सुदूरपश्चिमका सांसद संग प्रचण्डले डडेलधुरामा छलफल गर्ने
Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
डडेल्धुरा : नेकपा माओवादी सुदूरपश्चिम संसदीय दल नेताको विवाद साम्य हुन सकेको छैन। अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विवाद टुंग्याउन छलफलका लागि माओवादीका १० सांसदलाई काठमाडौँ बोलाए पनि छलफल नै अघि बढ्न सकेन।
दल नेताको समस्या समाधान गर्न २४ गते दाहालले सांसदहरूलाई काठमाडौँ बोलाएका थिए। तर उनी बाथरुममा लडेर घाइते भएपछि सबै सांसदहरूसंग वार्ता हुन नसकेको हो। दाहाललाई भेट्न काठमाडौँ गएका सांसदमध्ये माओवादी सुदूरपश्चिमका खगराज भट्ट समूहका सांसदहरूले मात्रै दाहाललाई आइतबार भेटेका थिए।
दल नेतामा भट्टलाई पुनर्बहाली गर्ने दाहालको पुरानै आश्वासन उनीहरूले पाए। ‘विगतमा भएको निर्णय कार्यान्वयन गराउने आश्वासन दिनुभयो। पार्टीको निर्णय मान्न सबै तयार हुनुभएको छ,’ भट्ट समूहका एक सांसदले भने, ‘अहिले सबै सांसदहरूसँग छलफल गर्न सकिएन।’
उनका अनुसार अब डडेल्धुरामा जेठ १ गते दाहालले सबै सांसदसँग छलफल गर...










