Advertisement

मुख्य समाचार

आज तिहारको दोस्रो दिन लक्ष्मीपूजा, कुकुर तिहार पनि आजै

आज तिहारको दोस्रो दिन लक्ष्मीपूजा, कुकुर तिहार पनि आजै

मुख्य समाचार, समाचार
यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर बेलुका लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्‍याङलगायत ठाउँमा सरसफाइ गरी दीपावली गरिन्छ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज बेलुका आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झि...
के हो काग तिहार ? किन मनाईन्छ यो ?

के हो काग तिहार ? किन मनाईन्छ यो ?

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
यमपञ्चक समेत भनिने तिहारको पाँच दिनमा क्रमैसँग काग, कुकुर, गाई, गोरु र आफना दाजुभाईको पूजा गरिन्छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म गरि पाँच दिन मनाइन्छ । यसको सुरुवात कात्तिक कृष्ण त्रयोदशीको दिन मनाइने काग तिहारबाट हुन्छ । काग तिहारको धार्मिक महत्व हिन्दू धर्मावलम्बीहरुको अर्को महान पर्व बडादशैं सकिएको लगभग दुई सातापछि नै आउने तिहारको पहिलो दिनमा यमराजको दूत कागको पूजा गरिन्छ । काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ । हाम्रो नेपाली समाजमा कागलाई सन्देश वाहक प्राणीको रुपमा लिइन्छ । अझै पनि गाँउघरमा आफ्नो घर अगाडि आएर काग करायो भने केही सन्देश ल्याएको वा घरमा पाहुना आउने जानकारीको दिएको मानिन्छ । कागले विशेषगरी अशुभ सन्देश छिटो ल्याउने जनविश्वास रहेको छ । त्यसैले अझ...
सुदूरपश्चिममा ११ वर्षको अवधिमा विपदबाट ७८ करोडको आर्थिक नोक्सानी

सुदूरपश्चिममा ११ वर्षको अवधिमा विपदबाट ७८ करोडको आर्थिक नोक्सानी

मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपदबाट ११ वर्षको अवधिमा ७८ करोडको आर्थिक नोक्सानी भएको तथ्यांक सार्वजनिक भएको छ। जिल्लागत हिसाबले सबैभन्दा बढी नोक्सानी कैलालीमा करिब ३१ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको हो। प्रदेशभित्र सबैभन्दा बढी नोक्सानी सन २०२१ मा भएको थियो। सन ९१७१ देखि २०१९ सम्म मात्र पहिरोबाट पाँच सय १०, बाढीबाट तीन सय १८, भूकम्पबाट एक सय १७, आगोबाट एक सय ६५ र चट्याङ्बाट एक सय २४ जनाको मृत्यु भइसकेको छ। कैलालीको धनगढीमा भएको सुदूरपश्चिममा विपद जोखिम न्युनिकरण र व्यवस्थापन सम्वन्धि कार्यशाला गोष्ठीमा पुर्वशिक्षा मन्त्री एवं विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् विपद विज्ञ सदस्य डाक्टर गंगालाल तुलाधारले यस्तो तथ्यांक सार्वजनिक गरेका हुन्। उनले सुदूरपश्चिममा पहिरो, भूकम्प, बाढी, आगलागी, शितलहर, चट्याङ्ग, सडक दुर्घटना, महामारी, जनावर आतंक लगायत विपदबा...
तलकाेट गाउँपालिका उपाध्यक्षले बाडिन अनाथ असहाय बालबालिकालाई लुगा कपडा

तलकाेट गाउँपालिका उपाध्यक्षले बाडिन अनाथ असहाय बालबालिकालाई लुगा कपडा

अन्तर्राष्ट्रिय, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाकाे तलकाेट गाउँपालीका उपाध्यक्षले अनाथ असहाय टुहुरा बालबालिकालाई कपडा वितरण गर्नु भएको छ । जिल्लाकाे तलकाेट गाउँपालीका उपाध्यक्ष पार्वती कुवर भण्डारीले आफू निर्वाचित भए पछि आफुले पाउने सेवा सुविधा बाट गाउँपालीकामा रहेका असहाय बालबालिकालाई लुगा कपडा बितरण गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको थियाे । भण्डारीले अहिले दशैकाे बिचमा र तिहारकाे नजिक आफ्नाे गाउँपालीकाकाे वडा नम्बर १ देखि ७ सम्म रहेका असहाय बालबालिकालाई कपडा वितरण गर्ने कार्यक्रम मार्फत हिजाे आज गरि वडा नम्बर ४/५/६/७ मा रहेका टुहुरा असहाय सहारावपहिन बालबालिकालाई लगाउँने लुगा कपडा बितरण गर्नु भएको हाे । उपाध्यक्ष भण्डारीले आफ्नो पारिसर्मिक बाट गाउँपालीकाका ९० जनालाइ जकेट पैन्ट भेष्ट जुत्ता वितरण गर्नु भएको वडा नम्बर ७ का अध्यक्ष लक्षमणले बताउनु भयाे । त्यसै गरि वडा नम्बर ६ मा पनि बितरण ...
बझाङमा भीरबाट लडेर एक युवतीको मृत्यु

बझाङमा भीरबाट लडेर एक युवतीको मृत्यु

बझाङ, मुख्य समाचार
बझाङ : बझाङमा भीरबाट लडेर एक जना युवतीको मृत्यु भएको छ । बित्थडचिर गाउँपालिका वडा नम्बर ६ का पार्वती स्याँडाको आज दिउँसो खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । उनको आज दिउँसो करिब २ बजेतिर घर नजिकैको काचडा भन्ने भीरमा खर काट्ने क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनका एक छोरा छन् ।  योसँगै गत श्रावणदेखि कात्तिक दोस्रो सातासम्म बझाङमा रुख र भिरबाट लडेर चार पुरुष र तीन महिला गरि ७ जनाको मृत्यु भइसकेको छ ।...
बझाङका एक बालक तीन दिनदेखि भारतमा बेपत्ता

बझाङका एक बालक तीन दिनदेखि भारतमा बेपत्ता

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङको थलारा गाउँपालिका–९ कुलाकाट्नेका १४ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वडा नम्बर ९ कुलाकाट्नेका लाल बहादुर थापाका १४ वर्षीय छोरा प्रकाश थापा रहेका छन् । बेपत्ता बालक प्रकाशका बुवा लाल बहादुर थापाका अनुसार प्रकाश भारतको देहरादुनको स्थानीय श्री गुरुराम राइइन्टरकलेज नेहरुग्राममा कक्षा ६ मा अध्ययनरत थिए । उनले भने, ‘प्रकाश स्कुलले आयोजना गरेको भ्रमण कार्यक्रममा जानको लागि जिद्दी गरिरहेको थियो । मैले नजानु भनेर डियुटीमा गए कोठामा फर्कंनासाथ कोठामा थिएन् ।’ उनी स्कुलकै पोशाकमा आफ्ना अरु कपडा बोकेर घरबाट निस्किएका थिए । उनले भारतको प्रहरी थाना रायपुर देहरादुनमा छोरा बेपत्ता भएको जाहेरी समेत दिएको बताए । विध्यालयमा खबर गर्दा तिम्रा अभिभावकले कार्यक्रममा सहभागि नगर्नु भनेको छ भनेर घर पठाइ सकेको बताएको छ । स्थानीयको सहयोगमा प्रकाशको खोजी भइरहेको भए पनि हा...
महिना दिनदेखि त्रिपालमै बझाङका भूकम्पपीडित, सरकारले बाचा बिर्सिएको गुनासो

महिना दिनदेखि त्रिपालमै बझाङका भूकम्पपीडित, सरकारले बाचा बिर्सिएको गुनासो

बझाङ, मुख्य समाचार
बझाङ — थलारा गाउँपालिका–३ कुचगाउँकी ७० वर्षीया हंसा नेपाली बुहारी र दुई नातीसहित एक महिनादेखि पालमा बसिरहेकी छन् । पालमा बस्दा राति शित चुहिन्छ । दमकी रोगी उनको बिमार दम दिनदिनै बढिरहेको छ । ‘चिसोले रातभरी सुत्न सकिदैन । खोकेरै रात बिताइरहेकी छु । बुहारी र नाती पनि ढाड कम्मर दुख्यो भनेर सुत्न सक्दैनन्,’ उनले भनिन्, ‘मलाई त दिनदिनै गाह्रो हुन थाल्या छ । कुन दिन पुक्लुकै ढल्छु थाहा छैन ।’ भूकम्प गएको चौथो दिन ठूलो तामझामसहित बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि तत्काल राहत उपलब्ध गराउने घोषणा सुनेकी उनी महिना दिनसम्म पनि राहत नपाउँदा निरास छन् । ‘प्रधानमन्त्री आएको हेलिकप्टर देखेकी हुा । घर भत्केकालाई टिनको टहरा बनाउन ५० हजार आउँछ भन्ने पनि सुनेकी हुँ,’ उनले भनिन्, ‘अहिलेसम्म केही आएको छैन । पैंसा हुनेले आफै टहरा हालेर बसिसके...
नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले जित्याे टी–२० विश्वकप छनाेटकाे उपाधि

नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले जित्याे टी–२० विश्वकप छनाेटकाे उपाधि

खेलकुद, मुख्य समाचार
कैलाली, १९ कात्तिक : आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटकाे फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेकाे छ । सुपर ओभरमा ओमानले दिएकाे २२ रनकाे लक्ष्य पछ्याएकाे नेपालले १० रनमात्र बनाउन सक्याे । आज आइतवार कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा नेपालले दिएकाे १ सय ८५ रनकाे लक्ष्य पछ्याएकाे ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनमात्र बनाउन सक्याे । अन्तिम ओभरमा ८ रन चाहिएकाे अवस्थामा ओमानले ७ रनमात्र बनाएपछि खेल सुपर ओभरमा पुगेकाे हाे । ओमानका काश्यप प्रजापतिले सर्वाधिक ६३ रन बनाए । यस्तै अकिब इलियासले ३३ र कप्तान जेशान मक्सूदले २६ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए । यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनायाे । नेपालका गुलसन झा...
सुदूरपश्चिम सरकारले भूकम्प पीडितलाई एक कराेड र २० जना स्वास्थ्यकर्मीकाे टाेली पठाउने

सुदूरपश्चिम सरकारले भूकम्प पीडितलाई एक कराेड र २० जना स्वास्थ्यकर्मीकाे टाेली पठाउने

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु गएकाे भूकम्प पीडितलाई एक करोड राहत उपलब्ध गराउने निर्णय गरेकाे छ ।यस्तै सरकारले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीकाे टाेली पठाउने निर्णय पनि गरेकाे हो। सामाजिक विकासमन्त्री झपटबहादुर साउदले   शनिबार बिहान बसेकाे मन्त्रीपरिषद्काे आकस्मिक बैठकले भूकम्प पीडितका लागि राहत स्वरूप एक कराेड रूपैयाँ उपलब्ध गराउने निर्णय गरेकाे जानकारी दिए । मन्त्री साउदका अनुसार स्वास्थ सामाग्रीसहित २० जना स्वास्थ्यकर्मीलाई पनि प्रभावित क्षेत्रमा पठाइने छ । प्रदेश सरकारले भूकम्पमा परेर ज्यान गुमाउनेहरूप्रती श्रद्धाञ्जली व्यक्त गरेकाे छ भने घाइतेहरूकाे सिघ्र स्वास्थ लाभकाे कामना गरेकाे छ ।...
सुदूरपश्चिमबाट स्वास्थ्य सामग्रीसहित चिकित्सक टोली भुकम्प प्रभावित क्षेत्र प्रस्थान

सुदूरपश्चिमबाट स्वास्थ्य सामग्रीसहित चिकित्सक टोली भुकम्प प्रभावित क्षेत्र प्रस्थान

मुख्य समाचार, स्वास्थ्य
धनगढी : भूकम्पीडित घाइतेहरूको उपचारका लागि सुदूरपश्चिम प्रदेशबाट स्वास्थ्यकर्मीहरूको टोली घटनास्थलतर्फ आज प्रस्थान गरेको छ ।  घाइतेको औषधि उपचारका लागि चार लाखको औषधिसहित चार जना विशेषज्ञ चिचिकित्सकसहितको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले जानकारी दीए।  उहाँले आवश्यकताअनुसार थप उपचारका लागि औषधिसहित चिकित्सकको टोली तयारी अवस्थामा राखिएको बताए । ‘चिकित्सकको अवश्यकता हुने वित्तिकै हामिले पठाउनेगरी तयारी अवस्थामा राखेका छौं’ मन्त्री साउदले भने।  जाजरकोट र रुकुमपश्चिममा शुक्रबार राति गएको भूकम्पमा परी अहिलेसम्म करिब १५७ ले ज्यान गुमाइसकेका छन् । सयौँ घाइते भएका छन् । शनिबार आकस्मिक बसेको सुदूरपश्चिम सरकारको मन्त्री परिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्रमा तत्काल सहायता पुग्नेगरी एक करोड रुपिया...
गएरातिको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५७ जना पुग्यो

गएरातिको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५७ जना पुग्यो

मुख्य समाचार
बझाङ – गएरातिको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या एक सय ५७ जना पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार जाजरकोटमा १ सय पाँच जना र रुकुम पश्चिममा ५२ जना गरी एक सय ५७ जनाको ज्यान गएको हो। भूकम्पका कारण एक सय ७० जना घाइते भएका छन् । जाजरकोटमा ८१, रुकुम पश्चिममा ७८, दैलेख, जुम्ला र प्यूठानमा तीन–तीन जना तथा बैतडीमा दुई जना घाइते भएका हुन् । घाइतेमध्ये ७ जनालाई रुकुमको चौरजहारीबाट नेपाल एअरलाइन्सको ट्विनअटर जहाजमार्फत काठमाण्डौ ल्याइएको छ । अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ । तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धार लगायतका काम भइरहेका छन् । नेपाल प्रहरीले आफ्ना आठ सय ६० जना जनशक्ति खटिएको जनाएको छ । गएरातिको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।...
सुदूरपश्चिम प्रहरीलाई गुनासो गर्न मिल्ने ‘क्युआर’ सार्वजनिक

सुदूरपश्चिम प्रहरीलाई गुनासो गर्न मिल्ने ‘क्युआर’ सार्वजनिक

मुख्य समाचार, सुदूरपश्चिम
धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरीले गुनासो गर्न मिल्ने क्युआर सार्वजनिक गरेको छ। आज (शुक्रबार) एक कार्यक्रमकाबिच गुनासो गर्न मिल्ने क्युआर सार्वजनिक गरिएको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराले बताए। क्युआर कोड मार्फत प्रहरी सेवा प्रतिको सन्तुष्टि, गुनासो तथा सुझाव सोझै जिल्ला प्रहरी प्रमुख समक्ष पुग्ने सजिलो माध्यम बनाएको उनले बताए। उजुरी पेटिकाले मात्र गुनासा व्यवस्थापन प्रभावकारी नभएकाले प्रविधिमार्फत उजुरी तथा गुनासा सुनुवाई गर्न यस्तो सेवा प्रदेश प्रहरी कार्यालले सुरु गरेको हो।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज