क्यानडासँग नेपालको अर्को हार
काठमाडौँ —नेपाल त्रिकोणात्मक ट्वान्टी-२० सिरिजको मंगलबार क्यानाडाविरुद्धको खेलमा अर्को हार बेहोरेको छ ।
किंग सिटीमा भएको खेलमा नेपाल तीन बलको खेल बाँकी छँदा ४ विकेटले पराजित भएको हो । नेपालले यसअघि क्यानडा भ्रमणका क्रममा घरेलु टिमविरुद्ध खेलेका दुवै वान डे पनि गुमाएको थियो ।
यसपल्ट नेपालले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो । पहिलो विकेटका लागि अनिल साह र आरिफ सेखले ७० रनको बलियो सुरुआत दिलाए पनि नेपालले त्यसको फाइदा लिन सकन् । अनिलले ४१ र आरिफले ३० रन बनाए । उनीहरूको विकेटसँगै नेपालले खुलेर रन बनाउन सकेन ।
गुल्सन झाले अन्त्यतिर २३ रन बनाए । जवाफमा क्यानाडाले १९.३ ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन बनाएको हो । त्यसमा ओपनर दिलप्रित बाजवाले २५ रन बनाए भने कप्तान निकोलस किरटनले २६ रनको योगदान दिएृ । यस्तै रजिन्द्रपल सिंहल २० र सइद विन जाफरले ३३ रन बनाए ।
जाफ...











