Advertisement

अछाम- १ मा भरत स्वाँरलाई दिपक साउँदको पहिलो बधाई, मतदाताप्रति आभार, राजनीतिक संस्कारको उदाहरण प्रस्तुत

Advertisement

अछाम – अछाम- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली काँग्रेसका भरत कुमार स्वाँरलाई नेकपा एमालेका उम्मेदवार दिपक साउँदले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
मतगणना सम्पन्न भएको लगत्तै साउँदले आफ्नो प्रतिस्पर्धी स्वाँरलाई उच्च राजनीतिक सम्मानसहित बधाई दिँदै आगामी कार्यकाल सफल होस् भन्ने कामना गरेका हुन्। उनलेे निर्वाचन सकिएसँगै प्रतिस्पर्धीलाई सम्मानपूर्वक दोसल्ला ओढाएर बधाई सहित शुभकामना दिँदै राजनीतिक  संस्कारको राम्रो उदाहरण प्रस्तुत गरेका छन् ।
साउँदले अछाम- १ का जनताले दिएको जनादेशलाई सम्मान गर्ने उल्लेख गर्दै विजयी उम्मेदवार स्वाँरले जिल्लाको विकास र जनताको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरे।
त्यस्तै उनले निर्वाचनमा आफूलाई मत दिएका तथा साथ–समर्थन गर्ने सम्पूर्ण मतदाता, शुभेच्छुक, पार्टीका नेताकार्यकर्ता र सहयोगीहरूलाई धन्यवाद पनि व्यक्त गरेका छन्।
साउँदले लोकतन्त्रमा जनताको निर्णय सर्वोपरि हुने बताउँदै आगामी दिनमा पनि जनताको सेवा र जिल्लाको विकासका लागि सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार  स्वाँर १० हजार ७५८ मत प्राप्त गर्दै विजय भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार भीमबहादुर रावलले १० हजार २३० मत प्राप्त गरेका छन्।
यस्तै नेकपा एमालेका उम्मेदवार दिपक साउँदले ७ हजार ३८६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमप्रकाश रावलले १ हजार ७४५ मत पाएका छन्।
कडा प्रतिस्पर्धाका बीच सम्पन्न निर्वाचनमा कांग्रेसका स्वाँरले रावललाई ५२८ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। उपसभापति पदका उम्मेदवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज