बझाङ : बझाङ थलारा गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृतले स्थानीय एक युवकलाई पागल भनेकाे छ ।
आज थलारा गाउँपालीकामा स्थानीय गाैतम बिष्ट पिडितकाे गुनासो लिएर गाउँपालीकामा पुगेका थिए । बिष्ट गाउँपालीका पुग्दा प्रमुख प्रशासकीय अधिकृत त्यहीँ आफ्नो कुर्सीमा बसिरहेका थिए । बिष्टले हामीलाई बताए अनुसार जनसमुदायको प्रश्नको उत्तर खाेज्न जादा आफुलाई थलारा गाउँपालीकाका हाकिम सिद्धराज पण्डितले पागल त पागल भनेको पिडित बिष्टले हामीलाई बताउनु भयाे ।

गाउँपालीका पुगेका गाैतम बिष्टले थलारा गाउँपालीकामा केहि समय अगाडि घर भित्र झुन्डिएको अवस्थामा रहेकी एक किशोरीकाे सप अर्थात मृतकलाई गाउँपालीकाले खरिद गरेको एम्बुलेन्स सप जिल्ला अस्पताल पाेष्ट माटमकाे लागि लिन किन नदिएको अर्को जिप लिन बाध्य किन बनाएकाे ? जनताको करले किनेको एम्बुलेन्स जनताको काममा किन नदिएको ? एम्बुलेन्स भनेको विरामी, लगायत यस्तै यस्तै कामका लागि हैन र भन्ने प्रश्न राख्दा प्रमुख प्रशासकीय अधिकृत पण्डितले त पागल नबाेल म तलाई केही भन्दिन भनेर बाहिरी गएको बिष्टले बताए । उनले भने केही समय पछि सार्वजनिक जिपकाे भाडा गाउँपालीकाले दिने पनि बताउनु भयाे । “यस्तो बेला जनताको करले किनेको जनताको सेवाका लागि किनेको एम्बुलेन्स जनताको कामका लागि नभए के का लागि हाे?” बिष्टले भने २५/२५ हजार तिरेर प्राईभेट अर्थात ब्याकिगत जिप भाडा लिनु भन्दा सरकारकाे एम्बुलेन्स काममा लगायाे भने,केही पैशा बच्ने थियाे कि ? सरकारको पैशा दुरुपयोग हुन बाट बच्ने थियाे कि याे जायज प्रश्न हाे ?
बिष्टले भने मलाई पागल भनेको छ । हाकिम शिद्बराज पण्डित एक सार्वजनिक पदधारण गरेको मान्छे हुन । उनी जिम्मेवारी मान्छे भएर किन यस्तो कुरा बाेलकाे , किन मलाई मलाई पागल भनेकोमा म चुप बस्ने बाला छैन । मलाई पागलकाे कागज हाकिमले दिनु पर्छ । यसको प्रमाण गर्नु पर्छ भन्दै स्थानीय गाैतम बिष्टले हामीलाई बताए । यता थालारा गाउँपालीका हाकिमलाई हामीले साेधपुछ गर्दा आफुले पागल भनेको सुईकारेका छन । आवेशमा आएर पागल भनेको उनले बताएका हुन । फेरि थप्दै भने,मलाई तनाव दियाे र म सहन सकिन त्यसैले भनेको बताए । उनले फेरि भने,म तपाईंको प्रश्नको उत्तर दिन्न भन्दै डन भएको जस्तै कुरा गरेका छन । एक जनसमुदायलाई यसरी भन्नू नै उहाँको गलत हाे । स्थानीय गाैतम बिष्ट पिडितकाे आवाज लिएर एम्बुलेन्स बिषयमा गाउँपालीकामा पुगेका थिए ।