धनगढीमा चिकित्सक पदस्थापनमा विभेदको आरोप, मेरिट सूची बेवास्ता भएको दाबी
धनगढी – सुदूरपश्चिम प्रदेश सरकार मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक पदस्थापनामा विभेद भएको आरोप सार्वजनिक भएको छ। सिफारिस प्रक्रियादेखि पदस्थापना र काज व्यवस्थापनसम्म राजनीतिक दबाब र पहुँचका आधारमा निर्णय हुँदै आएको स्रोतको दाबी छ।
मेरिट सूचीअनुसार पदस्थापना नभएको आरोप
प्रदेश लोक सेवा आयोगबाट नवौं तह कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट पदमा एक नम्बरमा सिफारिस भएका डाक्टर मुकेश गामीले सेती रोजे पनि उनलाई महाकाली प्रादेशिक अस्पतालमा पदस्थापन गरिएको छ। स्रोतका अनुसार सेतीमा भने दोस्रो नम्बरमा सिफारिस डाक्टर पूर्ण राधा श्रेष्ठलाई खटाइएको छ।
यसैगरी, प्याथोलोजिस्ट पदमा सिफारिस भएकी डाक्टर वर्षा आचार्यलाई सेती प्रादेशिक अस्पतालमा पदस्थापन गरिएको छ। उनीलाई प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीको निर्देशक बनाइनुपर्ने भए पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सेतीमै...












