Advertisement

‘पेटिकोट बेचेर रक्सी खान्छन्’: बुंगल नगरपालिकाका मेयरको विवादास्पद अभिव्यक्ति

Advertisement

बझाङ: २०८२ साल बैसाख २४ गते बझाङको जिल्ला प्रशासन कार्यालयको आयोजनामा मदिरा नियन्त्रणसम्बन्धी एक महत्वपूर्ण बैठक सम्पन्न भयो । सो बैठकमा जनप्रतिनिधि, सरकारी कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि, नागरिक अगुवा, राजनीतिज्ञ तथा स्थानीय समुदायको बाक्लो उपस्थिति रहेको थियो । बैठकको मुख्य उद्देश्य बझाङ जिल्लामा मदिरा सेवन र यसको दुर्व्यसनबाट उत्पन्न हुने सामाजिक समस्या समाधान गर्न आवश्यक रणनीति तयार गर्नु थियो ।

उक्त कार्यक्रममा बुंगल नगरपालिकाका मेयर जयबहादुर धामीको अभिव्यक्ति भने अहिले विवादको भुमरीमा परेको छ । मेयर धामीले आफ्नो मन्तव्य राख्ने क्रममा ‘मेरा बुंगलबासि श्रीमतीको पेटिकोट सम्म बेचेर रक्सी खान्छन्’ भनी दिएको टिप्पणीले स्थानीय समुदायमा आक्रोश सिर्जना गरेको छ । बझाङको स्थानीय संस्कृति र परम्परामा ‘पेटिकोट’ शब्दलाई अश्लील तथा अपमानजनक मानिने भएकाले, एक जिम्मेवार जनप्रतिनिधिबाट यस्तो अभिव्यक्ति आउनु दुःखद भएको स्थानीयको भनाइ छ ।

मेयर धामीको उक्त अभिव्यक्ति सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा यसको चर्को विरोध भइरहेको छ । कामना टेलिभिजनले उक्त अभिव्यक्ति सहितको भिडियो प्रसारण गरेपछि जनमानसमा आक्रोश अझै बढेको छ । विशेषगरी महिला अधिकारकर्मीहरूले यसलाई महिलामाथि अपमानजनक तथा गैरजिम्मेवारपूर्ण भनाइको रूपमा लिएका छन् ।

यसअघि पनि मेयर धामी विभिन्न विवादमा तानिँदै आएका थिए । कहिले ‘कर्मचारी बनाईदिन्छु’ भन्दै घुस लिएको अडियो त कहिले स्थानीयलाई गाडीले ठक्कर दिएको घटना र चरेस काण्ड मिलाइदिने बार्गेनिङ गरेको प्रमाण कामना टेलिभिजनले प्रशारण गरिसकेको छ । यी सबै घटनाले धामीको छवि जनप्रतिनिधि भन्दा बढी विवादास्पद पात्रको रूपमा उभ्याएको छ ।

धामीको पछिल्लो अभिव्यक्तिपछि बुंगल नगरपालिका र बझाङ जिल्लाभरि चर्को विरोधको लहर चलेको छ । नागरिक समाज, महिला अधिकारकर्मी, राजनीतिक दल तथा स्थानीय अगुवाहरूले धामीको अभिव्यक्तिको कडा आलोचना गर्दै सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन् ।

सरोकारवालाहरूले यस्तो गैरजिम्मेवार अभिव्यक्ति जनप्रतिनिधिले दिनु नै अनुचित भएको बताउँदै आएका छन्। नागरिक अगुवाहरूले यसले स्थानीय समाजमा गलत सन्देश दिएको भन्दै धामीलाई जिम्मेवार बनाउने खालको कानूनी प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।

यस विषयमा मेयर धामीको आधिकारिक प्रतिक्रिया भने आउन बाँकी छ । त्यस्तै, मेयर धामीले कार्यपालिकामा गरेका चलाखीपूर्ण बदमासी, कम्प्युटर खरिदमा कमिसन नमिलेपछि दुई वर्षदेखि रोकिएको भुक्तानी तथा अन्य विषयहरूको बारेमा यतिबेला कामना टेलिभिजनको डेस्कमा जानकारीहरू उपलब्ध भईरहेका छन् । सम्पूर्ण प्रमाणीकरण पछि कामनाले यो विषयमा थप अनुसन्धानसहित फ्लोअप गर्नेछ ।

“मेयर धामिको विवादास्पद भिडियोको क्लिप”

प्रतिक्रिया

छुटाउनुभयो कि ?

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घटेको छ । खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मू...
कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज