Advertisement

समाचार

नेपाल पत्रकार महासंघ शाखा बझाङद्वारा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमणप्रति ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ शाखा बझाङद्वारा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमणप्रति ध्यानाकर्षण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- नेपाल पत्रकार महासंघ शाखा बझाङले अराजक समूहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निशाना बनाएको घटनाप्रति ध्यानाकर्षण गराएको छ। काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समूहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निशाना बनाएको घटनाप्रति महासंघले आज (सोमबार) बझाङका प्रमुख जिल्ला अधिकारी कैलाश बहादुर ठकुराठी मार्फत प्रधानमन्ती केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको हो। उक्त घटनामा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको छ, भने अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय,,कान्तिपुर टेलिभिजनको भवन, हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड भएको छ। त्यस्तै पत्रकार दिनेश गौतममाथि आक्रमण हुनुका साथै फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको छ । पत्रकार महासंघले घटनाको गहिरो अनुसन्धान गरी दोषीहरूलाई फौजदारी अभियोगमा कारबाही गर्न, मृतक पत्रकारका परिवारलाई क्ष...
पालिका स्तरीय परीक्षाका उत्कृष्ट विद्यार्थी नगदसहित सम्मानित

पालिका स्तरीय परीक्षाका उत्कृष्ट विद्यार्थी नगदसहित सम्मानित

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको दुर्गाथलि गाउँपालिकाले आधारभुत तह कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने ४ जना विद्यार्थीलाई नगद पुरस्कारसहित प्रमाणपत्रले सम्मान गरेको छ । गाउँपालिकाले फागुन २३ देखि चैत ३ गतेसम्म सञ्चालन गरेको पालिका स्तरीय आधारभुत तह २०८१, कक्षा ८ को परीक्षामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका विद्यार्थीलाई नगद पुरस्कारसहित प्रमाणपत्रले सम्मान गरेको हो । गाउँपालिकाले सोमबार आज एक कार्यक्रमबिच पालिका स्तरीय आधारभुत तह परिक्षामा प्रथम भएका मेखराज खैर लाई नगद १० हजार सहित प्रमाणपत्र, दितीय अस्मित सोती लाई नगद ८ हजार सहित प्रमाणपत्र, तृतीय आशिष दौल्याल लाई नगद ६ हजार सहित प्रमाणपत्र र सान्त्वना भएका प्रदिप खैर लाई नगद ४ हजार सहित प्रमाणपत्रले सम्मान गरिएको पालिकाले जनाएको छ। पालिकाले शिक्षा क्षेत्रमा विद्यार्थीको लगाव बढाउन, शैक्षिक स्तर सुधार गर्न तथा विद्यार्थीलाई अझ...
आज देशका केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

आज देशका केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशााले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति देशका अधिकांश भूभागको मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ ।...
प्रदेश सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष श्रेष्ठलाई

प्रदेश सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष श्रेष्ठलाई

Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्षलाई दिएको छ । आर्थिक लेनदेनसम्बन्धी अडियो बाहिरिएपछि विवादमा परेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीको राजीनामापछि बसेको बैठकले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दिएको हो । बैठकमा सहभागी टिकापुर नगरपालिकाका मेयर समेत रहेका रामलाल थारु डगौराले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्षलाई दिइएको जानकारी दिए । उनका अनुसार प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको बैठकमा पार्टी अध्यक्ष श्रेष्ठ, पार्टीका संरक्षक रेशमलाल चौधरी, प्रतिनिधिसभा सबै सांसद, प्रदेश सभाका लक्ष्मणकिशोर चौधरी बाहेकका सांसदको सहभागिता रहेको थियो । बैठकले सरकारमा सहभागी नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले आफ्नो ...
बाजुरामा बाघको आक्रमणबाट ८ वर्षीय रावतको मृत्यु

बाजुरामा बाघको आक्रमणबाट ८ वर्षीय रावतको मृत्यु

Breaking News 3, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बाजुरा- बाजुरामा बाघको आक्रमणबाट बालकको मृत्यु भएको छ।जिल्लाको खप्तड छेडेदह गाउँपालिका-३ धुरतोला वस्ने दिल्लीबहादुर रावतका ८ वर्षीय छोरा बिजय रावतको मृत्यु भएको हो। बालकलाई सोही ठाउँको सेली घरदेखि अन्दाजी २ किलोमिटर टाढा रहेको छानो (गोठ) को आगनमा रहेको पानीधारामा बाघले आक्रमण गरी  अन्दाजी १५० मिटर टाढा लगेको र बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।...
कैलालीबाट एक जना फरार प्रतिवादी पक्राउ

कैलालीबाट एक जना फरार प्रतिवादी पक्राउ

Breaking News 3, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीबाट चोरी मुद्दामा फरार रहेका एक जनालाई प्रहरी पक्राउ गरेको छ जिल्ला अदालत कैलालीको फैसलाले नकवजनी चोरी मुद्दामा २५ दिन कैद सजाय र एक लाख तेह्र हजार चार सय पचहत्तर रुपयाँ जरिवाना तोकिएपछि फरार रहेका जोशीपुर गाउँपालिका-४ खर्चुवा बस्ने ३५ वर्षीय इमरान हसन पक्राउ परेका हुन्। हसनलाई इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरी टोलीले आइतवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।...
प्रेस सेन्टर नेपालको अध्यक्षमा गिरी निर्वाचित, महासचिवमा घर्तिमगर

प्रेस सेन्टर नेपालको अध्यक्षमा गिरी निर्वाचित, महासचिवमा घर्तिमगर

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौ- प्रेस सेन्टर नेपालको ५ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन् । काठमाडौंको थापागाउँस्थित एक पार्टी भेन्यूमा सम्पन्न मतदानबाट प्रतिस्पर्धी उम्मेदवार दीपेन्द्र रावललाई १ सय ९१ मतान्तरलेपछि पार्दै गिरी निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित गिरीले ३ सय ६६ मत प्राप्त गर्दा रावलले १ सय ७५ मत प्राप्त गरे । गिरी यस अघि वरिष्ठ उपाध्यक्ष थिए भने रावल उपाध्यक्ष थिए । यस्तै वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी निर्वाचित भएका छन् । अधिकारीले अर्का उम्मेदवार सुदिप बर्देवालाई २ सय ८६ मतान्तरले पछि पार्दै वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित अधिकारीले ३ सय ९७ मत प्राप्त गर्दै बर्देवाले भने १ सय ११ मत प्राप्त गरेका थिए । अधिकारी यस अघि उपाध्यक्ष थिए भने बर्देवा केन्द्रीय सदस्य मात्रै थिए । संगठनमा ५ जना उपाध्यक्ष भने निर्विरोध निर्वाचित भएका छन् । उपा...
एमालेले आज सुदूरपश्चिममा शक्ति प्रदर्शन गर्दै

एमालेले आज सुदूरपश्चिममा शक्ति प्रदर्शन गर्दै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी– नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका  ९ वटै जिल्लामा आज शक्ति प्रदर्शन गर्दै छ । एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा सोमबार आज शक्ति प्रदर्शन गर्न लागेको हो । यसै अन्तरगत कैलालीका ३ ठाउँमा आज शक्ति प्रदर्शन गरिँदैछ । जिल्लाको अत्तरियादेखि धनगढीसम्म, घोडाघोडी र टीकापुरमा छुट्टाछुट्टै मोटरसाइकल र्‍याली निकालिनेछ जनाइएको छ । अत्तरियादेखि धनगढीसम्म दिउँसो २ बजे मोटरसाइकल -याली निकालिने एमालले जनाएको छ । एमालेले चैत २९ गते धनगढीमा विशेष जनसभा गर्ने तयारी गरेको छ ।...
बझाङमा ७ वर्षदेखि फरार रहेका प्रतिवादी पक्राउ

बझाङमा ७ वर्षदेखि फरार रहेका प्रतिवादी पक्राउ

Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङमा एक जना फरार प्रतिवादी ७ वर्षपछि पक्राउ परेका छन् । चोरी सम्बन्धी कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका मष्टा गाउँपालिका-१ का २४ वर्षीय बसन्त ओखेडा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक केशव ठगुन्नाको कमाण्डमा खटिएको प्रहरी टोलीले ओखेडालाई आज सदरमुकाम चैनपुर बजारबाट पक्राउ गरेको हो । ओखेडालाई जिल्ला अदालतले २०७४ साल माघ २३ गते चोरी मुद्दामा १५ दिन कैद तथा ३ लाख ९१ हजार ५ सय ३० रुपैंयाँ जरिवाना तोकेको थियो। त्यसबेलादेखि ‌ओखेडा फरार रहेका थिए।...
झोतामा नेरुडे मिर्मिरे संस्थाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम

झोतामा नेरुडे मिर्मिरे संस्थाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङमा नेरुडे मिर्मिरे लघुवित्त वित्तिय संस्थाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। नेरुडे मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय केदारस्यूँ गाउँपालिका-९ झोताको आयाेजनामा शनिबार पाण्डब होटलमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो । संस्थाले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम ग्राहकलाई वित्तीय ज्ञान प्रदान गर्न, संस्थाको स्थायित्व बढाउन, ग्राहक विश्वास निर्माण गर्न, नयाँ ग्राहक आकर्षित गर्न, नियामक निकायको माग पूरा गर्न, तथा ऋण र बचत प्रवर्द्धन गर्न उक्त कार्यक्रमको आयोजना गरिएको शाखा प्रमुख जनक बोहराले कामना टुडेलाई जानकारी दिए । उनका अनुसार अमरगढि कलष्टर प्रमुख डण्डिराम बोहराले कार्यक्रममा वित्तिय साक्षरताको महत्व, उदेश्य, आवश्यकता र ओैचित्य, बचत, ऋण र वैकिङ्ग नीति नियम, कर्जा ...
भोलि सोमबार सार्वजनिक विदा

भोलि सोमबार सार्वजनिक विदा

Breaking News 3, ताजा अपडेट, समाचार
काठमाडौँ- सरकारले इस्लाम धर्मावलम्बीको पर्व इद–उल फित्र (इद) को अवसरमा भोलि (सोमवार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयका सहसचिव प्रवक्ता रामचन्द्र तिवारीले आज जारी गरेको विज्ञप्तिअनुसार नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। विज्ञप्तिमा “चैत १८ गते सोमवार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ” उल्लेख छ।...
रवीन्द्र र धवलशमशेरसहित ११ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति

रवीन्द्र र धवलशमशेरसहित ११ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणा सहित ११ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्र र राणा सहित ११ जनालाई राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई ५ दिनको म्याद दिएको हो । यस्तै अदालतले अन्य ३० जनालाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । शुक्रबार राजावादीले गरेको प्रदर्शन हिंसात्मक भएसँगै उनीहरु पक्राउ परेका थिए ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज