Advertisement

समाचार

सत्यवादी माविको प्रशासनिक तथा छात्रावास भवनको शिलान्यास

सत्यवादी माविको प्रशासनिक तथा छात्रावास भवनको शिलान्यास

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको जयपृथ्वी नगरपालिका - ११ मा रहेको सत्यवादी माध्यमिक विद्यालयको प्रशासनिक तथा छात्रावास भवनको शिलान्यास गरिएको छ। नेपाल- भारत विकास सहकार्य अन्तर्गत निर्माण हुन लागेको सो भवनको शुक्रबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र खड्काकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भारतिय राजदुतावासका प्रथम सचिव नारायण सिङ बिष्ट रहनु भएको थियाे । कार्यक्रमको विशिष्ट अतिथिमा जयपृथ्वी नगरपालिका मेयर चेतराज बजाल, प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठी रहेको भएको थियोे । कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, शिक्षक,विद्यार्थी अभिभावक,राष्ट्रसेवक कर्मचारी पत्रकार सहित स्थानीयहरुकाे उल्लेख्य उपस्थिती रहेको थियाे । शिलान्यासपछि बोल्दै प्रथम सचिव सिंहले सुदूरपश्चिमका विभिन्न जिल्लामा नेपाल–भारत विकास सहकार्य कार्यक्रममार्फत भवन निर्...
थलाराको छडिभेल झरनाको उचाइ आधिकारिक रुपमा मापन, ७०.५ मिटर अग्लो रहेको पुष्टि

थलाराको छडिभेल झरनाको उचाइ आधिकारिक रुपमा मापन, ७०.५ मिटर अग्लो रहेको पुष्टि

Breaking News 1, ताजा अपडेट, पर्यटन, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको थलारा गाउँपालिकाको धार्मिक,प्राकृतिक तथा पर्यटकीय दृष्टिकोणले प्रमुख गन्तव्य मानिएको छडिभेल झरनाको उचाइ मापन गरिएको छ । थलारा गाउँपालिका-८ मा अवस्थित उक्त झरनाको मंगलबार गाउँपालिकाको टोलीले उचाइ मापन गरेको हो । पालिकाका इन्जिनियर संगीत रोकायाको टोलीले गरेको मापनले झरना उचाइ २ सय ३१.३० फिट अर्थात ७०.५ मिटर रहेको प्रमाणित भएको छ । विगत लामो समयदेखि आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्दै आएको यस झरनाको हालसम्म आधिकारिक उचाइ पुष्टि हुन सकेको थिएन। पर्यटकहरूले झरनाको उचाइबारे जिज्ञासा राख्दै आए पनि यकिन जानकारी नपाउँदा कौतूहलता कायमै थियो। अब गरिएको मापनसँगै झरनाको वास्तविक उचाइ सार्वजनिक भएपछि पर्यटकहरूको कौतूहलता मेटिने अपेक्षा गरिएको छ । थलारा गाउँपालिकाको स्थानीय पाठ्यक्रममा समेत छडिभेल झरनासम्बन्धी विषयवस्तु समेटिएकाले र यहाँ घुम्न आउने पर्यटकले उचाइबारे बारम्बार प्...
आज माघे सङ्क्रान्ति पर्व, देशभर मनाइँदै,

आज माघे सङ्क्रान्ति पर्व, देशभर मनाइँदै,

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरू हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरू हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका ठाउँमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने चलनसमेत विभिन्न ...
अपिहिमालमा जेष्ठ नागरिक दिवा खाजा तथा सत्संग कार्यक्रम सम्पन्न

अपिहिमालमा जेष्ठ नागरिक दिवा खाजा तथा सत्संग कार्यक्रम सम्पन्न

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- दार्चुलाको अपिहिमाल गाउँपालिकामा जेष्ठ नागरिक दिवा खाजा तथा सत्संग कार्यक्रम सम्पन्न भएको छ। अपिहिमाल गाउँपालिका र सामाजिक विकास कार्यालय दार्चुलाको आर्थिक सहयोग तथा जेष्ठ नागरिक समाज अपिहिमालको आयोजनामा जेष्ठ नागरिक दिवा खाजा तथा सत्संग कार्यक्रम सम्पन्न भएको हो । जेष्ठ नागरिकहरूको सम्मान, स्वास्थ्य तथा मानसिक सशक्तीकरणलाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरूलाई दिवा खाजा तथा फलफूल वितरण गरिएको गाउँपालिका अध्यक्ष भगतसिंह ठेकर बोहराले जानकारी दिए। कार्यक्रममा जेष्ठ नागरिकहरूबीच सत्संग, अनुभव आदान-प्रदान तथा आपसी सद्भाव बढाउने गतिविधि समेत सञ्चालन गरिएको अध्यक्ष बोहराको भनाइ छ। कार्यक्रममा अपिहिमाल गाउँपालिकाका जनप्रतिनिधि, सामाजिक विकास कार्यालयका प्रतिनिधि, जेष्ठ नागरिक समाजका पदाधिकारी तथा स्थानीयको उपस्थिति रहेको थियो। यस्ता कार्यक्रमले जेष्...
२५औँ सशस्त्र प्रहरी दिवसमा खोनपुर बिओपीद्वारा दसगजामा चियापान कार्यक्रम

२५औँ सशस्त्र प्रहरी दिवसमा खोनपुर बिओपीद्वारा दसगजामा चियापान कार्यक्रम

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
रमित ओली, हसुलिया- कैलालीको सिमा सुरक्षा बल (बिओपी) खोनपुरले आयोजना गरेको चियापान कार्यक्रम सम्पन्न भएको छ। कैलारी गाउँपालिकास्थित दसगजा क्षेत्रमा २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा आयोजित उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूका साथै भारतीय सिमा सुरक्षा बलका प्रमुखको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल-भारत सिमा क्षेत्रमा शान्ति, सुरक्षा तथा आपसी सहकार्यलाई अझ मजबुत बनाउने विषयमा छलफल गरिएको थियो। कार्यक्रममा दुवै देशका सुरक्षा निकायबीच आपसी समझदारी, समन्वय र मित्रतापूर्ण सम्बन्धलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ।...
उज्यालो नेपाल पार्टीको सुदूरपश्चिम कमिटी गठन, अध्यक्षमा कुँवर चयन

उज्यालो नेपाल पार्टीको सुदूरपश्चिम कमिटी गठन, अध्यक्षमा कुँवर चयन

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
उज्यालो नेपाल पार्टीको सुदूरपश्चिम कमिटी गठन गरिएको छ । सोमबार बसेको बैठकले सुभाष कुँवरको अध्यक्षतामा प्रदेश कमिटी गठन गरिएको पार्टीका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज मनोज जैगडीले बताए । उनले कमिटीमा अन्य २७ जना चयन गरिएको बताए । बैठकमा प्रदेश कार्यालय धनगढी राख्ने निर्णय गरिएको उनले बताए । अध्यक्ष चयन गरिएका कुँवरलाई यसअघि कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय समेत गरिएको थियो ।...
बैतडीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

बैतडीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीमा जिप दुर्घटना भएको छ । जिल्लाको सुर्नया गाउँपालिका- ६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेर जिप जयपृथ्वीराजमार्ग अन्तर्गत पाटन नगरपालिका- ८ साँडीघाटी नजिकै सोमबार बिहान १० बजे दुर्घटना भएको हो । सो दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका -१ का २४ बर्षीय निशान्त बोहरा, सोही ठाउँका २९ बर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका - ३ का १३ बर्षीय राकेश रावल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । जिप आँफै अनियन्त्रित भएर सडकबाट करीब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा सवार अन्य सबै घाइते रहेका र घाइतेहरुको संख्या पनि एकीन हुन बाँकी रहेको बताइएको छ । घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । घटना...
प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा अछाममा प्रतिनिधिसभा उम्मेदवार सिफारिस, क्षेत्र नं १ बाट साउँद, २ बाट न्यौपाने

प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा अछाममा प्रतिनिधिसभा उम्मेदवार सिफारिस, क्षेत्र नं १ बाट साउँद, २ बाट न्यौपाने

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी- प्रगतिशील लोकतान्त्रिक पार्टीले अछाम जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। जिल्ला पार्टी कार्यालय अछामले सोमबार सुदूरपश्चिम प्रदेश पार्टी कार्यालय, धनगढी कैलालीलाई पत्र पठाउँदै अछामका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरेको हो। जिल्ला बैठकको निर्णयअनुसार आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट दिपकबहादुर साउँद र निर्वाचन क्षेत्र नम्बर २ बाट पुष्पराज न्यौपानेलाई प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरिएको पत्रमा उल्लेख छ। दिपकबहादुर साउँद रामारोशन- ६ भाटाकटिया निवासी हुन् भने पुष्पराज न्यौपाने तुर्माखाँद-६ रानीवन निवासी रहेका छन्। पार्टीको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरी उम्मेदवारी टुंगो लगाइदिन प्रदेश पार्टी कार्यालयलाई अनुरोध गरिएको छ। उक्त पत्रमा जिल्ला प्रमुख जीवन विक्र...
देउवा विशेष महाधिवेशनमा सहभागी हुने भन्ने सूचना असत्य : सचिवालय

देउवा विशेष महाधिवेशनमा सहभागी हुने भन्ने सूचना असत्य : सचिवालय

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सहभागी हुने भन्ने सूचना भ्रामक भएको भन्दै उनको सचिवालयले खण्डन गरेको छ। सभापति देउवाका स्वकीय सचिव भानु देउवाले आज बिहान जारी गरेको विज्ञप्तिमा सभापति विशेष महाधिवेशनमा जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जालमार्फत केही व्यक्तिहरूले भ्रम फैलाउने उद्देश्यले सभापति शेरबहादुर देउवा आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेका छन्। उक्त कार्यक्रममा पार्टी सभापति सहभागी हुने कुनै कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौँ।” नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरे पनि त्यसप्रति असन्तुष्टि जनाउँदै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा...
काठमाडौंमा प्रथम नौबिस्या कप सञ्चालन हुँदै, प्रथम पुरस्कार २१ हजार नौबिस

काठमाडौंमा प्रथम नौबिस्या कप सञ्चालन हुँदै, प्रथम पुरस्कार २१ हजार नौबिस

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- काठमाडौंमा प्रथम नौबिस्या कप २०८२ सञ्चालन हुनेभएको छ । सुदूरपश्चिमेलीहरूको विशेष पर्व माघीको अवसरमा बझाङ जिल्ला स्तरीय प्रथम नौबिस्या कप खुल्ला क्रिकेट प्रतियोगिता सञ्चालन हुन लागेको हो । थलिनौबिस काठमाडौं युवा सञ्जालले आयोजना गर्न लागेको प्रतियोगिता माघ १ गतेदेखि काठमाडौंको ल्यावरेटरी स्कुल किर्तिपुरमा हुनेछ । प्रतियोगितामा प्रथम पुरस्कार २१ हजार नौबिस, द्वितीय पुरस्कार ९ हजार नौबिस को व्यवस्था गरिएको छ । टिम दर्ता शुल्क २ हजार नौबिस तोकिएको छ। यसैगरी उत्कृष्ट विधाका खेलाडीलाई समेत विशेष पुरस्कारको व्यवस्था रहेको आयोजकले एक सूचना मार्फत जनाएको छ। प्रतियोगितामा बझाङभरका खेलाडीले सहभागिता जनाउन पाउनेछन् । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराकासाथ आयोजना गर्न लागिएको प्रतियोगिताले खेलाडीको प्रतिभा प्रस्फुटन, क्रिकेट खेलको सर्वाङ्गिणि विकास गर्ने अपेक्षा ग...
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदै

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ । पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । सरकारले आज सार्वजनिक बिदा दिएको छ । १७७९ सालमा जन्मिएका शाहको आज ३ सय ४औँ जन्मजयन्ती हो । उहाँले आधुनिक नेपालको एकीकरणमा पुर्‍याएकाे योगदानको स्मरण गर्दै प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पमाला अर्पण गरी सम्मान व्यक्त गरिन्छ । पृथ्वी जयन्तीको अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान समारोहको आयोजना गरेको छ । शाहको जन्मस्थान गोरखामा हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिन्छ । नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डामा पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ । शाहको १८३१ सालमा ५२ वर्षको उमेर निधन भएको...
कैलालीको हसुलियामा रहेको कालिका कृषि सहकारीको १६औँ वार्षिकोत्सब सम्पन्न, नयाँ नेतृत्व चयन

कैलालीको हसुलियामा रहेको कालिका कृषि सहकारीको १६औँ वार्षिकोत्सब सम्पन्न, नयाँ नेतृत्व चयन

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिका- १ हसुलियामा रहेको कालिका कृषि सहकारी संस्था लिमिटेडको वार्षिकोत्सब सम्पन्न भएको छ। संस्थाको १६ औं वार्षिकोत्सब एक कार्यक्रमकाबीच सनिवार सम्पन्न भएको हो । कार्यक्रममा संस्थाको वार्षिक आयव्यय प्रस्तुत गरिएको थियोे । कार्यक्रमबाट नयाँ नेतृत्व समेत चयन गरिएको छ। नृप बहादुर ठकुल्लाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । समिति उपाध्यक्ष रामबहादुर बोहरा, सचिवमा सुरेशचन्द महतो, कोषाध्यक्षमा रत्ना बोहरा र सह-सचिवमा गोकुल शर्मा चयन भएका छन् । समिति सदस्यमा क्रमशः राजन प्रसाद घिमिरे, आशा देवी चौधरी , तिकल चौधरी, धनबहादुर थापा रहेका छन् । यस्तै लेखा समिति संयोजकमा धनबहादुर थापालै नै जिम्मेवारी दिइएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज