भूगोल होइन, नेताबाट ठगिएका हौं- एमाले उम्मेदवार दिपक साउँद
अछाम- दिपक साउँदले अछामवासी जनता भूगोलले नभई गलत नेतृत्वका कारण पछि परेको बताएका छन्। अछाम क्षेत्र नं-१ प्रतिनिधि सभा सदस्यका उम्मेदवार साउँदले जिल्लाको साफेबगर नगरपालिका- १२ बल्यालत मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्।
सभामा बोल्दै उनले बारम्बार निर्वाचित भएर सत्तामा पुगेका नेताहरू जनताप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाएका छन् ।
“हामी भूगोलबाट होइन, नेता तथा जनप्रतिनिधिबाट ठगिएका हौं,” उनले भने, “हाम्रो भूगोल अथाह सम्भावनाले भरिएको छ, आत्मनिर्भर बन्न सक्ने आधार छ, तर सही प्रतिनिधित्व नहुँदा नागरिक अपेक्षाअनुसार विकास हुन सकेन।
साउँदले अछाम भौगोलिक रूपमा धनी जिल्ला भएको उल्लेख गर्दै कृषि र पर्यटन क्षेत्रमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने बताए। उनले ग्रामीण चौखुट्टे-रामारोशन सडक स्तरोन्नति गर्ने, खप्तड जाने सडक निर्माण गरी छोटो दूरीमा आवागमनको व्यव...












