Advertisement

समाचार

धनगढीमा १९औँ संस्करणको सुदूरपश्चिम महोत्सव सुरु

समाचार
धनगढी, २२ मंसिर /  कैलालीको धनगढीमा १९औँ संस्करणको सुदूरपश्चिम महोत्सव औपचारिक रूपमा सुरु भएको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन अर्थमन्त्री रामेश्वर खनालले एक कार्यक्रमका बीच गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले सुदूरपश्चिमको समृद्धिसँग जोडिएका ठूला आयोजना निर्माण र सञ्चालनका विषयमा वर्तमान सरकार सकारात्मक रहेको स्पष्ट पारे। उनले सरकारको मुख्य प्राथमिकता आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु भए पनि त्यससँगै सम्भव भएका विकास निर्माणका कामलाई पनि अघि बढाइने बताए। “हाम्रो मुख्य काम निर्वाचन सफल बनाउन हो, त्यसबाहेक हाम्रो कार्यकालमा गर्न सकिने विकास निर्माणका काम पनि हुन्छन्,” अर्थमन्त्री खनालले भने, “दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन, दोधारा–चाँदनी सुख्खा बन्दरगाह निर्माणलगायत योजना सरकारको प्राथमिकतामा छन्।” ...
दिपक लाई जिताउन रामारोशनका मतदाता एकीकृत, एमाले रामारोशनको बैठक सम्पन्न

दिपक लाई जिताउन रामारोशनका मतदाता एकीकृत, एमाले रामारोशनको बैठक सम्पन्न

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेलाई बिजय गराउन रामारोशनका मतदाता एकीकृत भएका छन् । अछाम क्षेत्र नं १ का एमाले उम्मेदवार दिपक बहादुर साउँदलाई बहुमतले बिजय गराउन मतदाता एकीकृत भएका हुन् । नेकपा एमाले रामारोशन गाउँपालिका कमिटीको मुजाबगरमा सम्पन्न पाचौं बैठकले एमाले मतदाता उम्मेदवारलाई बिजय गराउन एकीकृत भएको जनाएको छ । पार्टीका प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसीको प्रमुख उपस्थितिमा बसको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले गाउँ कमिटी अध्यक्ष भीष्म साउँदको संयोजकत्वमा ५५१ सदस्यीय पालिका निर्वाचन परिचालन कमिटी गठन गरेको छ । कमिटीले उम्मेदवारलाई जिताउन सम्पूर्ण चुनावी अभियानलाई एउटै कमाण्डबाट, योजनाबद्ध, प्रभावकारी र अनुशासित ढंगले सञ्चालन कार्य गर्नेछ । त्यस्तै बैठकले नेशनल भोलेन्टियर फोर्स स्थापना गर्ने तथा वडा-वडा तहमा नियमित चुनावी बैठक सञ्चालन ग...
झुटमाथि झुट बोल्दै भीम रावल, पार्टीमा प्रवेश नगरेकालाई प्रवेश गराएको भन्दै भ्रम फैलाउँदै

झुटमाथि झुट बोल्दै भीम रावल, पार्टीमा प्रवेश नगरेकालाई प्रवेश गराएको भन्दै भ्रम फैलाउँदै

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका नेता डा. भीम रावलले झुटमाथि झुट बोल्न थालेका छन् । उनी समर्थक पक्षहरूले पार्टीमै प्रवेश नगरेका व्यक्तिलाई पार्टीमा समाहित भएको भन्दै झुटको खेती गरेका हुन् । चुनावी घरदैलो अभियानका क्रममा एकगाउँमा पुगेका नेकपाका उम्मेदवार रावल पक्षले एमाले नेता श्याम रावललाई आफ्नो पार्टीमा प्रवेश गरेको भन्दै भ्रम फैलाएको देखिन्छ ।   माघ १७ गते रावलको टोली प्रचारप्रसारका क्रममा एक स्थानीय टोलमा पुगेको बेला केही स्थानीयले स्वागत गरेको विषयलाई लिएर सामाजिक सञ्जालमा पार्टी प्रवेश गरिएको भन्दै पोस्टहरू सार्वजनिक भएका थिए। यस विषयमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै रावलले आफूलाई बदनाम गर्ने उद्देश्यले गलत प्रचार गरिएको बताएका छन्। उनले आफ्नो गाउँ-टोलमा आएका अतिथिलाई स्वागत गर्नु सामान्य सामाज...
१०औँ खुल्ला राष्ट्रिय कराते प्रतियोगितामा गौरीगंगा कराते डोजो टिमतर्फ तेस्रो

१०औँ खुल्ला राष्ट्रिय कराते प्रतियोगितामा गौरीगंगा कराते डोजो टिमतर्फ तेस्रो

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, खेलकुद, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
१०औँ खुल्ला राष्ट्रिय कराते प्रतियोगितामा गौरीगंगा कराते डोजो टिमतर्फ तेस्रो काठमाडौं । नेपाल गोजुरीयो कराते–दो संघको आयोजनामा राजधानी काठमाडौंस्थित दशरथ रंगशालामा सम्पन्न १०औँ खुल्ला राष्ट्रिय कराते प्रतियोगिता उत्साहपूर्ण वातावरणका बीच सफलतापूर्वक सम्पन्न भएको छ। देशभरका उत्कृष्ट कराते खेलाडीहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी गौरीगंगा कराते डोजोले ऐतिहासिक सफलता हात पार्दै ६ स्वर्ण, १ रजत र २ कास्य पदकसहित टिमतर्फ तेस्रो स्थान हासिल गर्न सफल भएको छ। सीमित स्रोतसाधन र विभिन्न अभावका बाबजुद पनि प्रशिक्षक अशोक चन्दको निरन्तर मेहनत, अनुशासित प्रशिक्षण र लगनशीलताको प्रतिफलस्वरूप गौरीगंगा कराते डोजोले पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै आएको छ। यस प्रतियोगितामा प्राप्त उपलब्धिले डोजोक...

युवाहरूको आकर्षणको केन्द्रमा दिपक साउँद

युवाहरूको आकर्षणको केन्द्रमा दिपक साउँद

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल तातिँदै गएको छ । फागुन २१ मा हुने निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू आ-आफ्ना घोषणापत्रसहित घरदैलो कार्यक्रममा व्यस्त छन् । देशभर जस्तै अछाम क्षेत्र नं. १ मा पनि चुनावी चहलपहल बढेको छ । यही क्षेत्रमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका दिपक साउँद हाल युवाहरूको प्रमुख आकर्षणको केन्द्र बनेका छन् । विभिन्न कालखण्डमा राजनीति अनुभव सँगालेका युवा उम्मेदवार साउँद अहिले घरदैलो अभियानमा सक्रिय छन् । युवाहरूले साउँदलाई साथ दिने प्रतिबद्धता जनाउँदै आफ्ना समस्या खुलेर राखिरहेका छन् । थापा गाउँका युवाहरूले सडक सञ्जाल, खानेपानी, खेलमैदान, स्वास्थ्य र शिक्षाका समस्या साउँदसमक्ष राखेका छन् । स्थानीय युवा हेमराज थापा ले “नेताहरूले चुनावपछि बाचा भुल्ने गरेको” गुनासोसमेत गरेका थिए । त्यसको जवाफमा साउँदले चुनाव जितेपछि ती समस्या प्राथमिकताका साथ सम्बोधन ...
अछामको सोडषामा एमालेको वडा कमिटी बैठक सम्पन्न

अछामको सोडषामा एमालेको वडा कमिटी बैठक सम्पन्न

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- अछाममा नेकपा एमाले सोडषा वडा कमिटीको बैठक सम्पन्न भएको छ । फागुन २१ मा हुने निर्वाचनलाई मध्यनजर गर्दै आयोजना गरिएको वडा कमिटीको बैंकक शुक्रबार सम्पन्न भएको हो । बैठकले एमालेलाई बिजय गराउँन वडा टिमलाई जिम्मेवार बाडफाड लगायतका निर्णय गरेको जनाइएको छ । कार्यक्रम वडा कमिटी अध्यक्ष नृप बहादुर खडकाको अध्यक्षतामा भएको थियोे, भने प्रमुख अतिथि नेकपा (एमाले)का नेता गाेबिन्द साउद (सुमन), वीर बहादुर बाेहरा , नरेन्द्र बहादुर खडका रहनुभएको थियोे । बैंकक सञ्चालन वडा कमिटि सचिव गगन बाेहराले सञ्चालन गरेको बैंककमा स्वागत मन्तव्य सह-सचिव मीन बहादुर खडकाले राख्नुभएको थियोे ।...
अछाम- १ मा दिपक साउँदको घरदैलो अभियान सुरु, बाँकावीरको माटो छोएर चुनावी यात्रा

अछाम- १ मा दिपक साउँदको घरदैलो अभियान सुरु, बाँकावीरको माटो छोएर चुनावी यात्रा

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि अछाम–१ बाट नेकपा (एमाले) का उम्मेदवार दिपक बहादुर साउँद ले आफ्नो चुनावी घरदैलो अभियान सुरु गरेका छन्। सहिद दिवसको अवसर पारेर उनले जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–काफलखेत स्थित ऐतिहासिक स्थलमा पुगेर बाँकावीर बलदेव शाही सहिद भएको माटो छोएर अभियानको शुभारम्भ गरेका हुन्। उनको अभियानसँगै काफलखेत ऐतिहासिक स्थल पुनः चर्चामा आएको छ। काफलखेतलाई स्थानीय रूपमा बाँकावीर बलदेव शाहीको शीर छेदन गरिएको स्थलका रूपमा चिनिन्छ। सोही ऐतिहासिक स्मृतिसँग जोडेर अभियान सुरु गरिएको साउँदले बताए। उनले अछामको इतिहास, पहिचान र योगदानलाई राष्ट्रिय तहमा स्थापित गर्नु आवश्यक रहेको उल्लेख गर्दै बाँकावीर बलदेव शाहीलाई राज्यस्तरमै पहिलो सहिदका रूपमा मान्यता दिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा बाँकावीरलाई नेपालको प्रथ...
स्वर्गीय हिरण्ड बोहराको परिवारलाई सैनिक सहकर्मीको सहारा, एक लाख ६४ हजारभन्दा बढी सहयोग हस्तान्तरण

स्वर्गीय हिरण्ड बोहराको परिवारलाई सैनिक सहकर्मीको सहारा, एक लाख ६४ हजारभन्दा बढी सहयोग हस्तान्तरण

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिका–५ निवासी तथा नेपाली सेनामा कार्यरत स्वर्गीय हिरण्ड बोहरा को निधनपछि उनका परिवार गम्भीर आर्थिक संकटमा परेका छन्। परिवारको दैनिकी नै प्रभावित हुने गरी गाँस, बास र कपासको समेत अभाव भएको खबर सार्वजनिक भएपछि उनका ब्याजी तथा देश–विदेशमा रहेका सहकर्मीहरू सहयोगका लागि अघि सरेका छन्। ज्वाला दल गणका सि.स. २" मा कार्यरत सैनिक परिवारको पहलमा संकलन गरिएको एक लाख ६४ हजार ८३४ रुपैयाँ आर्थिक सहयोग स्वर्गीय बोहराकी श्रीमतीलाई हस्तान्तरण गरिएको हो। जसमा नगद २० हजार , १५ हजार रुपैयाँ बराबरको खाद्य सामग्री तथा स्टेशनरी, र बाँकी १ लाख २९ हजार ६३९ रुपैयाँ स्वर्गीय बोहराका नाबालक सन्तानको नाममा बैंक खाता खोली जम्मा गरिएको जनाइएको छ। निशुल्क शिक्षाको जिम्मेवारी साथै, उक्त परिवारका एक बालकलाई बोन्ड स्कुल बोर्डिङ स्कुल, पबेरा का प्रधानाध्यापक तिलक बोहरा ले कक्षा १० ...
बझाङको समृद्धिका लागि ऐन महरको ‘रोडम्याप’, ताक्लाकोट सडकदेखि साइपाल सुरुङमार्गसम्म

बझाङको समृद्धिका लागि ऐन महरको ‘रोडम्याप’, ताक्लाकोट सडकदेखि साइपाल सुरुङमार्गसम्म

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ- आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि बझाङमा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। यसै क्रममा नेकपा (एमाले) का उम्मेदवार ऐन महर जिल्लाको विकास र पूर्वाधार निर्माणका ठोस एजेन्डाहरू सहित मतदाताको घरदैलोमा पुगेका छन्। अन्य उम्मेदवारहरूले चुनाव केन्द्रित प्रचार गरिरहँदा महरले भने बझाङको आर्थिक र सामाजिक रूपान्तरणका लागि सडक, सुरुङमार्ग र बजेट व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेका छन्। के छन् महरका मुख्य चुनावी प्रतिबद्धता? एमाले उम्मेदवार महरले बझाङको भूगोल र आवश्यकतालाई बुझेर निम्न योजनाहरू अघि सारेका छन्: १. चीनसँगको पहुँच:  सामरिक र व्यापारिक महत्त्वको ताक्लाकोट सडक खण्डलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने। २. सुरुङमार्गको नवीन सोच: विकट साइपाल क्षेत्रको पहुँचलाई सहज बनाउन सुरुङमार्गको अध्ययन प्रक्रिया अगाडि बढाउने। ३. राजमार्गको स्तरोन्नति:  जयपृथ्वी राजमार्गला...
बझाङमा एमालेबाट उम्मेदवार फेरबदल : ऐन महर सिफारिस, अफिलाल ओखेडा ब्याक

बझाङमा एमालेबाट उम्मेदवार फेरबदल : ऐन महर सिफारिस, अफिलाल ओखेडा ब्याक

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: यही फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा देशभरका राजनीतिक दलहरू उम्मेदवार छनोटको अन्तिम चरणमा पुगेका छन्। यसैक्रममा नेकपा एमालेले अधिकांश जिल्लामा उम्मेदवार टुंगो लगाइसकेको भए पनि केही स्थानमा भने नाम हेरफेर गरिएको छ। हिजो मात्रै उम्मेदवार सिफारिस गरेको नेकपा एमालेले बझाङ जिल्लामा भने आज उम्मेदवार परिवर्तन गरेको छ। जिल्लाका जनताको मनोभावना, संगठनभित्रको सन्तुलन तथा युवापुस्ताको अपेक्षालाई मध्यनजर गर्दै हिजो सिफारिस गरिएका अफिलाल ओखेडालाई ब्याक गरी आज ऐन महरलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको एमाले स्रोतले जनाएको छ। ऐन महर नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज समेत हुन्। उनी पार्टीको पछिल्लो केन्द्रीय अधिवेशनमा सबैभन्दा लोकप्रिय मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका नेतामध्ये एक हुन्। लामो समयदेखि संगठन निर्माण, जनसम्पर्क र जिल्लाको राजनीतिक गतिविधिमा सक्...
बझाङमा प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बझाङमा प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सदरमुकाम चैनपुरस्थित जिल्ला अदालत परिसरमा शुक्रबार औपचारिक रूपमा कार्यालय स्थापना गरिएको हो। बझाङ जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले कार्यालय उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ का लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भइसकेको जानकारी दिए। उद्घाटन कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत बनेपालीले निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सरोकारवाला सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको समेत बताए । उनलेे निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार सञ्चालन गरिने पनि उल्लेख गरे। कार्यालय स्थापना भएसँगै निर्वाचनसम्बन्धी उजुरी दर्ता, व्यवस्थापन, समन्वय तथा अन्य प्रशासनिक का...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज