Advertisement

समाचार

कैलालीकी चौधरीले पाइन् ३७ वर्षको उमेरमा नागरिकता

कैलालीकी चौधरीले पाइन् ३७ वर्षको उमेरमा नागरिकता

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा एक महिलाले ३७ वर्षको उमेरमा नागरिकता पाएकी छन् । जिल्लाको गोदावरी नगरपालिका-८ की अपाङ्गता भएकी अरुणा कुमारी चौधरीले ३७ वर्षको उमेरमा नागरिकता पाएकी हुन् । मंगलबार प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल सहितको टोलीले अपाङ्गता भएकी चौधरीलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेको छ । अपाङ्गता भएका कारण नागरिकता बनाउन प्रशासनसम्म जान नसक्दा सरकारी सेवाबाट बञ्चित हुनुपरेको जानकारी चौधरीका बुवाले गराएपछि आफूहरूले घरमै आएर नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी हमालले बताए । शारीरिक रूपमा पूर्णरुपमा अशक्त ३७ वर्षीय चौधरी नागरिकता लिन प्रशासन कार्यालयसम्म जान नसक्दा नागरिकताबाट बञ्चित थिईन् ।...
बझाङका ४ सय बालबालिकालाई आधारभुत आत्मरक्षा तालिम

बझाङका ४ सय बालबालिकालाई आधारभुत आत्मरक्षा तालिम

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सत्यराज सिंह- बझाङ । बझाङको जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिकाका ४ सय बालबालिकालाई आधारभुत आत्मरक्षा तालिम दिइने भएको छ । जिल्लामा सञ्चालित प्रगतिशिल युवा समाज, वल्डभिजन इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा र पालिकाको समन्वयमा १८ बर्ष मुनी तथा १२ बर्ष माथिका बालबालिकालाई आधारभुत आत्मरक्षा सिप तथा आधारभुत प्रशिक्षण तालिम दिइने भएको हो । प्रगतिशिल युवा समाज र वल्र्ड भिजनको साँझेदारीमा संचालित बाल संरक्षण परियोजना अन्र्तगत उक्त कार्यक्रम गरिएको संस्थाले जनाएको छ । सोमबार जयपृथ्वी नगरपालिका–६ मा रहेको भवानी माध्यामिक विद्यालय नौरामा कार्यक्रमको सुरुवात गर्दै संस्थाले बालबालिकामाथि हुने यौनजन्य हिंसाका घटनामा कमी आउन नसकेकाले त्यसमा कमि ल्याउन आधारभुत तालिमको आयोजना गरिएको बाल संरक्षण परियोजनाका अधिकृत विनोद थापाले बताए । उनले भने, ‘दिनदिनै जसो यस्ता घटना भइरहेको पाइन्छ । बलात्कार,...
लेखा अधिकृतको आन्दोलनका कारण मुख्यमन्त्री, मन्त्री र कर्मचारीहरुको तलब नै रोकियो

लेखा अधिकृतको आन्दोलनका कारण मुख्यमन्त्री, मन्त्री र कर्मचारीहरुको तलब नै रोकियो

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य र कर्मचारीहरूको तलब रोकिएको छ। लेखा अधिकृतहरू वृत्ति विकासको माग राख्दै आन्दोलनमा उत्रिएपछि तलब रोकिएको हो। लेखा समूहका अधिकृतहरूले प्रदेश निजामती सेवामा नवौँ तहबाट प्रशासन समूह हटाउनुपर्ने, लेखा समूहको ओएण्डएम गर्नुपर्ने, र प्रदेश लोकसेवा आयोगले खोलेको प्रशासन सेवाको विज्ञापन स्थगित गर्नुपर्ने माग राखेका छन्। माग पुरा नगरे संघमा फिर्ता जानुपर्ने चेतावनीसमेत दिएका छन्। गत बुधबारदेखि लेखा अधिकृतहरूले भुक्तानी प्रक्रिया रोकेपछि तलब रोकिएको प्रदेश लेखा नियन्त्रक बासुदेव जोशीले बताए। लेखा समूहतर्फका कर्मचारी वृत्ति विकासको कानुनी व्यवस्थाको माग गर्दै एक साता अघिदेखि आन्दोलित छन्। उनीहरूले फागुन २१ गतेदेखि भुक्तानी तथा निकासा रोक्का गरेका छन्। प्रदेश मन्त्रालय, प्रदेश सभा सचिवालयहरूमा अहिले पनि लेखा अधिकृतको दरबन्दी रहेको ...
बझाङका ३ क्याम्पसमा मात्रै स्ववियु निर्वाचन सुरु

बझाङका ३ क्याम्पसमा मात्रै स्ववियु निर्वाचन सुरु

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- त्रिभुवन विश्वविद्यालय मातहत रहेका बझाङका ३ क्याम्पसहरूमा मात्रै आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ । जिल्लाका बझाङदीप बहुमुखी क्याम्पस , त्रिवेणी बहुमुखी क्याम्पस, र सुनकुडा बहुमुखी क्याम्पसमा मात्रै अहिले ८ बजेबाट निर्वाचन सुरु भएको हो । यसअघि छबिसपाथिभेरा गाउँपालिकामा रहेका सेती बहुमुखी क्याम्पस बगडगाउँ र शान्ति आदर्श बहुमुखी क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । निर्वाचनको प्रक्रिया सबै अगाडि बढाइएका अन्य क्याम्पसहरूमा भने विद्यार्थीको भर्नादर कम रहेका कारण निर्वाचन रोकिएको छ । थलारा गाउँपालिकामा रहेको थलारा बहुमुखी क्याम्पस, र खप्तडछान्ना गाउँपालिकामा रहेको खापरदेव बहुमुखी क्याम्पसमा विद्यार्थीको भर्ना संख्या कम भएकाले निर्वाचन गराउन नसकिएको क्याम्पस प्रशासनले जनाएको छ । चुनावमा भइरहेका तीन क्याम्पसमा एमाले निकट अनेरास्ववियु, काँग्रे...
अछाममा बहुविवाह कसुरमा महिला प्रकाउ, पुरुष फरार

अछाममा बहुविवाह कसुरमा महिला प्रकाउ, पुरुष फरार

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- अछाममा बहुविवाह कसुरमा एक महिला प्रकाउ परेकी छन् । जिल्लाको तुर्माखाँद गाउँपालिका ४ चिसिकी २४ वर्षीया तुलसी बुढा बहुविवाह कसुरमा प्रकाउ परेकी हुन् । बहुबिवाह कसुरमा २०८१ असाढ ६ गते १ वर्ष ४ महिना कैद सजाय र १३ हजार ३ सय ३३ रुपैया जरिवाना तोकिएकोमा हालसम्म फरार गरिएकी बुढालाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । सोमबार दिउँसो १२: ४० बजे प्रहरी चौकि तुर्माखाँदबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालतमा बुझाउने तयारीमा रहेको प्रहरीले जनाएको छ। प्रकाउ परेकि महिलासँग बहुबिवाह गर्ने पुरुष भने अझै फरार रहेका छन् । बुढा घरमा श्रीमती हुँदाहुँदै सौतामा आएकी थिइन् ।...
नियम बिपरितका भिसा रद्द गरी देश निकाला गर्ने अमेरिकी विदेश मन्त्रालयको चेतावनी

नियम बिपरितका भिसा रद्द गरी देश निकाला गर्ने अमेरिकी विदेश मन्त्रालयको चेतावनी

Breaking News 1, Breaking News 3, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
एजेन्सी- अमेरिकी विदेश मन्त्रालयले यसअघि जारी गरिएका भिसामाथि पनि छानबिन गरिने बताएको छ । मन्त्रालयले विगतमा जारी गरिएका भिसामाथिको अनुसन्धानको क्रममा अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना नगरिएको भेटे भिसा रद्द गरेर देश निकाला गर्ने चेतावनी दिएको हो । सोमबार अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको एक सन्देशमा भिसा धारकहरूले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरेको सुनिश्चित गर्न निरन्तर जाँच गरिने र यदि उनीहरूले उल्लंघन गरेमा भिसा रद्द गरी देश निकाला गरिने उल्लेख छ। मन्त्रालयले आफ्नो आधिकारिक एक्स ह्यान्डलबाट जारी गरेको सन्देशमा भनिएको छ, ‘अमेरिकी भिसा स्क्रिनिङ भिसा जारी भएपछि रोकिँदैन। हामी भिसा धारकहरूले सबै अमेरिकी कानून र आप्रवासन नियमहरू पालना गरेको सुनिश्चित गर्न निरन्तर जाँच गर्छौं – र यदि उनीहरूले पालना नगरेको भेटिएमा हामी उनीहरूको भिसा रद्द गरी देश निका...
अछाममा बिहानै भूकम्पको धक्का

अछाममा बिहानै भूकम्पको धक्का

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- अछाममा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेर ३३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । केन्द्रका अनुसार अछामको बाटुलासेन केन्द्रविन्दु भएर ४ दशमलव ३ म्याग्निच्यूडको भूकम्प गएको छ । भूकम्पको धक्का अछाम र आसपास क्षेत्रमा महसुस भएको केन्द्रले जनाएको छ।...
आज स्ववियु चुनाव हुँदै

आज स्ववियु चुनाव हुँदै

Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ । यसैगरी विश्वविद्यालय क्याम्पसमा चैत ८ गते निर्वाचन हुनेछ । यस निर्वाचनमा विश्वविद्यालय क्याम्पसका २१ सदस्यीय स्ववियु निर्वाचित हुनेछन्, जसमा ११ जना प्रत्यक्ष र १० जना समानुपातिक प्रतिनिधित्वबाट चयन हुनेछन् । विश्वविद्यालय क्याम्पसमा कुल ६ हजार १ सय ४६ जना मतदाता रहेका छन्, जसले आफ्नो मताधिकार प्रयोग गरी नयाँ नेतृत्व चयन गर्नेछन् । निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचन हुनेछ भने उपाध्यक्ष र उपसचिव पदका लागि २१ सदस्य निर्वाचित भएपछि उनीहरूमध्येबाट चयन गरिनेछ । यदि कुनै सङ्घ सङ्गठनले बहुमत हासिल गरेमा उपाध्यक्ष र उपसचिव पद उसै सङ्गठनका सदस्यमध्येबाट चयन हुनेछ । बहुमत नआएमा सहमतिबाट चयन गरिनेछ । सहमति नभएमा २१ सदस्यको मतदानबाट उपाध्यक्ष...
आज देशका केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

आज देशका केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना छ । यस्तै, आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।...
बझाङको बुङ्गल घर भएका बोहरा महेन्द्रनगरबाट बेपत्ता

बझाङको बुङ्गल घर भएका बोहरा महेन्द्रनगरबाट बेपत्ता

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङ घर भएका एकजना महेन्द्रनगरबाट बेपत्ता भएका छन् । भारतबाट घर फर्किएका बुङ्गल नगरपालिकाका अन्दाजी ४२/४३ वर्षीय बीर बहादुर बोहरा महेन्द्रनगर बजारबाट वेपत्ता भएका हुन् । बोहरा फागुन २९ गते साँझ ७ बजेको समयमा महेन्द्रनगरको चमनचोकबाट बेपत्ता भएका उनका काका हरिलाल बोहराले कामना टुडेलाई जानकारी दिए । उनलेे भने मैले पनि चैत ३ गते मात्रै बेपत्ता भएको खबर पाएको हुँ , खोजी कार्य गर्दा अहिलेसम्म भेटिएको छैन । उनीसँगै साथमा भएकाहरू भने घर पुगिसकेका छन् , तर बोहरा अहिलेसम्म सम्पर्कमा नआउँदा परिवार चिन्तामा परेको छ । बोहराको घर परिवारले खोजी कार्य गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय निवेदन दिनुका साथै सबैलाई आग्रह समेत गरेको छ । बोहलाई भेटाएमा नजिक प्रहरीलाई जानकारी गर्न तथा ९८०९४७५७८० मा सम्पर्क गरीदिन अनुरोध गरिएको छ ।...
मुख्यमन्त्री शाहको प्रेस सल्लाहकारमा बम

मुख्यमन्त्री शाहको प्रेस सल्लाहकारमा बम

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रेस सल्लाहकारमा पत्रकार डम्मरबहादुर बम नियुक्त भएका छन्। मुख्यमन्त्री शाहले सोमबार उनलाई आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन्। प्रेस युनियनको नेतासमेत रहेका बमले राजनीति र व्यवस्थापन सङ्कायमा स्नातकोत्तर गर्नुभएको छ। उनीँ २०६२ सालदेखि पत्रकारितामा आबद्ध छन्। विगतमा धनगढी पोस्ट, अनुमोदन दैनिक लगायतका सञ्चार माध्यममा काम गरेका बम पछिल्लो समय न्युज दैनिकमा कार्यरत छन् ।...
नौ महिनादेखि अन्तरिक्षमा रहेका सुनिता र बुच मंगलबार पृथ्वीमा फर्कँदै

नौ महिनादेखि अन्तरिक्षमा रहेका सुनिता र बुच मंगलबार पृथ्वीमा फर्कँदै

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
एजेन्सी- अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा नौ महिनादेखि रहेका अन्तरिक्षयात्री सुनिता विलियम्स र ब्यारी विलमोर बुच मंगलबार पृथ्वीमा फर्किंदै छन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार उनीहरू स्पेसएक्स यानमार्फत अमेरिकी समयअनुसार साँझ ५:५७ बजे फ्लोरिडा तटमा अवतरण गर्नेछन्। शुरुआतमा आठ दिनका लागि मात्र अन्तरिक्ष मिसनमा गएका उनीहरू प्राविधिक समस्याका कारण झन्डै एक वर्ष आईएसएसमै बस्न बाध्य भएका थिए। उनीहरूले त्यहाँ रहँदा विभिन्न वैज्ञानिक अनुसन्धान तथा ‘स्पेस वाक’(अन्तरिक्षमा बाहिर निस्केर गरिने काम) समेत गरेका छन्।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज