Advertisement

समाचार

सेती प्रादेशिक अस्पताल संघीयकरणको तयारी, सुदूरपश्चिम सरकारले पत्राचार गर्‍यो

सेती प्रादेशिक अस्पताल संघीयकरणको तयारी, सुदूरपश्चिम सरकारले पत्राचार गर्‍यो

समाचार
सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई संघीय सरकारअन्तर्गत ल्याई संघीय अस्पतालका रूपमा सञ्चालन गर्न नेपाल सरकारलाई पत्राचार गरेको छ। प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले सेती अस्पताललाई संघीय अस्पतालमा रूपान्तरण गर्न अनुरोध गर्ने निर्णय गरेपछि आवश्यक प्रक्रिया अगाडि बढाइएको हो। सोही निर्णयअनुसार, सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालयबाट आवश्यक फाइल तयार गरी संघीय स्वास्थ्य मन्त्रालयलाई पठाइएको छ। आइतबार प्रदेश सरकारका प्रतिनिधिहरूले उक्त फाइल संघीय स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बुझाएका छन्। प्रदेश सरकारले सेती अस्पताल संघीयकरण गर्दा गेटा अस्पतालमा विशिष्टिकृत सेवा प्रदान गर्न सहज हुने र गेटामा प्रस्तावित मेडिकल विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालनमा सहयोग पुग्ने जनाएको छ। नेपाल फर्मास्युटिकल एसोसियसन, सुदूरपश्चिम प्रदेशका सचिव माहा ओम  राज जोशीले हालको...
एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमा सुरु

एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमा सुरु

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशन धनगढीमा सुरु भएको छ । अधिवेशनको उद्घाटन गर्दै पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाले जनाताको सासनलाई राजाबादीहरुले अध्यारोमा धकेल्न चाईरहेको बताएका छन् । उनले राजावादीले चैत १५ गते काठमाडौँमा देखाएको रुपले उनिहरुको चरित्र प्रष्ट भएको बताए । २४० बर्षको राणाशासनले जनतालाई के दियो उनको प्रश्न थियो । पुर्वप्रधानमन्त्री नेपालले अब नेपालमा राजतन्त्र नफर्किने बताए । चैत १५ गते राजावादीको आन्दोलनका क्रममा निजि सम्पत्तिमा आगजनी गरेको प्रति आपत्ति जनाउँदै दोषिलाई कार्वाही गर्न सरकार समक्ष माग गरे । उनले भने ‘जनतालाई गणतन्त्रको बार्रेमा बुझाउन सकेका छैनौ, अब सबै गणतन्त्रबादी दलले त्यो बुझाउन आवश्यक छ ।’ अधिवेशनले सुदूरपश्चिममा पार्टीको सांगठनिक सुदृढीकरण र आगामी राजनीतिक दिशाबारे म...
हिन्दु धर्म मान्ने हाम्रो परम्परा हो- काँग्रेस सभापती देउवा

हिन्दु धर्म मान्ने हाम्रो परम्परा हो- काँग्रेस सभापती देउवा

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा, १७ चैत- नेपाली कांग्रेसका सभापती एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल हिन्दु धर्म हिन्दु संस्कृती मान्ने राष्ट्र भएको बताएका छन । डडेल्धुरा–डोटी जिल्लाको संगमस्थल सेती र साकल्य नदी मिसिएर हुने त्रिवेणी गहनान धाममा आइतबार श्रीमद भागवत महायज्ञको उद्घाटन गर्दै उनले हिन्दु परम्परालाई मान्ने नेपालीको परम्परा रहेको बताए । “हिन्दु धर्म मान्ने हाम्रो परम्परा हो“, उनले भने, “गाई लाई पूजा गर्ने देश हो । गौ हत्या गर्न पाइँदैन । कडा कानुन छ । यसलाई अझै कडाईका साथ लागु गर्ने छौं ।“ माघे सङ्क्रान्तिका दिन स्नान गर्नेको घुुइँचो लाग्ने गहनान धाम मशान पनि हो । यस क्षेत्रको ठुलो मसान भएको उल्लेख गर्दे सभापती देउवाले यो अत्यन्तै महत्त्वपूर्ण ठाउँ भएको बताए । “हाम्रो बाजे पूर्खाहरूको चिहान हो“, उनले भने, “उहाँहरूलाई यही जलाएको हो । यहा दिवंगत आत्मको अन्तिम संस्कार गर्नुका साथै हिमालब...
डडेल्धुरामा जिपबाट खसेर महिलाको मृत्यु

डडेल्धुरामा जिपबाट खसेर महिलाको मृत्यु

Breaking News 2, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा- डडेल्धुरामा जिपबाट खसेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका-८ की २६ वर्षीया निर्मला भूलको सोही वडाको डकलेमा जिपबाट खस्दा आइतबार मृत्यु भएको हो । जिल्ला सदरमुकामबाट बैतडीतर्फ जाँदै गरेको से १ ज ७३९ नम्बरको जिपबाट ओर्लिने क्रममा खसेर गम्भीर घाइते भएकी निर्मलाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । प्रहरीले जिप र जिप चालक बैतडीको सिगास गाउँपालिका-५ ढुङ्गाडका ४० वर्षीय रामसिंह धामीलाई नियन्त्रणमा लिएको जनाएको छ ।...
भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने ९ जना पक्राउ

भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने ९ जना पक्राउ

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- राजधानी काठमाडौंमा रहेको भाटभटेनी सुपरमार्केटमा शुक्रबार लुटपाट गर्ने ९ जना पक्राउ परेका छन् । राजावादी समूहको आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट गरेर फरार भएका ९ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–६, ढल्केवरका आशिष सिंह, सर्लाहीको बरथहवा नगरपालिका–१६ का प्रेमकुमार महतो, भारतको बिहार राज्यस्थित पटना हाजीपुरका रवि रञ्जन कुमार, नुवाकोटको विदुर नगरपालिका–६ की सुशीला कुमाल छन् । त्यस्तै, सुनसरीको धरानकी एलिसा राई, काठमाडौं महानगरपालिका–३२ की बालकुमारी कार्की, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–८ की निर्मला कार्की, सिन्धुलीको तिनपाटन गाउँपालिका–७, लाम्पन्टारकी चित्रमाया बस्नेत र सिन्धुलीको तिनपाटन गाउँपालिका–१६ की सुस्मिता बराल पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई...
गणतन्त्र विरोधीविरुद्ध शक्ति प्रर्दशन हुने एमाले कैलालि को तयारि

गणतन्त्र विरोधीविरुद्ध शक्ति प्रर्दशन हुने एमाले कैलालि को तयारि

समाचार
धनगढी । नेकपा एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुंगानाले गणतन्त्र विरोधीविरुद्ध भोलि हुने शक्ति प्रर्दशनको तयारी पूरा भएको बताएका छन् । ढुंगानाले भोलि दिउँसो दरबारीविरुद्ध गोदावरीदेखि धनगढीसम्म शान्तिपूर्ण मोटरसाइकल ¥याली निकाल्ने बताउँदै पाँच हजार जनालाई सडकमा उर्ताने दाबी गरेका छन् । भोलिको शक्ति प्रर्दशनको मुख्य उद्देश्य दरबारीयाहरुलाई आम मानिस गणतन्त्रको पक्षमा रहेको देखाउनु भएको उनी बताउँछन् । एमालेले गणतन्त्रको पक्षमा भन्दै भोलि सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा शक्ति प्रर्दशन तथा जनसभा गर्ने तयारी गरेको छ ।...
पत्रकार महासंघद्वारा पत्रकार हत्याको विरोधमा देशव्यापी आन्दोलनको घोषणा

पत्रकार महासंघद्वारा पत्रकार हत्याको विरोधमा देशव्यापी आन्दोलनको घोषणा

Breaking News 1, ताजा अपडेट, समाचार
काठमाडौँ- नेपाल पत्रकार महासंघले पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ । प्रदर्शनकारीले षड्यन्त्रपूर्वक आगलागीमा पारी कार्यस्थलमा खटिएका पत्रकार रजकको हत्या गरेको भन्दै महासंघले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न, दोषीलाई कारबाही गर्न तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन आन्दोलनको घोषणा गरेको हो । महासंघको शनिबार बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सुनियोजित रूपमा भएको पत्रकार हत्या, आक्रमण र मिडियामाथिको आक्रमणको विरोधमा आइतबारदेखि थप तीन दिनका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । महासंघले शुक्रबार भएको पत्रकार हत्या, आक्रमण र मिडियामाथिको आक्रमणका विषयमा अध्ययन गर्न उपाध्यक्ष उमिद बाग्चन्दको संयोजकत्वमा ७ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ । केन्द्रीय समितिका सचिवहरू रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा, अशो...
आज कोशी र गण्डकीका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज कोशी र गण्डकीका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, समाचार
काठमाण्डौ- आज कोशी र गण्डकी प्रदेशका पहाडी एक दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । ती दुई प्रदेशका उच्च पहाडी तथा हिमाली एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । देशमा पश्चिमी वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा मौसम आंशिक बदली छ । तराई क्षेत्रको मौसम आज सफा छ । आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा मौसम आंशिक बदली रही बाँकी भागमा सफा रहने अनुमान छ ।...
म्यानमार भूकम्पमा परि मृत्यु हुनेको संख्या १ हजार ६ सय नाघ्यो

म्यानमार भूकम्पमा परि मृत्यु हुनेको संख्या १ हजार ६ सय नाघ्यो

Breaking News 3, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
म्यानमारमा शुक्रबार गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १ हजार ६ सय नाघेको छ। धेरै जना अहिले पनि उद्धार कार्यमा सक्रिय नै छन्। सामग्रीको अभाव, सञ्चार नेटवर्कमा समस्या तथा खराब बाटोको कारण उद्धार कार्यमा कठिनाइ उत्पन्न भइरहेको छ। दोस्रो ठुलो सहर माल्डल्यबाट १२ तले घरमा एक महिलाको पुरिएको ३० घण्टापछि उद्धार भएको छ। त्यस स्थानमा अझै ९० जना पुरिएका जनाइएको छ। उद्धारकर्ताले किन्डर गार्डेन रहेको घर भत्किदा १२ जना बालबालिकाको शव फेला पारेका छन्। मानव अधिकारवादी राहत संस्था ओसिएचएका अनुसार न्यापितह, याङ्गुन र मान्डल्यको बीचमा सडक पनि भत्किएका कारण अझ बढी समस्या भएको छ। स्वास्थ्यकर्मीलाई टेन्टसहित अन्य धेरै मेडिकल सप्लायर्सको आवश्यकता समेत देखिएको छ।...
ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु

ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु

Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार
ढोरपाटन- नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ। दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको हो। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो। दोस्रो याममा सिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छ वटा कम्पनीले अनुमति पाएका छन्। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा सिकार खेल्न आउन थालेका छन्। यही चैत २६ देखि सिकारी ढोरपाटन आउन थालेका ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले जानकारी दिए। दोस्रो याम (फागुन–वैशाख) का लागि आगामी वैशाख १६ गतेसम्म सिकारीले ...
आईपीएलमा गुजरातले मुम्बईलाई ३६ रनले हरायो

आईपीएलमा गुजरातले मुम्बईलाई ३६ रनले हरायो

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई ३६ रनले हराएको छ। टस जितेर मुम्बईले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १९६ रन बनायो। शाही सुदर्शनले सर्वाधिक ६३ रन बनाए। जोश बटलरले २४ बलमा ३९ रन जोड्दा कप्तान शुभमन गिलले ३८ रन बनाए। शेर्फेन रदरफोर्डले १८ रनको योगदान दिए। मुम्बईका हार्दिक पाण्ड्याले दुई विकेट लिए भने ट्रेन्ट बोल्ट, दीपक चाहर, सत्यनारायण राजु र मुजिब उर रहमानले समान एक-एक विकेट लिए। १९७ रनको लक्ष्य पछ्याएको मुम्बई २० ओभरमा ६ विकेट गुमाएर १६० रनमै समेटियो। सूर्यकुमार यादवले ४८ रन बनाए भने तिलक वर्माले ३९ रन जोडे। नमन धीर र मिचेल सान्टनेरले समान १८ रन बनाए। कप्तान हार्दिक पाण्ड्याले ११ रनमा सीमित भए। गुजरातका मोहम्मद सिराज र प्रशिद्ध कृष्णले दुई-दुई विकेट लिए भने कागिसो रबाडा र शाई किशोरले ...
टीकापुरमा विद्युत् लाइन काटिएपछि ग्यास प्लान्ट अलपत्र

टीकापुरमा विद्युत् लाइन काटिएपछि ग्यास प्लान्ट अलपत्र

Breaking News 1, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको टीकापुर नगरपालिकामा पाइप लाइनमार्फत घरघरमा पुगेको बायो ग्यास प्लान्टको विद्युत् लाइन काटिँदा ग्यास प्लान्ट अलपत्र भएको छ । नगरपालिका–५ स्थित सामुदायिक पशु चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा निर्माण भएको बायो ग्यास प्लान्टको विद्युत् महसुल नतिर्दा विद्युत् लाइन काटिएको थियो । विद्युत् लाइन काटिएपछि ग्यास वितरणको काम पनि ठप्प भएको छ । आसपासका ५५ घरमा पुर्‍याइएको ग्यास बन्द भएपछि करोडौँको संरचना अलपत्र परेको छ । गोबरबाट ग्यास उत्पादन गरेर दैनिक चार घण्टा स्थानीयलाई ग्यास उपलब्ध गराउँदै आइएको थियो । गौशालामा पर्याप्त गोबर भए पनि ग्यास प्लान्ट बन्द भएको गौशाला सञ्चालन गर्दै आएको सामुदायिक पशुचौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिका अध्यक्ष लोकबहादुर बुढाक्षेत्री बताउछन् । उनका अनुसार नगरपालिकाले विद्युत्को महसुल नतिरेका कारण ग्यास प्लान्ट बन्द भएको छ । “दैनिक चार घण्टा ग्यास ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज