Advertisement

Breaking News 3

मन्त्रालयको आदेश मिच्दै बझाङमै अडिए डा. नवराज जोशी, नयाँ मेसु हेरेको हेर्यै

मन्त्रालयको आदेश मिच्दै बझाङमै अडिए डा. नवराज जोशी, नयाँ मेसु हेरेको हेर्यै

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ दिनअघि डा. नवराज जोशी (संकेत नं. २१८५४७) लाई बझाङ जिल्ला अस्पतालबाट काज फिर्ता गर्दै सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको कार्यस्थलमा पठाउने निर्णय गरेको थियो । मन्त्रालयको निर्णय अनुसार जारी चलानी नं. ३२७४, मिति २०८२/०२/०६ को आधिकारिक पत्रबमोजिम डा. जोशीले तत्कालै जिल्ला अस्पताल छोड्नुपर्ने थियो । तर, निर्णयको ६ दिन पुग्दासमेत डा. जोशी अस्पतालमै अडिएका छन्, जसले कर्मचारी आचरण र कानुनी व्यवस्थामाथि नै प्रश्न खडा गरिदिएको छ । प्रशासनिक ऐनअनुसार, काज फिर्ता गरिएपछि तीन दिनभित्र रमाना बुझाई कार्यभार तोकिएको स्थानमा रिपोर्ट गर्नु पर्ने स्पष्ट व्यवस्था छ । तर डा. जोशीले मन्त्रालयको सो आदेशलाई बेवास्ता गर्दै अझै पनि बझाङ जिल्ला अस्पतालको कार्यकक्ष नछोडेको पुष्टि भएको छ । यसबीच मन्त्रालयले डा. सन्दीप ओखेडालाई नयाँ मेसु (मुख्य स्वास्थ्य अधिकृत) को रूपमा ब...
सुदूरपश्चिम प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्षमा मंगलबार गजेन्द्र साउँद नियुक्त

सुदूरपश्चिम प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्षमा मंगलबार गजेन्द्र साउँद नियुक्त

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्षमा मंगलबार गजेन्द्र साउँद नियुक्त भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालका लागि कराते खेलमार्फत योगदान पुर्‍याउँदै आएका साउँदले अब युवा नेतृत्वको क्षेत्रमा पनि जिम्मेवारी सम्हाल्ने भएका हुन् । प्रदेश सरकारद्वारा उनलाई उक्त जिम्मेवारी दिइएको हो ।उनले प्रदेशको युवा नीतिहरू निर्माण, कार्यान्वयन तथा कार्यक्रम सञ्चालनमा उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।’सुदूरपश्चिमका युवाहरूको आवाज सरकारसमक्ष पुर्‍याउने, अवसर सिर्जना गर्ने र उनीहरूको क्षमता उजागर गर्ने कार्यमा म समर्पित रहनेछु।’कार्यकारी उपाध्यक्ष साउँदले भने ।...
ट्रम्पको दाबी : इरानका आणविक केन्द्र पूर्ण ध्वस्त

ट्रम्पको दाबी : इरानका आणविक केन्द्र पूर्ण ध्वस्त

Breaking News 3, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका आणविक केन्द्रहरू पूर्ण रूपमा ध्वस्त भएको दाबी गरेका छन्। यद्यपि अमेरिकी गुप्तचर निकायको प्रारम्भिक अनुसन्धानले आक्रमणले केही भौतिक क्षति पुर्‍याए पनि पूर्णरूपमा नष्ट गर्न नसकेको देखाएको छ। पेन्टागनको रक्षा गुप्तचर एजेन्सी (डिआइए) बाट आएको प्रारम्भिक क्षति मूल्याङ्कन प्रतिवेदन अमेरिकी सञ्चारमाध्यमहरूमा चुहावट भएको थियो। सो सूचनाको चुहावटप्रति ट्रम्प आक्रोशित बनेका छन्। ट्रम्प प्रशासनले भने इरानको आणविक कार्यक्रम अझै कायम रहेको भन्ने रिपोर्टलाई अस्वीकार गरिरहेको छ। मध्यपूर्वका लागि ट्रम्पका विशेष दूत स्टिभ विटकफले सूचनाको चुहावटलाई 'देशद्रोह'को संज्ञा दिएका छन्। त्यहीबीच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरान आक्रमणबाट पछि हट्नु इजरायलका लागि ऐतिहासिक विजय भएको प्रतिक्रिया दिएका छन्। इरानका राष्ट्रपति मासाउद पेजेस्खिनले भने ...
आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा विविध कार्यक्रम

आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा विविध कार्यक्रम

Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ— सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ नारासहित आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रममार्फत मनाइँदैछ। संयुक्त राष्ट्र सङ्घले सन् २०१४ मा निर्णय गरेअनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ मा योग दिवस मनाउने गरिन्छ। उक्त प्रस्ताव भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राखेका थिए, जसलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालगायत १७७ देशले समर्थन गरेका थिए। नेपालमा भने सूर्य उत्तरायण सुरु हुने माघ १ गते राष्ट्रिय योग दिवसका रूपमा मनाइन्छ। २०७२ साउन २८ मा मन्त्रिपरिषद्को निर्णयले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गरिएको हो।...
दुबईक्षेत्रीय समितीको अध्यक्षमा अशोक बोगटी

दुबईक्षेत्रीय समितीको अध्यक्षमा अशोक बोगटी

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, दैनिक, मुख्य समाचार, समाचार
। सुदूरपश्चिमेली नेपाली समाज यूएईको दुबईक्षेत्रीय समितिको अध्यक्षमा अशोक बोगटी सर्वसम्मत चयन भएका छन् । सुदूरपश्चिमेली नेपाली समाज यूएईको छैटौं केन्द्रिय कार्यसमितिको पाँचौं मासिक बैठकले बोगटीको नेतृत्वमा २० सदस्यीय कार्यसमिति गठन गरेको हो । नयाँ कार्यसमितिमा उपाध्यक्ष सरिता साउँद, सचिव चन्द्रिका ओझा, सहसचिव गोबिन्द खड्का, कोषाध्यक्ष अविनास बोगटी र सहकोषाध्यक्ष विद्य बिष्ट चयन भएका छन्। सदस्यहरुमा करिश्मा बोहरा, पूजा खत्री, दिपा नागरी, देवकी जोशी, निर्मला बिष्ट, महेन्द्र शाही, आनन्द ऐर, राज्यश्वरी बिक, मथुरा भुल, सुनिता भण्डारी, तारा भुल, कोपिला गौतम, टीका बिष्ट र मनोज बिष्ट रहेका छन् । बैठक समाजका अध्यक्ष प्रकाशदत्त बडुको अध्यक्षतामा बरदुबईस्थित लुम्बिनी ड्रीम गेस्ट हाउसमा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थापक सदस्य जनकराज भट्ट, दामोदर ठगुन्ना, शिवराज तिमील्सैना लगायत केन्द्रीय पद...
जयपृथ्वी नगरपालिकाका नाममा उच्च अदालत पाटन दिपायलद्घारा परमादेश जारि

जयपृथ्वी नगरपालिकाका नाममा उच्च अदालत पाटन दिपायलद्घारा परमादेश जारि

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दिपक राज जोशी / बझाङ: उच्च अदालत दिपायलले जयपृथ्वी नगरपालिका का नाममा परमादेश जारी गरेको छ । सुदुरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०८१÷८२ मा श्रीमन महाराज मन्दिर जयपृथ्वी नगरपालिका ७ का नाममा ३०,००,०००(तिस लाख ) विनियोजन गरिएको थियो । वास्तविक नाममा भन्दा फरक नाम राखेर प्रदेशको बजेट आएकोले समुदायमा विवाद सिर्जना भएको हो । उच्च अदालत दिपायलको मुद्घा नम्बर ण्डज्ञ–ध्इ–ण्ण्द्धट जयपृथ्वी नगरपालिकालाई विपक्षी बनाई कारण देखाउ आदेश जारि र छलफलमा झिकाउने आदेश दिएको छ । जयपृथ्वी नगरपलिका ७ नम्बर का स्थानिय रमेश महरले अदालतमा रिट निवेदन दर्ता गराएका थिए ७ नम्बर वडामा गैह्राकोट मष्टा मन्दिर र रिङनीमाणु मष्टा मन्दिर अवस्थीत छन् । तर प्रदेश सरकारकले श्रीमन महाराज मन्दिर जयपृथ्वी नगरपालिका ७ का नाममा रकम हालेपछि समुदायमा विवाद सिर्जना भएको थियो । दुई वटै मन्दिर पक्षका भक्तजनहरुले आ–आफ्नो मन्दिरमा...
तलकोटमा जलवायु परिवर्तनसम्बन्धी वन उपभोक्ता समितिसँग गोष्ठी सम्पन्न

तलकोटमा जलवायु परिवर्तनसम्बन्धी वन उपभोक्ता समितिसँग गोष्ठी सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाको तलकोट गाउँपालिकामा जलवायु परिवर्तनका प्रभाव र समाधानका उपायहरूबारे सामुदायिक वन उपभोक्ता समितिसँग गोष्ठी सम्पन्न भएको छ। तलकोट गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूलाई लक्षित गरी परियोजना अभिमुखीकरण तथा प्रशिक्षण दिइएको थियो। स्थानीय सरकारको आयोजनामा भएको कार्यक्रममा मौसम परिवर्तनसँगै देखिन थालेका जलवायु असरबारे विस्तृत जानकारी दिइयो। "समुदायमा आधारित कार्यक्रम"अन्तर्गत सञ्चालन भएको सो गोष्ठीमा जलवायु परिवर्तनले वन तथा स्थानीय जीवनशैलीमा पार्ने असरबारे छलफल गरियो। गोष्ठीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भट्टराईले समुदायको विकास र समृद्धिका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। "तलकोटको रुपान्तरण सामूहिक प्रयासबाट मात्र सम्भव छ," उनले भने। कार्यक्रमको सञ्चालन खानेपानी, सरसफाइ तथा स्वच्छता शाखा...
मष्टामा २० करोड बढिको बजेट: अध्यक्ष बोहराको पहलले गाउँमा विकासको नयाँ युग सुरु हुँदै

मष्टामा २० करोड बढिको बजेट: अध्यक्ष बोहराको पहलले गाउँमा विकासको नयाँ युग सुरु हुँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: बझाङको मष्टा गाउँपालिकामा विकास, शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा आमूल परिवर्तन ल्याउने बाटो खुलेको छ । गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराको अथक प्रयास र दिगो नेतृत्वको परिणामस्वरूप संघीय सरकारबाट २० करोड रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरिएको छ । कहिल्यै पनि राज्यका प्राथमिकतामा नपरेको, सुविधाबाट टाढिएको र अवसरका ढोका पटक–पटक बन्द भएका मष्टामा अहिले भने आशाका ढोका खुलेका छन् । अध्यक्ष बोहरा एक गाउँपालिकाको मात्र होइन, अहिले जिल्लाकै युवा नेतृत्वको प्रतीक बन्न थालेका छन् । थुप्रै सरकारी तथा गैसस निकायहरूमा लामो समय काम गरेर व्यावहारिक अनुभव आर्जन गरिसकेका अध्यक्ष बोहराले गाउँपालिका सम्हालेदेखि नै 'विकास, न्याय र जनताको भरोसा' भन्ने मूल मन्त्रमा विश्वास गर्दै आएका छन् । अध्यक्ष बोहराको निरन्तर काठमाडौं यात्राको फलस्वरूप संघीय बजेटबाट मष्टाका विभिन्न ठाउँमा सामाज...

अनेरास्ववियुको २४औं महाधिवेशन: बाजुराबाट केन्द्रिय सदस्यमा पारस रावलको दमदार उपस्थिती

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
  २४औं अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) महाधिवेशनले देशभर विद्यार्थी राजनीतिमा नयाँ ऊर्जा र बहसको माहोल सिर्जना गरिरहेको छ । यही महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेशको भूगोलतर्फबाट बाजुराका होनहार युवा नेता पारस रावल केन्द्रिय सदस्य पदका लागि बलियो दावेदारका रूपमा अगाडि आएका छन् । सानै उमेरदेखि समाजसेवा र विद्यार्थी हकहितमा समर्पित रावलले शिक्षाको गुणस्तर सुधार, विद्यार्थी अधिकारको रक्षा, संगठन सुदृढीकरण र समावेशी नेतृत्व निर्माण जस्ता विषयमा स्पष्ट दृष्टिकोणसहित उम्मेदवारी दिएका छन् । निरन्तरको सक्रियता र जनसम्पर्कमा आधारित अभियानमार्फत उनले देशभरका प्रतिनिधिहरूमध्ये व्यापक समर्थन बटुल्न सफल भएका छन् । २८ गते हुने मतदानको मिति नजिकिँदै जाँदा महाधिवेशनको माहोल तातिंदो छ। उम्मेदवारहरू आ–आफ्ना एजेन्डा प्रस्तुत गर्न व्यस्त छन् भने प्रतिनिधिहरूले न...
अनेरास्ववियुको २४ औँ महाधिवेशनमा पुष्कर अवस्थीको उम्मेदवारी: अनुशासन आयोग सदस्यमा युवा नेतृत्वको सशक्त दाबी

अनेरास्ववियुको २४ औँ महाधिवेशनमा पुष्कर अवस्थीको उम्मेदवारी: अनुशासन आयोग सदस्यमा युवा नेतृत्वको सशक्त दाबी

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तरबार्ता, दैनिक, मुख्य समाचार, राजनीति
काठमाडौं, जेठ २८ – विद्यार्थी संगठन अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) को २४ औँ महाधिवेशन राजधानी काठमाडौंमा जारी छ। संगठनको नेतृत्व चयनका लागि सहमतिको प्रयास जारी रहँदा पनि हालसम्म सर्वसम्मति कायम हुन सकेको छैन। सहमतिको विकल्प असफल भएपछि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। उम्मेदवारका आकांक्षीहरूले प्रतिनिधिहरुलाई आफूतर्फ आकर्षित गर्न आ–आफ्नो पक्षमा लबिङ तीव्र बनाएका छन्। यसै क्रममा सुदूरपश्चिम प्रदेश, मध्यवर्ती क्षेत्र कैलालीका होनहार र कर्मशील विद्यार्थी नेता पुष्कर अवस्थीले अनुशासन आयोग सदस्य पदमा उम्मेदवारी दिएका छन्। संघर्षबाट नेतृत्वमा विगत एक दशकभन्दा बढी समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय अवस्थी विद्यार्थीको हकहित, अधिकार र न्यायका लागि निरन्तर लड्दै आएका छन्। २०७६ सालमा माध्यमिक कक्षा कमिटी हुँदै अनेरास्ववियुमा प्रवेश...
मेरोमाइक्रोफाइनान्स ले गर्यो मिर्तक मिना चौधरिको श्रीमान लाइ १लाख ७६ हजार को चे हस्तान्तरण

मेरोमाइक्रोफाइनान्स ले गर्यो मिर्तक मिना चौधरिको श्रीमान लाइ १लाख ७६ हजार को चे हस्तान्तरण

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, समाचार, सुदूरपश्चिम
मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले असामयिक मृत्यु भएका ग्राहकका परिवारलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ । संस्थाबाट १ लाख ६० हजार रुपैयाँ लघुउद्यम कर्जा लिएका सदस्य मिना चौधरीको मृत्यु दावी बापत १ लाख ७६ हजार रुपैयाँ नीजका श्रीमान सिताराम चौधरीलाई हस्तान्तरण गरेको संस्थाले जनाएको छ । निजलाई साधारण कर्जा बीमाअन्तर्गत उक्त बिमा रकम एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा हस्तान्तरण गरिएको मसुरिया, कैलालीका शाखा प्रबन्ध दिपेन्द्र बटालाले बताए । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय मसुरियाका शाखा प्रबन्ध दिपेन्द्र बटाला र कैलारी गाउँपालिका २ , कैलालीका वडा सदस्य सन्तराम चौधरीले मृतक मिना चौधरीका श्रीमान सिताराम चौधरीलाई संयुक्त रुपमा उक्त बिमा रकम हस्तान्तरण गरेका थिए ।...
३ महिने  संगठन सुदृढीकरण एवम शैक्षिक जागरण अभियान धनगडि को कैलालि बहुमुखि क्याम्पास मा उद्दाट्न

३ महिने संगठन सुदृढीकरण एवम शैक्षिक जागरण अभियान धनगडि को कैलालि बहुमुखि क्याम्पास मा उद्दाट्न

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
नेकपा माओवादि केन्द्र पार्टि को भातृ बिधार्थि संगठन अखिल क्रान्तिकारी "विद्यार्थी सँग अखिल (क्रान्तिकारी ) " ३ महिने संगठन सुदृढीकरण एवम् शैक्षिक जागरण अभियानको सुदुरपश्चिम कमाण्ड अन्तरगतको अभियान कैलाली बहुमुखी क्याम्पस धनगढीबाट पार्टीका स्थाइ कमिटी सदस्य तथा सुदुरपश्चिम प्रदेश संसदिय दलका नेता कम्रेड खगराज भट्ट को प्रमुख आतिथ्यतामा सुदुरपश्चिम कमाण्ड इन्चार्ज तथा उपाध्यक्ष उमेश कडेल लाइ संगठनको झण्डा हस्तान्त्रण गर्दै उद्घाटन गर्नुभएको छ । अभियानका कमाण्ड इन्चार्ज उमेश कडेल को अध्यक्षता मा सुरुभएको अभियानको उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा संगठन प्रदेशका फ्र्याक्सन इन्चार्ज लक्षीराम आचार्य , वैतडी पार्टीका जिल्ला संयोजक शंकर भण्डारी लगायतका नेता हरुले अभियान सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संगठनका उपमहासचिव तथा प्रदेश इन्चार्ज ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज