मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले असामयिक मृत्यु भएका ग्राहकका परिवारलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ ।
संस्थाबाट १ लाख ६० हजार रुपैयाँ लघुउद्यम कर्जा लिएका सदस्य मिना चौधरीको मृत्यु दावी बापत १ लाख ७६ हजार रुपैयाँ नीजका श्रीमान सिताराम चौधरीलाई हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।
निजलाई साधारण कर्जा बीमाअन्तर्गत उक्त बिमा रकम एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा हस्तान्तरण गरिएको मसुरिया, कैलालीका शाखा प्रबन्ध दिपेन्द्र बटालाले बताए ।
मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय मसुरियाका शाखा प्रबन्ध दिपेन्द्र बटाला र कैलारी गाउँपालिका २ , कैलालीका वडा सदस्य सन्तराम चौधरीले मृतक मिना चौधरीका श्रीमान सिताराम चौधरीलाई संयुक्त रुपमा उक्त बिमा रकम हस्तान्तरण गरेका थिए ।

