Advertisement

इजरायलमा मारिएका नेपालीको सम्मानमा आज राष्ट्रिय शोक 

Advertisement

इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘दिवंगत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।’

उनका अनुसार परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतकहरुको शव यथाशीघ्र ल्याउने तयारी छ । मृतकका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि भएको छ । यो रकम अर्थ मन्त्रालयले गृहसँग समन्वय गरेर उपलब्ध गराउनेछ ।

इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँग समन्वय र सहयोगमा बेपत्ता नेपालीको खोजीमा तीव्रता दिने र घाइतेहरुको उपचारका लागि समन्वय गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङ भीरबाट लड्दा एक किशोरीको मृत्यु

बझाङ भीरबाट लड्दा एक किशोरीको मृत्यु

बझाङ- बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्युु भएको छ ।जिल्लाको बुंगल नगरपालिका-२ मलेराकी १७ वर्षीया डम्मरा धामी भीरबाट लडेर मृत्यु ...
बझाङमा आज साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म सवारी आवागमन बन्द

बझाङमा आज साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म सवारी आवागमन बन्द

बझाङ- बझाङमा रातिकाे समयमा सवारी साधन आवागमन बन्द  गरिएकाे छ । अविरल वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशास...
कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र

कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र

धनगढी- कञ्चनपुरमा च्याउ टिप्न भन्दै जंगल गएका १४ जना महिला सम्पर्कविहीन भएका छन्। भीमदत्त नगरपालिका–१९ बागफाँटास्थित दशरथ टोलका त...
डोटीका प्रथम पत्रकार तथा वरिष्ठ साहित्यकार धनबहादुर मल्लको निधन

डोटीका प्रथम पत्रकार तथा वरिष्ठ साहित्यकार धनबहादुर मल्लको निधन

डोटी- डोटीका प्रथम पत्रकार, वरिष्ठ साहित्यकार, मूर्तिकार तथा पूर्व शिक्षक धनबहादुर मल्लको निधन भएको छ। दिपायल सिलगढी नगरपालिका-६, ...
बझाङको चैनपुरबाट जुवा खेल्दै गरेका ९ जना पक्राउ, ५३ हजार ९९० रुपैयाँ नगद बरामद

बझाङको चैनपुरबाट जुवा खेल्दै गरेका ९ जना पक्राउ, ५३ हजार ९९० रुपैयाँ नगद बरामद

बझाङ- बझाङको जयपृथ्वी नगरपालिका-१० चैनपुरस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रह...
धादिङमा राति सवारी सञ्चालनमा रोक, बाढी–पहिरोको जोखिमपछि प्रशासनको निर्णय

धादिङमा राति सवारी सञ्चालनमा रोक, बाढी–पहिरोको जोखिमपछि प्रशासनको निर्णय

काठमाडौँ- बाढी, पहिरो तथा सडक अवरोधको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले आइतबार राति अत्यावश्यक बाहेकका स...
गौरीफन्टा सीमानाकामा रुख ढल्यो, बझाङका अटोरिक्सा चालक गम्भीर घाइते

गौरीफन्टा सीमानाकामा रुख ढल्यो, बझाङका अटोरिक्सा चालक गम्भीर घाइते

धनगढी- नेपाली-भारतीय सीमानाका गौरीफन्टामा रुख ढल्दा एक नेपाली अटोरिक्सा चालक गम्भीर घाइते भएका छन्। आइतबार बिहान गौरीफन्टास्थित क्...
दार्चुलामा अति भारी वर्षाको चेतावनी, प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

दार्चुलामा अति भारी वर्षाको चेतावनी, प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

दार्चुला- जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन २ र ३ गते सम्भावित अति भारी वर्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज