जोशीलाई वित्तीय साक्षरता कार्यक्रम तथा विमा क्षतिपूर्ति बापतको रकम हस्तान्तरण
बझाङ- बझाङको सदरमुकाम चैनपुरमा रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम तथा विमा क्षतिपूर्ति बापतको रकम हस्तान्तरण गरेको छ ।
संस्थाले सोमबार एक कार्यक्रम बिच थलारा गाउँपालिका–९ की मृतक संथाकी सदस्य पञ्चमला देवी जोशीको छोरा भागिरथ जोशीलाई वित्तीय साक्षरता कार्यक्रम तथा विमा क्षतिपूर्ति बापतको ६ लाख २५ हजार रकम हस्तान्तरण गरेको हो ।
समाजमा लघुवित्त संस्थाका विषयमा गलत प्रचार भईरहेपनि वास्तवमा यस्ता संस्थाहरुले समुदाय स्तरमा धेरै सहुलियत पुर्याउँदै आएको संस्थाका शाखा प्रबन्धक सुमन रानाले बताए
उक्त रकम हस्तान्तरण कार्यक्रममा वित्तीय क्षेत्रको सुधार ,वित्तीय अनुशासन , कर्जा सदुपयोग ,बचत को महत्त्व तथा आवश्यकता, प्रबिधी मैत्री पारदर्शी कारोबार ,कर्जा बिमाको महत्त्व र बैंकिङ प्रणाली जस्ता विभिन्न वित्तीय ज्ञानहरुको बारेमा जानकारी गराईएको थि...












