Advertisement

कांग्रेसको विरोधपछि लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध

Advertisement

उनले यो सरकार किसानको विरोधी भएको टिप्पणी समेत गरे । ‘यस्तो कार्यले संघीताको पुष्टि कसरी हुन्छ ? उनले आम जनतालाई मल विउ पुर्‍यान नसक्ने तर, औचित्यहीन क्षेत्रमा पैसाको खोलो बगाउने यो कस्तो प्राथामिकता हो?,’ उनले प्रश्न गरे

संघीयता विरोधी बजेट ल्याएको आरोप

लुम्बिनी प्रदेश सरकारको बैठक अबरुद्ध भएको छ । नेपाली कांग्रेसले जनतामैत्री र संघीयता विरोधी बजेट आएको भन्दै शुक्रबारको संसद बैठक अवरुद्ध गरेको हो । बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आफ्नो धारणा राखिसकेपछि कांग्रेसले संदन अवरुद्ध गरेको हो ।

दल नेता बोलिसकेपछि कांग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन् । संसदमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका नेता चौधरीले सरकारले कृषिमा कर लगाएको, कृषिलाई प्राथाकिमतामा राखेको भनेर चालु वर्षभन्दा ५७ करोड रुपैयाँ बजेट घटाएको,किसानमैत्री बजेट नल्याएको बताए ।

उनले यो सरकार किसानको विरोधी भएको टिप्पणी समेत गरे । ‘यस्तो कार्यले संघीताको पुष्टि कसरी हुन्छ ? उनले आम जनतालाई मल विउ पुर्‍यान नसक्ने तर, औचित्यहीन क्षेत्रमा पैसाको खोलो बगाउने यो कस्तो प्राथामिकता हो?,’ उनले प्रश्न गरे ।

पर्यटन क्षेत्रलाई समेत धरापमा पारेको उनको आरोप छ । उनले भने,’स्थानीय जनजातीहरूले आयआर्जनका लागि मदिराको नीति विगतको सरकारले लिएका थियो त्यो अहिले काटेर अर्को क्षेत्रमा राखियो । के यो जनजाती विरोधी सरकार हो? यो सरकार गरिखाने वर्गहरुको लागि बनेको सरकार होइन, यो त महिला,गरिखाने वर्ग,युवाहरुको विरोधी सरकार हो । नाराले मात्रै हुँदैन,पैसा र काम गरौं, अनि मात्रै नारा सफल हुन्छ ।’

उनले विपन्न वर्गसँग जोडिएका कार्यक्रमहरू कटौटी गरेर नयाँ नल्याएको बताए। उनले युवा,महिला,जेष्ठनागरिक,मधेशी मुस्लिम,किसान,विपन्न वर्ग,मुक्तकमैया,जनजाति,वादी,गन्धर्व,चमार, लोपोन्मुख, मुसहर, पौडे, नटुवा माझी, कुसुन्ड, कोरी समुदायलाई बजेटले नछोएको भन्दै आक्रोश व्यक्त गरे।

यस्तो अवस्थामा कस्का लागि बजेट ल्याएको भन्दै फेरि प्रश्न गरे ।’ चालु आवमा धेरै योजना बन्द गरिएका छन्। आयका कार्यक्रम सञ्चालन गर्न किन नदिएको हो । उनले भने,’संघीता विरोधी बजेट आएको छ। यसको कांग्रेसले विरोध गर्छ। राजश्व संकलनको लक्ष्य देखाएर आम नागरिकलाई भ्रममा पारिएको छ।’

हंसराज साउँद (हिमाल)

हंसराज साउँद (हिमाल) यस कामना टेलिभिजन र कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा कैलाली जिल्लाको पुर्वी क्षेत्र गौरिगंगाबाट शाखा प्रमुखको रुपमा काम गर्नुहुन्छ । उहाँ विभिन्न सामाजिक कार्यमा पनि अग्रसर हुनुहुन्छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

सुनिता र बुच नौ महिनापछि अन्तरिक्षबाट पृथ्वीमा फर्किए

सुनिता र बुच नौ महिनापछि अन्तरिक्षबाट पृथ्वीमा फर्किए

एजेन्सी- अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर नौ महिना अन्तरिक्षबाट फर्किएका छन् । भारतीय समयअनुसार बिहान ३ बजेर २७ मिन...
ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका भट्ट निर्वाचित

ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका भट्ट निर्वाचित

धनगढी- कैलालीको धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसं...
बैतडीका ५ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु ३, नेविसंघ २,  एक क्याम्पसमा आज निर्वाचन हुँदै

बैतडीका ५ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु ३, नेविसंघ २, एक क्याम्पसमा आज निर्वाचन हुँदै

धनगढी- बैतडीमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तरगतका ५ वटा क्याम्पसमा स्ववियु निर्वाचनको अन्तिम नजिता सार्वजनिक भएको छ । सा...
कैलालीका ८ क्याम्पसकाे स्ववियु नतिजा सार्वजनिक: ४ मा नेविसंघ र ४ मै अखिल क्रान्तिकारी विजयी

कैलालीका ८ क्याम्पसकाे स्ववियु नतिजा सार्वजनिक: ४ मा नेविसंघ र ४ मै अखिल क्रान्तिकारी विजयी

धनगढी-  कैलालीमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) काे नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएका ८ क्याम्पसकाे अन्तिम नतिजा सार्वजन...
आज सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना

आज सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना

काठमाडौं- हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ भने हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...
ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघको अग्रता कायमै

ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघको अग्रता कायमै

धनगढी- कैलालीको धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली कांग्रेस निकट नेप...
कञ्चनपुरका स्ववियु निर्वाचन सम्पन्न ६ क्याम्पस मध्य ४ मा नेविसंघ र २ मा अखिल क्रान्तिकारी विजयी

कञ्चनपुरका स्ववियु निर्वाचन सम्पन्न ६ क्याम्पस मध्य ४ मा नेविसंघ र २ मा अखिल क्रान्तिकारी विजयी

धनगढी- कञ्चनपुरका ६ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालय ...
बझाङको त्रिवेणी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलनै विजयी, सभापतिमा बोहरा

बझाङको त्रिवेणी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलनै विजयी, सभापतिमा बोहरा

धनगढी- बझाङकाे बुंगल नगरपालिकामा रहेकाे त्रिवेणी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ नेविसंघको प्यानलनै विजयी भएको छ । मंगलबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज