बझाङ : एमाले अधिवेशन पार्टी सचिवमा लाेकेन्द्र बहादुर सिँह एलवीकाे चर्चा चलेको छ ।
नेकपा एमालेकाे बझाङ जिल्ला अधिवेशन नजिकिँदै गर्दा एमालेका चर्चित युवा नेता लाेकेन्द्र बहादुर सिँहकाे सचिवमा उम्मेदवारी दिने भए पछि सिँहलाई जिताउन चर्चा चलेको स्राेतकाे भनाइ छ ।
नेकपा एमाले बझाङ जिल्लाको ८ औं जिल्ला अधिबेशन आउन अब अब केही दिनमात्र बाकी छ । नजिकिदै गर्दा नेता सिँहकाे सचिवमा उम्मेदवारी भए पछि उहाँलाई विजयी गराउनु पर्ने एमाले भित्र चर्चा चलेको एमालेका एक नेताले बताए ।
सिँह नेकपा एमालेमा निखारिएर ग्रासरुढमा खटिनेमा पर्दछन । विध्यार्थी जीवन दखि नै राजनीति सुरु गरेका लाेकेन्द्र अहिले सचिवमा उम्मेदवारी दिने मनस्थितिमा देखिन्छन ।

जिल्ला अधिबेशन नजिकिदै गर्दा एल बि एउटा नेपाल कम्युनिष्ट पार्टी एमालेको एक सच्चा इमानदारी कार्यकर्ताको हैसियतले यो पटक को अधिबेशनमा बझाङ जिल्ला कमिटी सचीव पदमा उम्मेदवारी दर्ता गर्ने भएका छन ।
“आशा छ,आम पार्टीका विभिन्न भुगोल र क्षेत्रबाट आमन्त्रित सम्पुर्ण प्रतिनिधिहरु एबम पार्टीको नेतृत्व र आम कार्यकर्ताले मलाई बिश्वास गर्नुहुने छ ।” उनलेे भने ।
काे हुन त लाेकेन्द्र बहादुर सिँह एल बि ?
यिँ तिनै लोकेन्द्र सिंह हुन जतिखेर केन्द्र देखि जिल्ला स्थानीय तहमा के पि ओली र सिङ्गो नेकपा एमालेका बिरूद्ध हजारौ कु शब्दका वाण हरूको प्रहार हुँदा निर्भिक भएर सामना गरि पार्टी बचाउन लागि रहेका थिए । रिनको तमसुक च्यातेर कम्युनिष्ट पार्टी एमाले बनेका उनि स्कुल जिबनमा अनेरास्ववियु को प्रा क अध्यक्ष बनेका थिए । क्याम्पस को स्ववियु सचिव मा निर्वाचन जितेर सचिव बने र अनेरास्ववियु को जि क सदस्य हुदै जि क अध्यक्ष बने । तत्कालीन सेती अञ्चल सह संयोजक बने । त्रिभुवन बिश्वबिधालय को अखिल फोर्स को संयोजक बने ।
पहिलो पटक अनेरास्ववियुमा माधब ढुङ्गेल अध्यक्षहुदाँ अनेरास्ववियु को केन्द्रीय सदस्य बने । पार्टी मा दुइ कार्यकाल बझाङको निर्वाचन क्षेत्रीय कमिटि सचिवालय सदस्य बने।
बझाङको जि क सदस्य हुदै नेकपा को पार्टी बिभाजन मा कार्यालय सदस्य र नेकपा एमालेले बने पछि जि क सदस्य एबं खप्तड छान्ना इन्चार्ज बने । गत साल को स्थानिय तहमा खप्तड छान्ना गा पा को अध्यक्ष को उमेदवार बने तर झिनो मतले पराजय हुन पुगे ।