतामा राखेको भनेर चालु वर्षभन्दा ५७ करोड रुपैयाँ बजेट घटाएको,किसान...
अछामको मंगलसेनमा खरिद ऐनविपरीत ३३ लाख ५८ हजारका औषधि खरिद

अछामको मंगलसेनमा खरिद ऐनविपरीत ३३ लाख ५८ हजारका औषधि खरिद

अछाम, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछामको मंगलसेन नगरपालिकाले खरिद ऐनविपरीत औषधि खरिद गरेको छ। नगरपालिकाले सूचना समेत जारी नगरेरै ३३ लाख ५८ हजार ५८४ मूल्यका औषधि खरिद गरेको हो। सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को उप–नियम १ (क) मा २० लाख रुपैयाँसम्मको औषधिजन्य मालसामान उत्पादकले राष्ट्रियस्तरको समाचार पत्रमा सूचना प्रकाशित गरेर तोकिएको विक्री मूल्यमा सोझै खरिद गर्न सकिने व्यवस्था छ। आपुर्ति हुने औषधि डब्लुएचओ सटीफाइड हुनुपर्ने, औषधिको उत्पादन मिति, ब्याच नम्बर र म्याद समाप्त मिति उल्लेख गरेर सम्वन्धित विषय विज्ञबाट मुचुल्का उठाएर राख्नुपर्नेमा त्यस्तो कुनै काम गरिएको छैन्। साथै खरिद गरिएका औषधिको गुणस्तर म्याद सम्बन्धमा एकीन आधार समेत फेला परेको छैन्। औषधिको खर्च घटाउँदा माग फारमको आधारमा घटाउनुपर्नेमा एकमुष्ट घटाउने काम भएको समेत पाइएको छ।...
खडेरीले धनगढीमा पानीको हाहाकार, ट्याङ्करमा बोकेर आपूर्ति गरिदै

खडेरीले धनगढीमा पानीको हाहाकार, ट्याङ्करमा बोकेर आपूर्ति गरिदै

कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी उपमहानगरपालिका–१२ जुगेडाको सिद्धनाथ माध्यमिक विद्यालयको नल्कामा पानी सुक्यो। विद्यार्थी र शिक्षकहरूलाई खान र शौचालयमा प्रयोग गर्न समस्या भयो। विद्यालयमा तीन सय ८० फिट गहिरो गाडिएका नल्कामा पानी सुकेको हो। विद्यालयमा खानेपानीको नल्का सुकेपछि विद्यार्थीहरूले घरबाट बोतलमा पानी बोकेर आउने गरेका छन्। विद्यालयको शौचालयमा प्रयोगका लागि धनगढी उपमहानगरपालिकाले ट्याङ्करमा पानी पुर्‍याएको छ। खडेरीका कारण विद्यालयमा पानीको हाहाकार भएको हो। सिद्धनाथ माध्यामिक विद्यालयमा कक्षा १० कि विद्यार्थी माया थापाले सबै विद्यार्थीहरूले घरबाट खानेपानी बोतलमा ल्याउने गरेको बताइन। उनले भनिन्, ‘विद्यालयमा पानी छैन। अस्तिसम्म राम्रो थियो। अचेल पानी छैन। विद्यार्थीहरू बाहिरबाटै ल्याउनु हुन्छ। नल्काको पानी सुकेको हो।’ अर्का विद्यार्थी पवन रावतले नगरपालिकाले ट्याङ्करबाट ढुवानी गरेको पानी शौचालयमा प्रयोग गर्दै आएक...
नगर बाल सञ्जाल तथा बालक्लवलाई नेतृत्व विकास सम्वन्धि तालिम सम्पन्न

नगर बाल सञ्जाल तथा बालक्लवलाई नेतृत्व विकास सम्वन्धि तालिम सम्पन्न

बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
नगर बाल सँञ्जाल तथा बालक्लवलाई नेतृत्व विकास सम्वन्धि तालिम सम्पन्न भएको छ । जयपृथ्वी नगरपालिकाका वडा नम्बर १ देखि ११ सम्मका विभिन्न बाल सँञ्जाल तथा बालक्लवका पदाधिकारीहरुलाई नेतृत्व विकास तालिम दिएको हाे । जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको हाेटेल केपी प्लाजामा ३ दिन सम्म तालिम दिएको प्राेग्राम अफिस विनाेद थापाले बताउनु भयाे । तीन दिन सम्म सञ्चालन भएको तालिम एवम् गाेष्ठीमा नेतृत्व विकास,बाल अधिकार तथा बाल सँरक्षण सम्वन्धि तालिम दिएको हाे । नेपाली जुटाैँ, बालविवाह राेकाैँ भन्ने मुल नाराका साथ वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र प्रगतिशील युवा समाज बझाङकाे आयाेजनामा र जयपृथ्वी नगरपालिकाकाे सहकार्यमा कार्यक्रम सञ्चालन भएको थियाे । बझाङको चैनपुरमा सञ्चालन ३ दिने तालिममा बालबालिकालाई नेतृत्व विकास सहित बाल सञ्जालले समाजका लागि खेल्नु पर्ने भुमिकाका विषयमा क्षेमता अभिवृद्धि तालिम ...
बझाङको दुर्गाथलीमा रष्टिक स्टाेरकाे अनुगमन

बझाङको दुर्गाथलीमा रष्टिक स्टाेरकाे अनुगमन

बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङको दुर्गाथलिमा रष्टिक स्टाेरकाे अनुगमन गरिएको छ । जिल्लाकाे दुर्गाथली गाउँपालीकामा रष्टिक स्टाेरकाे अनुगमन गरिएको हाे । बझाङ जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजनाकाे आर्थिक सहयाेगमा निर्माण भएको स्टाेरकाे अनुगमन गरिएको हाे । स्थानीयतह दुर्गाथली गाउँपालीका वडा नम्बर ५ काे जार्फीगाउँमा निर्माण भएको रष्टिककाे प्रधानमन्त्री कृषि परियाेजना बझाङ प्रमुख चरित्रराय यादवकाे अध्यक्षतामा दुर्गाथली गाउँपालीका अध्यक्ष दिलबहादुर थापा तुफान प्रमुख अतिथि रहनुभएकाे थियाे भने विशिष्ट अतिथि वडा नम्बर ५ का अध्यक्ष वकिल जप्रेल सहित स्थानीयहरुकाे उपस्थिति रहेको थियाे । निर्माण भएको रष्टिक स्टाेरकाे कुल लागत १४ लाख रहेकाे थियाे भने २ लाख २६ हजार १ सय ९६ रुपैयाँ जनसमुदायको सर्वदान रहेको थियाे । अनुदान भने १२ लाख रहेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजनाले एक कार्यक्रम गर्द...
सुदूरपश्चिममा सबै प्रकृतिका सवारीसाधनको कर बढ्यो

सुदूरपश्चिममा सबै प्रकृतिका सवारीसाधनको कर बढ्यो

कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले सबै प्रकृतिका सवारीको कर बढाएको छ। आगामी आर्थिक वर्ष २०८१/८२ देखि लागु हुने गरी साना–ठूला सबै प्रकृतिका सवारीसाधनको कर बढाइएको हो। सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले शनिवार प्रदेश सभामा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा सवारी कर बढाएका हुन्। प्रदेश सरकारले सवारी कर पाँच हजार रुपैयाँसम्म बढाएको छ। सरकारले न्यूनतम एक हजार सीसीदेखि अधिकतम २९०१ देखि माथिका सवारीमा वार्षिक ५८ हजार रुपैयाँसम्म कर निर्धारण गरिएको छ। मोटरसाइकलमा पनि प्रदूषण कर सुदूरपश्चिम प्रदेश सरकारले प्रदूषण जाँच दस्तुर पनि बढाएको छ। यसअघि सार्वजनिक ठूला सवारीमा ३ हजार र सानामा २ हजार रुपैयाँ प्रदूषण लाग्दै आएकोमा अब सार्वजनिक ठूला सवारीमा ५ हजार र साना सवारीमा ३ हजार रुपैयाँ लाग्नेछ। यसअघि निजी ठूला सवारीमा ५ हजार र सानामा २ हजार रुपैयाँ कर लाग्दै आएकोमा अब निजी ठूल...
सडक नहुदा दार्चुला ब्याँस गाउँपालिकाका बासिन्दाहरु रुदै घर जानुपर्ने बाध्यता

सडक नहुदा दार्चुला ब्याँस गाउँपालिकाका बासिन्दाहरु रुदै घर जानुपर्ने बाध्यता

दार्चुला, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
ब्याँस गाउँपालिका दार्चुला जिलामा अवस्थित जिल्ला हो । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७७३ स्थानीय तह लागु गरेपछि दार्चुला जिलामा साविकको ब्याँस, राप्ला, सुनसेरा, धौलाकोट आ हुती गाउँ विकास समितिसबै मिलाएर ब्याँस गाउँपालिका बनाएको हो ।ब्याँस गाउँपालिकाक कूल क्षेत्रफल ८३९.२६ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिकामा ६ वडामा विभाजन गरिएको छ । यो गाउँपालिकाको कूल जनसङ्ख्या ९६६८ रहेको छ । यो गाउँपालिकाको सिमाना पूर्वमा बझाङ जिला उत्तरमा चीन , पश्चिममा भारत, तथा दक्षिणमा दुहुँ गाउँपालिका वा अपिहिमाल गाउँपालिका मा फैलिएको छ । यहाँको जनसंख्या निकै कम भए पनि बिकास मा भने निकै पछि परेको देखिन्छ ।  गाउँपालिका भित्रका वार्ड न ४,३,२ र १ का स्थानीयहरु सदरमुकाम खलंगा आवतजावत गर्न लाई नेपाल को सडक नै नभएको र पारी भारत भएर जानू पर्ने बाध्यात्मक स्थिती रहेको एक जना ...
केदारस्युमा बालमैत्री स्थानीय शासन घाेषणा कार्यविधि सम्वन्धी छलफल

केदारस्युमा बालमैत्री स्थानीय शासन घाेषणा कार्यविधि सम्वन्धी छलफल

बझाङ, शिक्षा, समाचार, सुदूरपश्चिम
बझाङ जिल्लाकाे केदारस्यु गाउँपालीकामा बालमैत्री स्थानीय शासन घाेषणा कार्यविधि २०७९ सम्वन्धि छलफल तथा सहजिकरण गरिएको छ । जिल्लाकाे मुल केन्द्रमा पर्ने स्थानीय सरकार केदारस्युकाे सभाहलमा कार्यक्रम सञ्चालन भएको हाे । प्रगतिशील युवा समाज बझाङ र वल्र्ड भिजनकाे सहयाेगमा केदारस्यु गाउँपालीकाले आयाेजना गरिएको हाे । कार्यविधि २०७९ लाई अगाडि बढाउदै प्रत्येक वडामा अगाडि बढाउने र बालबालिकालाई कसरी अगाडि लिन सकिन्छ यसमा अगाडि बढ्नु पर्ने देखिन्छ । यता बालमैत्री स्थानीय शासन समिति गठन गरेको छ । स्थानीय सरकारमा रहेका र सबै स्थानका बालबालिका लाई बालक्लव बालसञ्जाल गठन गर्नु पर्ने र समुदायमा रहेको बालविवाह बहुविवाह सहितका विभिन्न कुराहरुलाई अनत्य गर्नु पर्ने स्राेतकाे भनाइ छ । कार्यक्रममा फिल्ड सर्वेक्षण अधिकृत विनाेद थापाले सहजिकरण गर्नु भएको थियाे । केदारस्यु गाउँपालीकामा सञ्चालन भएको कार्...
गोदावरीमा नगरप्रमुखसहित सवारी भाडाको नाममा झण्डै १२ लाख स्वाहा

गोदावरीमा नगरप्रमुखसहित सवारी भाडाको नाममा झण्डै १२ लाख स्वाहा

कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालीको गोदावरीमा कार्यालय र नगरप्रमुख सवारीसाधन भाडाको नाममा झण्डै १२ लाख रुपैयाँ खर्च गरिएको छ। सो रकम कार्यालय र नगरप्रमुख बिरेन्द्र भट्टको सवारीसाधन भाडा प्रयोजनमा खर्च गरिएको हो। २०६९ फागुनदेखि २०८० जेठ १७ गतेसम्म मात्र कार्यालय र नगरप्रमुखको प्रयोजनका लागि सवारी भाडामा ११ लाख ८१ हजार २५० रुपैयाँ राज्यकोषको रकम खर्च गरिएको छ। यो आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ (११) विपरीत गरिएको खर्च रकम हो।  सरकारी रकम खर्च गर्दा वा कुनै आर्थिक कारोबार गर्दा कार्यालय प्रमुखले सरकारी रकमको हिनामिना हानीनोक्सानी वा वापरबाही हुन नपाउने गरेर सरकारी सम्पत्ति नगद, जिन्सी सुरक्षित राख्न उचित प्रबन्ध मिलाउनुपर्ने सो नियमावलीमा उल्लेख छ। तर गोदावरी नगरपालिकाले भने कार्यालय प्रयोजन र नगरप्रमुखको प्रयोजनको नाममा ११ लाख ८१ हजार २५० रुपैयाँ खर्च गरेको छ। कार्यालयको साम...
बिकाश को लागि बैज्ञानिक चिन्तन -वार्ड सचिब ललित सिंह

बिकाश को लागि बैज्ञानिक चिन्तन -वार्ड सचिब ललित सिंह

कैलाली, दैनिक, राजनीति, विचार, समाचार, सुदूरपश्चिम
कुनै स्थानमा हुने सकारात्मक परिबर्तन जस्ले त्यस स्थान का आम नागरिक हरुको जीवन स्थरलाई गुणस्तरीय बनाउदछ  त्यस्तो प्रक्रिया नै बिकाश हो ।मानव चेतना को गर्व बाट नै बिकास को जन्म हुने गर्दछ त्यस कारण मानव चेतना को स्थर बैज्ञानिक बनाउन नसके सम्म बिकास सम्भव हुदैन । मानव चेतना को स्थर बिकास सन्धर्भमा प्रख्यात समाज शाश्री एवम समाजसास्र का पिता अगस्टे काम्टे ले लेखेका छन । मानव चेतना को स्थर निम्न तीन चरण मा बिकाश भएको पाइन्छ । धार्मिक चेतना को स्थर - यश चरण मा  सामाजिक घट्ना तथा अवस्था समन्ध मा त्यस्को कारण दैबिक प्रलोकिक शक्ति हो जस्लाइ दैबिक शक्ति द्वारा संचालन एवम नियन्त्रण हुन्छ भन्ने बिश्वास राखिन्छ। तात्विक स्थर- यश चरणमा सामाजिक घट्ना को कारण कुनै निश्चित प्राकृतिक नियम मा आधारित शक्ति द्वारा चलायमान हुन्छ भन्ने मान्यता एवम बिश्वास राखिन्छ। प्रत्यक्षवाद स्थर- यश चरण मा हरेक सा...
डिलासैनी साहित्यिक तथा सास्कृतिक उत्सव ०८१ सम्पन्न

डिलासैनी साहित्यिक तथा सास्कृतिक उत्सव ०८१ सम्पन्न

दैनिक, बैतडी, समाचार, सुदूरपश्चिम
बैतडी जिल्ला पुर्चौडी नगरपालिका वार्ड न ८ मा स्थापित श्री डिलाशैनी मा बि मल्लादेहिको बिध्यालय प्राङ्गणमा सम्पन्न गरिएको छ। उक्त कार्यक्रमको आयोजना सु प प्रज्ञा प्रतिष्ठानको रहेको थियो भने ट्रान्सफर्मेटी सोसाईटी अफ नेपाल कन्चनपुरको सहआयोजनामाभब्यताका साथ सु प का आफ्नै भाका,भेष भुषा लगायतका सगुन,देउडा,धुमारी,ठाडोखेल,ओई ,लोकदोहरी,लगायतका बैतडेलीका गुन्जायमान लोक धुनहरुका माझ सम्पन्न गरिएको हो । ट्रान्सफर्मेटिभ सोसाईटी अफ नेपाल कन्चनपुर अध्यक्ष चन्द्रा ऐर (चादनी)को अध्यक्षता रहदा सु प प्र प्रतिष्ठानका उपकुलपती डा टि एन जोशी प्रमुख अथिती थिए भने पु न पा पा का प्रमुख प्रसासकिय अधिकृत बिनोद कुमार कुवर वार्ड १/८ का वार्ड अध्यक्षहरु,शिक्षा अधिकृत ,विभिन्न बिध्यालयका प्र अ हरु विशेष मान्यगन्य ब्यक्तित्वहरु विभिन्न बिध्यालयका बिध्यार्थिहरुको सास्कृतिक कार्यक्रम थियो। बृद्ध महिला...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज