Advertisement

मुख्य समाचार

छात्रालाई दुर्व्यवहार गरेको आरोपमा एसपीएका प्राध्यापक पक्राउ

छात्रालाई दुर्व्यवहार गरेको आरोपमा एसपीएका प्राध्यापक पक्राउ

कैलाली, मुख्य समाचार
कैलाली - कैलालीको धनगढीमा रहेको सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए) का प्राध्यापक पक्राउ परेका छन्। एसपीएका ३३ वर्षीय प्राध्यापक डिल्लीराज भण्डारी शनिवार पक्राउ परेका हुन्। होटेल व्यवस्थापन तर्फका संयोजक रहेका भण्डारीले शैक्षिक भ्रमणबाट फर्किदा छात्रामाथि दुर्व्यवहार गरेको भन्दै उजुरी परेको हो । एकेडेमीमा सो विषयलाई लिएर विद्यार्थी र प्राध्यापकहरूका बिचमा विवाद भएपछि प्रहरीले भण्डारीलाई नियन्त्रणमा लिएको कैलाली प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले मनकामनाका लागि शैक्षिक भ्रमणमा गएर फर्केने क्रममा बसभित्र भण्डारीले छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो। आइतवार सो सम्बन्धमा छलफल गरिने प्रहरीले जनाएको छ।...
नेपालले क्यानडालाई ७ रनले हरायो

नेपालले क्यानडालाई ७ रनले हरायो

खेलकुद, मुख्य समाचार
क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७ रनले विजयी भएको छ नेपालले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडा १३ बलअघि २ सय १७ रन बनाउँदा अल आउट भयो । १ सय ७४ रन बनाउँदा ४ विकेट गुमाएको क्यानडाले त्यसपछि ४३ रन जोड्दा ६ विकेट गुमायो । क्यानडाका निकोलस किर्तोनले ६८ र प्रगत सिंहले ५० रन बनाए । नेपालका कप्तान रोहित पौडेलले ४ विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २ सय २४ रन बनायो । नेपालका कुशल भुर्तेलले अर्धशतक बनाए । भुर्तेल ५८ बलमा ६२ रन बनाएर आउट भए । यस्तै आरिफ शेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २० रन बनाए । क्यानडाका उदय भगवानले ३ विकेट लिए । नेपाल र क्यानडाबीच ३ वटा खेलको शृङ्खलाको दोस्रो खेल पर्सि शनिवार र अन्तिम खेल सोमवार हुनेछ ।...
बझाङको खप्तडछान्नाकाे १४ औं गाउँसभामा – बिपतकाेष दान पेटीकाे उद्घाटन

बझाङको खप्तडछान्नाकाे १४ औं गाउँसभामा – बिपतकाेष दान पेटीकाे उद्घाटन

बझाङ, मुख्य समाचार
बझाङ : बझाङकाे खप्तडछान्ना गाउँपालिकामा आई पर्ने आपत विपत प्रयाेजनका लागि खर्च गर्न गाउँपालिकाले बिपत काेष दानपेटीकाकाे उद्घाटन गरिएकाे छ । माघ २३ गते गाउँपालिकाकाे १४ औं गाउँसभाकाे उद्घाटन समाराेहमा गाउँपालिकाका अध्यक्ष उत्तम कुमार राेकायाले दान पेटीकाकाे शुभारम्भ गरिएकाे हाे । खप्तडछान्ना गाउँपालिकामा हालै सरूवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर नेपालीले गाउँपालिकाकाे बिपत काेषमा कुनै रकम नभएकाे जानकारी पाए पछि नयाँ कामकाे थालनी गर्न बिपत काेष दान पेटीकाकाे सुरूवात गर्नु भएकाे गाउँपालीका स्राेतले बताएको छ । गाउँसभामा शुभारम्भ गरिएकाे दानपेटीकाकाे पालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत वडाअध्यक्षहरू,गाउँसभा सदस्य,कर्मचारीहरूले आफ्नाे गक्षअनुसारले दान पेटीकामा नगद रूपैया दान गरेका थिए ।गाउँपालिकाकाे सभाहलमा राखिने दानपेटीकामा अवकाे प्रान्त कुनै पनि सभा...
बझाङ थलाराका राजेन्द्र एक वर्ष देखि ओछ्यानमै, आर्थिक अभावले उपचारमा समस्या

बझाङ थलाराका राजेन्द्र एक वर्ष देखि ओछ्यानमै, आर्थिक अभावले उपचारमा समस्या

बझाङ, मुख्य समाचार
हिटडुल गर्न, आफै खान सक्दैन । व्हील चियरको सहायता पर्छ । कम्मर मुनिको भाग चल्दैन । कम्मरमा घाउ परेको छ । नसा च्यापिएको छ । उपचारका लागि धेरै अस्पताल धाउदा धाउदै । भारतमा रोजगारी गरेर कमाएको र आफन्त बाट ऋण मागेको भएजतिको सबै खर्च सकियोे । अहिले पनि उपचार भइरहेको छ । अब सहयोग माग्ने ठाउँ पनि कहि कतै बाँकी छैन । आफन्त ईष्टमित्र सबै बाट सानोतिनो सहयोग मागि सके । सबैसंग हारगुहार गरी सके । आफन्तहरुले पनि सक्दो सहयोग गरी सकेका छन् । अब सहयोग माग्ने ठाउँ पनि बाँकी छैन । सम्पती विक्री गरेर छोराको उपचार गराउने हो भने उनि संग सम्पतीको नाममा पाखो जमिन बाहेक अरु केही पनि छैन । भारतमा रोजगारी गरेर छोरा छोरी श्रीमती र आमाको स्याहार गर्दै आएका उनी संगै सम्पती के नै हुन्थ्यो र ? छोराको मुख हेर्दा हेर्दै कतिबेला भक्कानिएर रुन्छन् । छोराको छटपटाहट देख्न सक्दैनन् । उनलाई डाक्टरले पनि अप्रेशन गर्न...
नेपाली काङ्ग्रेस कैलाली क्षेत्र न ४ (१) को प्रबक्ता को जिम्मेवारी बडैलालाई

नेपाली काङ्ग्रेस कैलाली क्षेत्र न ४ (१) को प्रबक्ता को जिम्मेवारी बडैलालाई

कैलाली, मुख्य समाचार, राजनीति
कैलाली :नेपाली काङ्ग्रेस कैलाली क्षेत्र न ४ (१) को प्रबक्ता को जिम्मेवारी बडैलालाईकैलाली जिल्ला क्षेत्र ४ (१) मा नेपाली काङ्ग्रेस ले प्रबक्ता मा दिपक बैडला लाई चयन गरेको छ । उहाँ बर्तमान गौरिगङ्गा नपा वार्ड ५ का वडा सदस्य पनि हुन उहाँ लामो समय देखि राजनीति मात्र नभएर सामाजिक सेवामा समर्पित ब्याक्ती हुन उन्ले दस बर्ष गाबिस को कर्म चारिको भुमिका खेल्दै गत चुनाव मा वडा बाट सदस्य मा बिजय भएका ३४ बर्षिए बडैला नेपाली काङ्ग्रेस मा निकै लामो समय देखि सकृय हुन । उनी बर्तमान क्षेत्र ४ का संघीय सान्सद बिर बहादुर बलायर का नजिकै का पात्र पनि मानिन्छन । उहाको राजनीति अनि समाज प्रती को सकृयता देखेर उहालाइ प्रबक्ता मा जिम्मेवारी दिएको क्षेतृय सभापति ले बताएका छन...
गौरिगङ्गा नगरपालिकामा आज पनि सेटिङ्ग बाटै काम हुन्छ – वडा सदस्य

गौरिगङ्गा नगरपालिकामा आज पनि सेटिङ्ग बाटै काम हुन्छ – वडा सदस्य

कैलाली, मुख्य समाचार, सुदूरपश्चिम
कैलाली स्थित गौरिगंगा नगरपालिकामा अधिकांश काम सेटिङकै भरमा हुने गरेको वडा सदस्यले बताएका छन् । नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र हुने विभिन्न काम कारवाही कानुनि प्रक्रिया विपरीत भएपनी सेटिङमा सबै भईरहेको बताएका छन ।  अहिले नेपालभरका सबै स्थानीय तहमा हिउँदे अधिवेसन भईरहेको छ । आज कैलालीको गौरिगंगामा पनि हिँउदे अधिवेशन भईरहेका बेला एक वडा सदस्यले गौरिगङ्गा नगर पालिका मा आज पनि सेटिङ मै काम हुन्छ भनेर अधिवेशनमै भनेका छन । गौरिगंगा नगरपालिका वडा नम्बर ४ का वडा सदस्य बलराम सापकोटाले अधिवेशनमै "हामिले सुशासन सुशासन भन्ने तर कर्मचारी राख्दा पनि अझै उहीँ सेटिङ छ" भनेर भन्नुभएको छ । उहाँले आगामी दिनमा सेटिङलाई तोडेर निस्पक्ष भएर अघि बढ्न समेत पालिका प्रमुखलाई सुझाव दिएका छन् ।...
थलारा गाउँपालीका हाकिमले जिज्ञासा राख्न गएका एक युवकलाई पागल भनेपछि

थलारा गाउँपालीका हाकिमले जिज्ञासा राख्न गएका एक युवकलाई पागल भनेपछि

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ थलारा गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृतले स्थानीय एक युवकलाई पागल भनेकाे छ । आज थलारा गाउँपालीकामा स्थानीय गाैतम बिष्ट पिडितकाे गुनासो लिएर गाउँपालीकामा पुगेका थिए । बिष्ट गाउँपालीका पुग्दा प्रमुख प्रशासकीय अधिकृत त्यहीँ आफ्नो कुर्सीमा बसिरहेका थिए । बिष्टले हामीलाई बताए अनुसार जनसमुदायको प्रश्नको उत्तर खाेज्न जादा आफुलाई थलारा गाउँपालीकाका हाकिम सिद्धराज पण्डितले पागल त पागल भनेको पिडित बिष्टले हामीलाई बताउनु भयाे । गाउँपालीका पुगेका गाैतम बिष्टले थलारा गाउँपालीकामा केहि समय अगाडि घर भित्र झुन्डिएको अवस्थामा रहेकी एक किशोरीकाे सप अर्थात मृतकलाई गाउँपालीकाले खरिद गरेको एम्बुलेन्स सप जिल्ला अस्पताल पाेष्ट माटमकाे लागि लिन किन नदिएको अर्को जिप लिन बाध्य किन बनाएकाे ? जनताको करले किनेको एम्बुलेन्स जनताको काममा किन नदिएको ? एम्बुलेन्स भनेको विरामी, लगायत यस्तै यस्तै का...
बझाङमा विद्युतिय गाडी सञ्चालन

बझाङमा विद्युतिय गाडी सञ्चालन

बझाङ, मुख्य समाचार
बझाङ : बझाङको बित्थडचिर गाउँपालिका–८ बागथलामा चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । शुक्रबारदेखि बागथलामा पहिलो चार्जिङ स्टेशन सञ्चालनमा आएको हो। यो बझाङ जिल्लाकै पहिलो चार्जिङ स्टेशन हो। यसअघि जिल्लाका कुनै पनि स्थानमा चार्ज स्टेशन थिएनन्। पछिल्लो समय विद्युतीय कारको लोकप्रियता बढ्दै गएकाले बागथलामा एउटा पनि चार्ज स्टेशन नभएकाले सबैको यात्रालाई सहज बनाउन स्टेशन सञ्चालनमा ल्याइएको सञ्चालक सुरेन्द्र मल्लले बताए। उनका अनुसार एक चोटीमा एउटा गाडी मात्र चार्ज हुनेछ । फुल चार्ज हुन ४० देखि ५० मिनेट लाग्ने उनको भनाइ छ। सञ्चालक मल्लले चार्जिड स्टेशन खोल्न विद्युत् प्राधिकरणको सहयोगले गर्दा सम्भव भएकाले प्राधिकरणलाई विशेष धन्यवाद समेत दिए। यो चार्जिङ स्टेशन सीजी मोटर्सको आधिकारिक बिक्रेता सुदूरपश्चिमको ब्रम मोटर्स प्रालि बोराडाँडी कैलालीद्वारा सञ्चालित हो।...
बझाङ एमाले अधिवेशन पार्टी सचिवमा सिँहकाे चर्चा 

बझाङ एमाले अधिवेशन पार्टी सचिवमा सिँहकाे चर्चा 

बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
बझाङ : एमाले अधिवेशन पार्टी सचिवमा लाेकेन्द्र बहादुर सिँह एलवीकाे चर्चा चलेको छ ।  नेकपा एमालेकाे बझाङ जिल्ला अधिवेशन नजिकिँदै गर्दा एमालेका चर्चित युवा नेता लाेकेन्द्र बहादुर सिँहकाे सचिवमा उम्मेदवारी दिने भए पछि सिँहलाई जिताउन चर्चा चलेको स्राेतकाे भनाइ छ ।  नेकपा एमाले बझाङ जिल्लाको ८ औं जिल्ला अधिबेशन  आउन अब अब केही दिनमात्र बाकी छ । नजिकिदै गर्दा  नेता सिँहकाे सचिवमा उम्मेदवारी भए पछि उहाँलाई विजयी गराउनु पर्ने एमाले भित्र चर्चा चलेको एमालेका एक नेताले बताए ।  सिँह नेकपा एमालेमा निखारिएर ग्रासरुढमा खटिनेमा पर्दछन ।  विध्यार्थी जीवन दखि नै राजनीति सुरु गरेका लाेकेन्द्र अहिले सचिवमा उम्मेदवारी दिने मनस्थितिमा देखिन्छन ।   जिल्ला अधिबेशन नजिकिदै गर्दा एल बि  एउटा नेपाल कम्युनिष्ट पार्टी एमालेको एक सच्चा  इमानदारी कार्यकर्ताको ...
आज पौष शुक्ल पूर्णिमा, स्वस्थानी व्रत शुरु

आज पौष शुक्ल पूर्णिमा, स्वस्थानी व्रत शुरु

मुख्य समाचार, समाचार
आज पौष शुक्ल पूर्णिमा। नेपाली सनातन धर्मावलम्बी एक महिने श्रीस्वस्थानी व्रत शुरु गर्दैछन्। पञ्चाङ्गमा बिहीबार ३९ घडी २९ पला पूर्णिमा रहेको उल्लेख छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी परमेश्वरीको व्रत लिने परम्परा छ। विधिपूर्वक व्रत बस्नेले दिनहुँ स्नान गरी मध्याह्नमा महादेव र स्वस्थानी परमेश्वरीको पूजा आराधना गर्छन् र उनको माहत्म्य सुन्छन्।  व्रतको अन्तिम दिन माघशुक्ल पूर्णिमामा विशेष पूजा आराधना गरी अक्षता, फलफूल नैवेद्य, जनै, पान र सुपारीलगायत १०८ को संख्यामा चढाउने परम्परा छ। यसरी विधिपूर्वक व्रत गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। यो अवधिमा पाशुपत क्षेत्रस्थित गुह्येश्वरी, गौरीघाट र किरातेश्वर महादेवका मन्दिर व्रतालुको गन्तव्य बन्छ। यस्तै गोकर्ण र साँखुस्थित शालीनदीलगायत स्थानमा पनि व्रतालुको घुइँचो लाग्छ। यी तीर्थस्थलको महिमा स्वस्थानी व्रत...
बझाङमा जिपको ठक्करबाट महिलाको मृत्यु

बझाङमा जिपको ठक्करबाट महिलाको मृत्यु

बझाङ, मुख्य समाचार
बझाङ : बझाङमा जिपको ठक्करबाट महिलाको मृत्यु भएको छ । बुधबार विहान ९ बजे जिपको ठक्करबाट घाईते केदारस्युँ गाउँपालिका ४ बागथलाकि ६४ बर्षिया महेश्वरी देवी मल्लको मृत्यु भएको हो । बागथला तल्ला बजारमा घर अगाडीको धारामा पानी लिन जाने बेलामा बागथला बाट चैनपुर तर्फ आईरहेको सुदुरपश्चिम प्रदेश ०१ ००१ ज १३१६ नम्बरको जिपले ठक्कर दिएको थियो ।  जिपले ठक्कर दिदा मल्लको टाँउको र छातिमा चोट लागेको थियो । घाईते मल्लको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा सामान्य उपचार पश्चात थप उपचारको लागि धनगढी लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । जिप चालक वित्थडचिर गाउँपालिका ६ का २४ बर्षिया विशाल सिंह स्याडालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ...
बझाङ उद्योग बाणिज्य संघद्वारा  आगलागी पिडितका लागि आर्थिक सहयोग संकलन

बझाङ उद्योग बाणिज्य संघद्वारा आगलागी पिडितका लागि आर्थिक सहयोग संकलन

बझाङ, मुख्य समाचार
बझाङ : बझाङ सदरमुकाम चैनपुरमा आगलागी पिडितका लागि आर्थिक सहयोग संकलन गरिएको छ । चैनपुरको लोकतान्त्रीक चोकमा विगत ४० वर्षदेखि व्यापार गर्दै आएका भारतको धार्चुलाका बिरेन्द्र सिंहको घर पसल जलेर नष्ट भएपछि आर्थिक सहयोग संकलन गरिएको हो । उद्योग बाणिज्य संघ बझाङले आज पिडित बिरेन्द्र सिंहको लागि चैनपुर बजारमा आर्थिक सहयोग संकलन गरेको हो । उधोग बाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीको अध्यक्षतामा सुरु गरिएको आर्थिक सहयोग संकलन अभियानमा उधोग बाणिज्य संघका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो । आज चैनपुर बजार क्षेत्रबाट १ लाख ५८ हजार रकम संकलन गरिएको अध्यक्ष सुर्मेलीले बताउनुभयो । यहिँ माघ १ गते जंग बहादुर स्टोर पसलमा आगलागी भएको थियो आगलागीबाट करिब ६० लाख बराबरको क्षति समेत भएको थियो ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज