Advertisement

हुलाक डाँडामा फोहोर जलाइँदै, नगरपालिका विरुद्ध विरोधको तयारी

Advertisement

डडेल्धुरा: धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व बोकेको हुलाक डाँडामा अमरगढी नगरपालिकाले २०७९ मंसिर १० गतेदेखि फोहोर जलाउँदै आएको छ। नगर प्रमुख डिलीराज जोशी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद उपाध्याय नेतृत्वको पालिकाले पटक–पटक ताकेता गर्दा पनि समस्या समाधान नगरेको स्थानीयको गुनासो छ।

हुलाक डाँडा गोरखा भर्ती पदमार्ग, धार्मिक स्थल तथा पर्यटक आकर्षणको केन्द्र भएकाले वातावरणीय र सामाजिक दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ। तर, त्यही ठाउँमा फोहोर जलाउँदा प्रदूषण, जनस्वास्थ्यमा असर र आगलागीको खतरा बढिरहेको छ।

नगरपालिकाले फोहोर व्यवस्थापनका लागि वैकल्पिक स्थानमा जमिन खरिद गरिसकेको भए पनि हालसम्म त्यसको प्रयोग नगरी पुरानै स्थानमा फोहोर जलाउँदै आएको छ। यसबाट नगरपालिकाको उदासीनता र गैरजिम्मेवारपन झल्किएको छ।

स्थानीय बासिन्दाहरूले मेयर डिलीराज जोशीलाई अघिल्लो निर्वाचनमा असहयोग गरेको भन्दै उनीहरूलाई निसाना बनाइएको आरोप लगाएका छन्। फोहोर व्यवस्थापनका वैकल्पिक विकल्प हुँदाहुँदै जानाजानी यही क्षेत्रलाई प्रयोग गर्नु बदनियतपूर्ण कार्य भएको उनीहरूको भनाइ छ।

“पर्यावरण संरक्षण ऐन, २०७६” र “सार्वजनिक स्वास्थ्य ऐन, २०१८” अनुसार यस्तो कार्य गैरकानुनी, जनस्वास्थ्यविपरित र दण्डनीय हो। वातावरणीय प्रभाव मूल्यांकन विना सार्वजनिक क्षेत्रमा फोहोर जलाउनु कानुनविपरीत ठहरिन्छ।

स्थानीय समाजसेवी, युवाहरू र सरोकारवाला समूहहरू मिलेर नगरपालिका विरुद्ध विरोध कार्यक्रमको तयारीमा जुटिरहेका छन्। उनीहरूले ज्ञापनपत्र बुझाउने, ढोका घेराउ, र ध्यानाकर्षण कार्यक्रमको योजना बनाएका छन्। आन्दोलनले थप रूप लिन सक्ने संकेतसमेत देखिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। उपसभापति पदका उम्मेदवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज