Advertisement

सुदूरपश्चिमका सांसद संग प्रचण्डले डडेलधुरामा छलफल गर्ने

Advertisement

डडेल्धुरा :  नेकपा माओवादी सुदूरपश्चिम संसदीय दल नेताको विवाद साम्य हुन सकेको छैन। अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विवाद टुंग्याउन छलफलका लागि माओवादीका १० सांसदलाई काठमाडौँ बोलाए पनि छलफल नै अघि बढ्न सकेन।

दल नेताको समस्या समाधान गर्न २४ गते दाहालले सांसदहरूलाई काठमाडौँ बोलाएका थिए। तर उनी बाथरुममा लडेर घाइते भएपछि सबै सांसदहरूसंग वार्ता हुन नसकेको हो। दाहाललाई भेट्न काठमाडौँ गएका सांसदमध्ये माओवादी सुदूरपश्चिमका खगराज भट्ट समूहका सांसदहरूले मात्रै दाहाललाई आइतबार भेटेका थिए।

दल नेतामा भट्टलाई पुनर्बहाली गर्ने दाहालको पुरानै आश्वासन उनीहरूले पाए। ‘विगतमा भएको निर्णय कार्यान्वयन गराउने आश्वासन दिनुभयो। पार्टीको निर्णय मान्न सबै तयार हुनुभएको छ,’ भट्ट समूहका एक सांसदले भने, ‘अहिले सबै सांसदहरूसँग छलफल गर्न सकिएन।’

उनका अनुसार अब डडेल्धुरामा जेठ १ गते दाहालले सबै सांसदसँग छलफल गर्ने र त्यहीँ समस्याको समाधान निकाल्ने आश्वासन दिएका छन्। आइतबार खगराज भट्ट, रमेश धामी, झपट साउँद र शिवसिंह ओलीले अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए।

दाहालको बोलावटमा काठमाडौँ हानिएका सांसदहरू भेट नै नगरी डडेल्धुरामा छलफल गर्ने गरी सुदूरपश्चिम फिर्ता भएका छन्। संसदीय दलको नेतामा भट्टलाई पुनर्वहाली गर्न अध्यक्ष प्रचण्डले पटक पटक दिएको लिखित र मौखिक निर्देशन अवज्ञा भएको छ।

दाहालको निर्देशन बमोजिम भट्टलाई दल नेतामा पुनःस्थापित नगराइपछि छलफल गर्नका लागि सुदूरपश्चिमका माओवादी सांसदलाई काठमाडौँ बोलाइएको थियो। १ वर्षभन्दा बढी भइसक्दा पनि माओवादीको सुदूरपश्चिम संसदीय दलभित्रको विवाद साम्य हुन सकेको छैन।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। उपसभापति पदका उम्मेदवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज