धनगढी- बझाङमा एक जना फरार प्रतिवादी ७ वर्षपछि पक्राउ परेका छन् । चोरी सम्बन्धी कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका मष्टा गाउँपालिका-१ का २४ वर्षीय बसन्त ओखेडा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक केशव ठगुन्नाको कमाण्डमा खटिएको प्रहरी टोलीले ओखेडालाई आज सदरमुकाम चैनपुर बजारबाट पक्राउ गरेको हो ।
ओखेडालाई जिल्ला अदालतले २०७४ साल माघ २३ गते चोरी मुद्दामा १५ दिन कैद तथा ३ लाख ९१ हजार ५ सय ३० रुपैंयाँ जरिवाना तोकेको थियो। त्यसबेलादेखि ओखेडा फरार रहेका थिए।

