Advertisement

मुख्य समाचार

नेपालमा यसवर्षको मनसुन बाहिरिन केही ढिलो हुने

नेपालमा यसवर्षको मनसुन बाहिरिन केही ढिलो हुने

बार्षिक, मुख्य समाचार
नेपालबाट यसवर्षको मनसुन बाहिरिन केही ढिलो हुने भएको छ । मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख अर्थात् पर्सि १५ गते रहे पनि यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी मनसुन बाहिरिने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन निकालेर मनसुन ढिलो गरी बाहिरिने जानकारी दिएको छ । बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिम दिशातर्फ सर्ने सम्भावना रहेकाले अबकाे तीन/चार दिनसम्म देशका धेरै ठाउँमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । कतैकतै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् । कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना पनि छ । अहिले कोशी, मधेस र बाग्मती प्रदेशमा सामान्य बदली छ । साथै कोशी प्रदेशको एक/दुई ठाउँमा हल्का वर...
आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ

आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ

बझाङ, मुख्य समाचार
सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनुका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले  जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता ...
आज १७औं रेबिज विरुद्धको दिवस मनाईदै

आज १७औं रेबिज विरुद्धको दिवस मनाईदै

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ - आज सेप्टेम्वर २८ तारिकका विश्वभरि १७ औं रेबिज विरुद्धको दिवस मनाईदैछ । आजको दिन विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेबिजका बारेमा, यसको रोकथाम अनि यस विरुद्ध सुरक्षाका कुराहरु विश्वभर सम्प्रेषण गरेर यो दिवस मनाईदै आएको छ । ‘रेविज नियन्त्रण ः एक स्वास्थ्य एक गन्तव्य’ भन्ने मुल नाराका साथ यस बर्ष रेविज दिवस मनाइँदै छ । रेबिज मानव सभ्यतासगै धेरै अगाडिदेखि देखिएको रोग हो । रेबिज लागेका अर्थात रेबिज जनावरहरुको र्यालबाट सर्ने यो रोगले मानव इतिहासलाई र चिकित्साविज्ञानलाई राम्रो चुनौती दिएको हो । अहिले आएर आधूनिक चिकित्सा पद्धती अनि भ्याक्सिन अर्थात प्रतिरोधात्मक खोपहरु प्रयोग गरेर तथा यस्तो जनावरले टोकिसकेछी पनि औषधीको मात्रा पुरागरेर, सुइलगाएर रेबिजलाई समयमै निको पार्न सकिन्छ तर ढिला भएमा र भाइरसले अधिक प्रभाव पारिसकेमा भने रेबिज अझै पनि असावधानीले निम्तिने प्राणघातक रोग नै ...
तरकारी बिक्री गरेर जम्मा गरेको खुत्रुके कृषि ज्ञानकेन्द्रमा फुटाईयाे

तरकारी बिक्री गरेर जम्मा गरेको खुत्रुके कृषि ज्ञानकेन्द्रमा फुटाईयाे

बझाङ, ब्यापार, मुख्य समाचार
बझाङ : बझाङ जिल्लाकाे कृषि ज्ञानकेन्द्रमा तरकारी बिक्री गरेर जम्मा गरेको खुत्रुके फुटाएकाे छ । जिल्लाकाे दुर्गाथली गाउँपालीका वडा नम्बर ५ सैन गाउँकी मायादेवी जप्रेलले आफुले तरकारी बेचेर खुत्रुकेमा जम्मा गरेको पैशा ज्ञान केन्द्रकाे कार्यालयमा फुटाईएकाे हाे । यहीँ जेठ देखि विभिन्न ठाउँमा तरकारी बेच्दै घर गएर खुत्रुकेमा जम्मा गर्ने गरेकाे जप्रेलले बताए । जेठ असाढ साउन भदाै ४ महिनामा उनले आफ्नाे गरेको मेहनत सबैलाई देखाउन जिल्ला ज्ञानकेन्द्रमा ल्याएर हाकिम टेक बहादुर बिष्टकाे अगाडि फुटाएकाे उनको भनाइ छ । घरमै खुत्रुके फुटाउदा आफैलाई मात्र थाहा हुने भएकोले सबैलाई तरकारीमा आक्रषण गर्न र तरकारी ब्यावसायले अरुलाई पनि थप उर्जा थप्न सहयाेग पुग्ने कृषि ज्ञानकेन्द्रका प्रमुख बिष्टले बताए । कार्यालय प्रमुख बिष्टले भने एक जना बझाङ कि महिलाले तरकारी बाट यति राम्रो आम्दानी गरेको देख्न पाउँ...
बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरीको ज्यान गयो,आफन्तद्वारा दशरथचन्द राजमार्ग अवरुद्ध

बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरीको ज्यान गयो,आफन्तद्वारा दशरथचन्द राजमार्ग अवरुद्ध

बैतडी, मुख्य समाचार, सुदूरपश्चिम
बैतडी – गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको ज्यान गएको छ । ज्यान जानेमा पाटन नगरपालिका–८ हरिचन घर भइ सशस्त्र प्रहरी बाजुराको आश्रित गुल्ममा कार्यरत हवल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन् । बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्गअन्तर्गत हरिचन मोडमा गाडीले बिहान ठक्कर दिएको र उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । बाजुराबाट बझाङ जाने गाडीमा घर आएका महरा खोड्पे बजारमा झरेका र खोड्पेबाट हिँडेर घर आइरहेका बेला उनलाई गाडीले ठक्कर दिएको बताइएको छ । महरालाई ठक्कर दिने गाडीको पहिचान हुनसकेको छैन । यसैबीच महरालाई ठक्कर दिने गाडीको पहिचान गर्न माग गर्दै मृतकका आफन्तले दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्ग अवरुद्ध हुँदा अहिले तराईबाट बैतडी तथा दार्चुलाका लागि छुटेका गाडीहरु बीचबा...
बझाङको खौला बजारमा आगलागी,पाँच पसल जलेर नष्ट

बझाङको खौला बजारमा आगलागी,पाँच पसल जलेर नष्ट

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङको तल्कोट गाउँपालिका – ५ खौला बजारमा आगलागि हुँदा २ घरमा रहेका पाँच पसलमा क्षेती भएका छ । उत्तम चँदाराको मोबाइल ग्यालरीबाट ग्याँस पड्केर लागेको आगलागिबाट ५ ओटा पसलको अरबौको नोक्सानी भएको हो । तल्कोट गाउँपालिका अध्यक्ष कलक रोकायाका अनुसार दिउँसो करिब २ः३० बाट सुरु भएको आगलागी ३;४५ सम्म नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ ।आगलागीबाट २ वटा पक्की घरमा व्यवसाय गरिरहेका पाँच जना व्यवसायीका पसलहरु सामान सहित जलेका छन् । आगलागीबाट पदम भण्डारीको पसल, एक सुनचाँदी पसल, एक हातेहोजीयारी, मिनबहादुर भोटेको पसल र अञ्जली सिंहको पक्की घरसहित पसल नस्ट भएको तल्कोट गाउँपालिका अध्यक्ष रोकायाले बताउनुभयो । उहाँका अनुसार अझैं क्षतिको यकिन विवरण आउन बाँकी छ । आगो नियन्त्रण गर्न स्थानीय र प्रहरी प्रयासरत रहेका छन् ।...
छबिसपाथिभेरा -७ घट्टेका हत्या आरोपी मण्डेल तीन दिनपछि पक्राउ

छबिसपाथिभेरा -७ घट्टेका हत्या आरोपी मण्डेल तीन दिनपछि पक्राउ

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : छबिसपाथिभेरा ७ घट्टेका हत्या आरोपी आज तीन दिनपछि पक्राउ परेका छन् । आफ्नै गाउँले दाई जैलु मण्डेलको हत्या गरि फरार भएका बिजुली मण्डेल घट्टे गाउँमाथिको एक घरबाट स्थानीयले घेरा हाली आज बिहान करिब ६:३० बजे पक्राउ गरेका हुन् । स्थानीय लक्षिमन मण्डेलको घरमा आएका बेला स्थानीयले उनलाई समातेको र बिसौनाबाट प्रहरी टोली गएको बताइएको छ । शुक्रबार साँझ ७: ३० बजे हत्या गरि फरार भएका आरोपित खोज्न प्रहरी र स्थानीय सोही दिनदेखि खोजीमा थिए । आज बिहान छोरालाई फोन गरेका आधारमा स्थानीयले बिजुलीलाई पछ्याएका थिए ।...
बझाङमा एक जनाको खुकुरी प्रहारबाट हत्या,आरोपित फरार

बझाङमा एक जनाको खुकुरी प्रहारबाट हत्या,आरोपित फरार

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा एक जनाको खुकुरी प्रहार गरि हत्या भएको छ । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ घट्टेका करिब ६० वर्षिय जैरु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षिय बिजुली मण्डेलले खुकुरी प्रहार गरि हत्या गरेको आरोप लागेको छ । शुक्रबार (आज) साँझ ७: ३० बजे हत्या गरि आरोपित फरार भएको स्थानीय मिन बहादुर मण्डेल बताउनुभयो । उहाँका अनुसार सामान्य बोलचाल हुँदा आरोपित बिजुलीले जैरुको घर आँगनमै गएर खुकुरी प्रहार गरि हत्या गरेका हुन् । प्रहरीका अनुसार हत्यारा आरोपित बिजुलीको लोकेसन ट्र्याक गरेर खोजी भइरहेको र केहीबेर पक्राउ पर्ने सम्भावना रहेको छ । ...
बाढीपहिरोले अवरुद्ध गण्डकीगाड लघु जलविद्युत दुई महिना पछि सुचारु

बाढीपहिरोले अवरुद्ध गण्डकीगाड लघु जलविद्युत दुई महिना पछि सुचारु

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
सुरेन्द्र खत्री / बझाङ बाढीपहिरोका कारण अवरुद्ध भएको गण्डकीगाड लघु जलविद्युत आयोजना पुनः सुचारु भएको छ । जिल्लाको केदारस्यु गाउँपालिका वडा नं ८ गण्डकीमा रहेको गण्डकी गाड लघु जलविद्युत आयोजना गत साउनमा आएको अविरल वर्षासँगै बाढीपहिरोका कारण अवरुद्ध भएको थियोे । जलविद्युत अवरुद्ध भएको करिब दुई महिनापछि आजबाट पुनः सुचारू भएको स्थानीयले बताए । मेकानिकल विश्वासका अनुसार पावरहाउसमा रहेको मेसिन भित्र पानी पसेपछि मेसिन खराब भएको थियो । उनले भने "जेनेटरमा भएकाे सामान र ईयलसि बाेर्ड भित्रकाे सबै सामान फेरिएपछि विद्युत सञ्चालन गरेका छौ ।" गाउँमा बत्ती नभएर जनतालाई सास्ती भएपछि १३ दिनसम्म अथक प्रयास गरेर वडामा मेसिन बिग्रिएर अवरुद्ध भएको बत्ती जलाउन सफल भएको केदारस्यु गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष सुरेस जेठाराले बताउनुभयो । उहाँले बुटवलमा एक जना ईलेक्ट्रोनिक ईन्जिनियरसंग सल्लाह लिइ...
एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक,६७ प्रतिशतको ग्रेड वृद्धि

एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक,६७ प्रतिशतको ग्रेड वृद्धि

बझाङ, मुख्य समाचार, शिक्षा, सुदूरपश्चिम
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) को नतिजा सार्वजनिक गरेको छ । गत साउन २६ र २७ गते सञ्चालन भएको २०७९ सालको पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नतिजा अनुसार ६६.९७ प्रतिशत विद्यार्थीले ग्रेड वृद्धि गरेका छन् । परीक्षामा १ लाख १३ हजार ३१३ विद्यार्थी सहभागी थिए । जसमा एक जना विद्यार्थीको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ । ग्रेड वृद्धि परीक्षा दिएका ३७ हजार ४१६ जना विद्यार्थीले ग्रेड वृद्धि गर्न नसकेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  आफ्नो नतिजामाथि चित्त नबुझेको खण्डमा पुनर्योगका लागि १५ दिनको समय दिइएको छ । असोज १९ गतेभित्रमा ग्रेडबृद्धि परीक्षाको परीक्षाफलमा कुनै विषयको ग्रेडमा चित्त नबुझी पुनर्योग गर्न चाहेको खण्डमा ५०० रुपैयाँ तिरेर निवेदन दिन सकिनेछ ।  प्रकाशित नतिजामा कुनै प्राविधिक वा अन्य ...
बझाङका ग्रामीण सडकको  दुरावस्थाले दुर्घटनाको जोखिम बढ्दै

बझाङका ग्रामीण सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढ्दै

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङका अधिकांश सडकको अवस्था दयनीय बन्दै गएको छ । जिल्लाको ग्रामिण भेगका मात्रै नभएर सदरमुकाम चैनपुर जोड्ने मुख्य सडकखण्डमा समेत खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढेको स्थानीयहरुले बताएका छन् । प्रमुख सरकारी अड्डा रहेको सदरमुकाम क्षेत्रकै सडकले विकासलाई गिज्याइरहेको छ । जयपृथ्वी राजमार्गमै खाल्डाखुल्डी भएपनि त्यसको मर्मतका लागि कसैको ध्यान जान नसकेको स्थानीय राम प्रसाद जोशीले बताए । जिल्लाको मुख्य बजार क्षेत्रको सडक सुधारमा नगरपालिका तथा अन्य सरोकारवाला निकायहरुले ध्यान नदिँदा समस्या भएको स्थानीयहरुको भनाइ रहेको छ । जिल्लाका कच्चि र पक्कि सबै सडकका ठाउँठाउँमा खाल्डाखुल्डी भएपनि मर्मतमा कसैको ध्यान जान सकेको छैन् । सडकमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढ्दै गएको चालकहरुले बताएका छन् । साँघुरो सडकमा खाल्डाखुल्डी हुँदा सवारी साधन सञ्चालनमै समस्या भएको जिप चाल...
शिक्षकको आन्दोलनका कारण बझाङका सामुदायिक विद्यालयहरुमा पठनपाठन ठप्प

शिक्षकको आन्दोलनका कारण बझाङका सामुदायिक विद्यालयहरुमा पठनपाठन ठप्प

बझाङ, मुख्य समाचार, शिक्षा, सुदूरपश्चिम
बझाङ : शिक्षकहरुको आन्दोलनका कारण बझाङका सामुदायिक विद्यालयहरुमा पठनपाठन कार्य ठप्प भएको छ । नेपाल शिक्षक महासंघले देशव्यापी आन्दोलनको घोषणा गरेकाले आफूहरु पनि आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघ बझाङका सचिव कविराज जाशीले बताउनुभयो । शिक्षकहरुको आन्दोलनका कारण जिल्लामा ४४८ ओटा सामुदायिक विद्यालयहरुको पठनपाठन ठप्प भएको छ । सदनमा दर्ता भएको नयाँ शिक्षा विधेयकको विरोधमा शिक्षकहरु आन्दोलित भएपछि विद्यालय अनिश्चितकालका लागि बन्द रहेका खप्तड मावि कालुखेतीका शिक्षक गोरख रोकायाले बताउनुभयो । महासंघको देशव्यापी कार्यक्रम अनुसार बझाङका विद्यालय पनि बन्द रहेका उहाँको भनाई छ । विद्यालय बन्द भएपछि बझाङका कक्षा १ देखि १२ सम्मका ७८ हजार ९६३ बालबालिका पठनपाठनबाट वञ्चित भएका छन् । नयाँ विधेयकले शिक्षा क्षेत्र तहसनहस पार्ने शिक्षकहरुको आरोप छ । शिक्षा क्षेत्रकै हित विपरीत विधेयक आएकाले आफूहर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज