Advertisement

समाचार

प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

Breaking News 3, ताजा अपडेट, समाचार
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार आज दिउँसो थाइल्याण्डको औपचारिक भ्रमण जाँदैछन्। प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणसँगै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मंगलबार दिउँसो १२:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग भेट गरेर ओली थाइल्याण्ड जाने छन्। ओलीले थाइल्याण्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रमम छ। बैंककमा रहँदा उनले शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। मंगलबार थाइल्याण्ड गएर प्रधानमन्त्री ओली २३ गते शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)को मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ...
कञ्चनपुरको टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको पाटेबाघलाई निकुञ्जमा छाडियो

कञ्चनपुरको टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको पाटेबाघलाई निकुञ्जमा छाडियो

Breaking News 3, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले पाटेबाघलाई गएराति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको छ । डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरका अनुसार बाघलाई निकुञ्जको कोर एरिया (भित्री भाग)को सुरक्षित प्राकृतिक बासस्थानमा छाडिएको हो । आइतबार गहुँबारीबाट सुरक्षित रुपमा उद्धार गरी ल्याएको बाघको स्वास्थ्य परीक्षण गरिएको थियो । बाघ स्वस्थ्य रहेको पाइएपछि निकुञ्ज क्षेत्रमा छाडिएको हो । डिभिजन वन कार्यालय कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिल्ला प्रशासन कार्यालयलगायत सुरक्षा निकायसँगको छलफलपछि बाघलाई निकुञ्ज क्षेत्रमै छाड्ने निर्णय गरिएको प्रमुख ठाकुरले बताए । रासस...
बैतडीको दशरथचन्द नगरपालिकाले नगर बस सञ्चालन गर्दै

बैतडीको दशरथचन्द नगरपालिकाले नगर बस सञ्चालन गर्दै

Breaking News 2, ताजा अपडेट, बैतडी, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीको एक स्थानीय तहले नगरबस सञ्चालन गर्ने तयारी गरेको छ । जिल्लाको दशरथचन्द नगरपालिकाले बस खरिद गरेर ल्याइसकेको र यहीँ चैत २४ देखि सञ्चालनको तयारी भएको हो । दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजेन्द्र विष्टले जिल्लामा दशरथचन्द नगरबस सञ्चालन गर्ने पहिलो नगरपालिका बन्ने बताए । उनले भने, 'बस खरिद गरेर ल्याइसकिएको छ । चैत २४ गते औपचारिक रूपमा उद्घाटन गरेर नियमित सञ्चालन गर्नेछौँ ।' नगर प्रमुख पुष्करराज जोशी आफ्नो चुनावी नारामा गरिएको प्रतिबद्धताअनुसार नगरबस सञ्चालनको तयारी गरेको बताए । बस सञ्चालनमा आएपछि पालिकासम्म आवतजावत गर्ने सर्वसाधारणलाई सहज हुने उनले विश्वास व्यक्त गरे । उनका अनुसार उक्त बस काठमाडौंको सिपर्दी टेडिङ प्रालीले बोलपत्र आह्वानमार्फत ४३ लाख ९८ हजार २२९ मा खरिद गरिएको हो । न्यूनतम भाडामा सतबाँझ–झुलाघाट नियमित रूपमा सेवा दिने गरी नगरबस सञ्चालन हुनेछ । यसका साथ...
आज पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

आज पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

Breaking News 1, ताजा अपडेट, समाचार
काठमाडौँ- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अ...
बझाङमा डेढ वर्षभित्र बन्नुपर्ने सडक र पुल ६ वर्षसम्म अधुरै, ठेकदार सम्पर्कविहीन

बझाङमा डेढ वर्षभित्र बन्नुपर्ने सडक र पुल ६ वर्षसम्म अधुरै, ठेकदार सम्पर्कविहीन

Breaking News 3, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
बझाङ— बझाङमा ठेक्का सम्झौता भएको ६ वर्ष पुगिसक्दा पनि सडक र पुल नबनेपछि स्थानीयलाई समस्या भएको छ । जिल्लाको मष्टा गाउँपालिका(१, लाछीगाड खोलामा निर्माणाधीन पुल लामोसमयदेखि अलपत्र भएको हो । पुल नहुँदा प्रत्येक बर्खामा गाउँपालिकाका वडा नं २ देखि ७ सम्मका ६ वटा वडामा सडक सम्पर्क विच्छेद हुने गरेको छ । ‘सबै गाउँमा सडक पुगिसकेको छ । अरु बेला गाडीको यात्रा गर्न पाए पनि पुल नहुँदा बर्खामा टाढासम्म हिँडेरै आउजाउ गर्नुपर्छ, मष्टा-४ का बिर्ख बोहराले भने, ‘कोही बिरामी भयो भने पनि डोकोमा बोकेर ६-७ घण्टा लगायर अस्पताल पुर्‍याउनुपर्छ । पुल नबन्दा पालिकाको दुर्गममा रहेका लटौन, ठकुन्ना, रिलु, दय लगायतका गाउँका बासिन्दाले बर्खामा बढी सास्ती बेहोर्नु परिरहेको उनले बताए । डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पूर्वाधार विकास कार्यालय बैतडीले २०७५ असोजमा पुष्पाञ्जली कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको ...
डिजेल मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

डिजेल मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

Breaking News 1, ताजा अपडेट, समाचार
काठमाडौं- नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आजलेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन (आन्तरिक)तर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५१ ले घटाएको हो । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर एक सय ४६ रुपैयाँ ५० पैसा, एक सय ४८ रुपैयाँ र एक सय ४९ रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर एक सय २५ रुपैयाँ कायम भएको छ । यसैगरी निगमले अन्तरराष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर काठमाडौँमा अमेरिकी डलर नौ सय ५२, पोखरामा सात सय ८२ र भैरहवामा सात सय ६७ तोकेको छ । इन्डियन आयल कर्पोरेसशनबाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार डिजेल, मट्टितेल र हवाई इन्धनको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको ...
डोटीमा चलिरहेको बोलेरो जिपबाट खस्दा गाडी साहुको मृत्यु

डोटीमा चलिरहेको बोलेरो जिपबाट खस्दा गाडी साहुको मृत्यु

Breaking News 1, Breaking News 2, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- डोटीमा बोलेरो जिपबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका-२ कुचेडाका गाडी साहु ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहराको चलिरहेको उक्त जिपबाट खसेर मृत्यु भएको हो । बिज्ञापन सोमबार बेलुकी ६ बजेतिर दिपायलबाट आदर्श गाउँपालिकातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ च ४११८ नम्बरको बोलेरो जिपको पछाडिको ढालामा बसिरहेका बोहराको ढालाबाट खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिपबाट खसेका उनलाई तत्कालै उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पतालमा ल्याइएको र उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। जिपबाट खस्दा उनको छाती र टाउकोमा चोट लागेको थियो। आदर्श गाउँपालिका-३, नुवाकोटका २३ वर्षीय गाडी चालक विराज भट्टलाई गाडीसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।...
धनगढीमा सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सुरु

धनगढीमा सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सुरु

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले सामुदायिक (छाडा छोडिएका) कुकुरको बन्ध्याकरण अभियान सुरु गरेको छ । सामुदायिक कुकुरका कारण समस्या सिर्जना भएपछि उपमहानगरपालिकाले नियन्त्रणका लागि बन्ध्याकरण अभियान अघि बढाएको हो । धनगढी उपमहानगरपालिकाले केही वर्षदेखि सामुदायिक कुकुर नियन्त्रण अभियान सञ्चालन गर्दै आएको छ । सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण सबैभन्दा प्रभावकारी उपाय रहेको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले यही चैत्र १७ गते आइतबारदेखि सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । उपमहानगरपालिकाले चार दिन (बुधबार) सम्म सञ्चालन हुने शिविरमा दुई सय ८० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य लिएको जनाएको छ । उपमहानगरपालिका कार्यालयका अनुसार शिविर सञ्चालन गरेको पहिलो दिन आइतबार ९५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । उपमहानगरपालिका पशुसेवा शाखा प्रम...
बाजुरामा आँखाको ज्योति फर्किएपछि बुढापाका खुसी

बाजुरामा आँखाको ज्योति फर्किएपछि बुढापाका खुसी

Breaking News 1, ताजा अपडेट, बाजुरा, समाचार, सुदूरपश्चिम
बाजुरा– लामो समयपछि आफ्नो आँखाको ज्योति फर्किएपछि बाजुराको दुर्गम गाउँबस्तीका बुढापाका खुसी भएका छन्। मोतीविन्दुका कारण लामो समयदेखि आँखा नदेख्ने समस्या भोग्दै गरेका त्यहाँका बुढापाकाको अहिले गाउँमै आँखाको अपरेसन भएर ज्योति फर्किएपछि उनीहरू खुसी देखिएका हुन्। आर्थिक अवस्था कमजोर भएका कारण आफैँ उपचार गर्न नसक्दा उनीहरू लामो समयदेखि घरमै अन्धो अवस्थामा बस्न बाध्य भएका थिए। यही अवस्थालाई ध्यानमा राख्दै हिमाली गाउँपालिकाको आयोजना नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोग र रुइत फाउन्डेसन काठमाडौँको आर्थिक सहयोगमा त्यहाँका दुर्गम गाउँबस्तीका स्थानीयलाई गाउँमै निःशुल्क आँखा चेकजाँच शिविर सञ्चालन गरिएको हिमाली गाउँपालिकाले जनाएको छ। ७० वर्षीय स्थानीय जयसुर भण्डारीले मोतीविन्दुका कारण आफूले आँखाको ज्योति गुमाएको बताउँदै गाउँमै आएको यो निःशुल्क आँखा शिविरमा आँखा देख्न थाले...
कैलालीको एक स्कुलमा आगलागी

कैलालीको एक स्कुलमा आगलागी

Breaking News 1, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा एक स्कुलको अफिस सहित तीन स्थानमा आगलागी भएको छ। जिल्लाको जोशीपुर गाउँपालिका–७ घैला बौनियास्थित होलिल्याण्ड पब्लिक स्कुलको अफिस लगायत तीन स्थानमा आगलागी भएको हो । बौनियास्थित होलिल्याण्ड पब्लिक स्कुलमा तीन वटा कोठामा करेन्ट सर्ट भई सोमवार बिहान आगलागी भएको छ। उक्त आगलागीबाट भएको क्षतिको विवरण भने हाल नखुलेको प्रहरीले जनाएको छ। यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–१४ सी गाउँ बस्ने निशा शाहीको गोठमा सोमवार बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ। यसैगरी कैलालीको गोदावरी नगरपालिका–४ गोदावरी बस्ने ५५ वर्षीय कृष्ण मडैको गोठमा सोमवार दिउँसो आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।...
कञ्चनपुरबाट मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ

कञ्चनपुरबाट मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ

Breaking News 3, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- कञ्चनपुरबाट मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ परेका छन्। जिल्लाको बेदकोट नगरपालिका–५ का महेश डगौराको घरमा राखेको म १ प १९०५ नम्बरको मोटरसाइकल फागुन २६ गते राति चोरी भएको थियो। उक्त मोटरसाइकल चोरीमा संलग्न कञ्चनपुरको बेदकोट नगरपालिका–७ बस्ने योगेन्द्र बोहरा सोही ठाउँ बस्ने विनोद खड्का र इस्कर बोहरालाइ यहीँ चैत्र १६ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। मोटरसाइकल नम्बर प्लेट परिवर्तन गरि चलाइराखेको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ। कञ्चनपुर जिल्ला अदालतले परेकाहरुमाथी ७ दिनको म्याद थप गरि अनुसन्धान कार्य भई रहेको जनाएको छ।...
पत्रकार महासंघ कैलालीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पत्रकार महासंघ कैलालीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Breaking News 3, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- नेपाल पत्रकार महासंघ कैलालीले सरकारलाई ज्ञापनपत्र बुझाएको छ । सोमबार आज कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बझाएको हो । यही १५ गते काठमाडौमा राजाबादी आन्दोलनको हिंसात्मक आन्दोलनमा आराजक मानिसको भिडले संचारगृह तोडफोड, पत्रकार सुरेश रजकको आगोमा जलेर मृत्यु भएको र पत्रकार माथी हातपात र कुटपिट गरिएकोले सरकारको ध्यानार्कषण गराउन ज्ञापनपत्र बुझाएको अध्यक्ष श्रवण देउबाले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी हमालले ध्यानाकर्षण पत्र बुझ्दै आफूले आजै सो ज्ञापनपत्र माथिल्लो निकायमा पठाईदिने बताए । कैलाली जिल्लामा शान्ती सुरक्षा अमन चयनका साथै पत्रकारको सुरक्षाका लागि आफु कटिबद्ध रहेको उनले बताए ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज