Advertisement

Breaking News 2

आजको मौसम : पहाडमा वर्षा, हिमालमा हिमपातको सम्भावना

आजको मौसम : पहाडमा वर्षा, हिमालमा हिमपातको सम्भावना

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको मनिपुर आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानहरूमा हल्का...
तिहारको मुख्य दिन आज भाइटीका : ११ बजेर ३७ मिनेटको समय उत्तम

तिहारको मुख्य दिन आज भाइटीका : ११ बजेर ३७ मिनेटको समय उत्तम

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार
काठमाण्डौ – यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटीका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । यसरी पूजा गरी टिका लगाउनाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ३७ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताउनुभयो । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार ...
विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग ३७ रनले पराजित

विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग ३७ रनले पराजित

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डाै – आईसीसी विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खलामा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ । अमेरिकाले दिएको दुई सय ८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर पाँच बलमा दुई सय ४४ रनमा अलआउट भयो । नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रन बनाए । यस्तै सोमपाल कामीले ४६ रन बनाए । अमेरिकाका सौरभ नेत्रावलकरले चार विकेट लिए । त्यसअघि डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८१ रन बनाएको थियो । अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रन बनाए । यस्तै कप्तान मोनांक पटेलले ६७ र हरमित सिंहले ५९ रन बनाए । नेपालका गुलशन झाले तीन विकेट लिए । यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए । कुशल भुर्तेलले एक विकेट लिए । लिग–२ अन्तर्गत यो शृङ्खलाको पहिलो खेलमा पनि नेपाल घरेलु टोली अमेरिकास...
धेरै ठाउँको मौसम सफा, दिउँसो र राति केही ठाउँमा हल्का वर्षाको सम्भावना

धेरै ठाउँको मौसम सफा, दिउँसो र राति केही ठाउँमा हल्का वर्षाको सम्भावना

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार
काठमाण्डौ – अहिले देशका धेरै ठाउँको मौसम सफा रहेको छ । पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेकाले कतै–कतै बादल लागिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा सामान्य बदली रही बाँकीमा भागमा मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बाग्मती, गण्डकी प्रदेशका पहाडी भागका केही तथा बाँकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले हिजो तिहार विशेष मौसम बुलेटिन निकालेर आजदेखि १९ गते भाइटिकाको दिनसम्म केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको जानकारी गराएको ...
आज काग तिहार मनाईदै

आज काग तिहार मनाईदै

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ – कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज यो पर्व मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । कागलाई सन्देशवाहकका रुपमा लिइन्छ । यस अवसरमा काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–१ कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा हुने गर्छ । त्यसैगरी हनुमानढोकाको कागेश्वरी मन्दिरमा पनि कागको पूजा गरिन्छ । यस्तै यम दीपदान गर्नेक्रम पनि आज बेलुकादेखि नै सुरु गरिँदैछ । यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक हिजो बेलुकादेखि शुरु भएको हो ।...
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङकाे छैँटाै स्थापना दिवस भव्य

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङकाे छैँटाै स्थापना दिवस भव्य

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङकाे छैँटाै स्थापना दिवस भव्यताका साथ बनाएको छ । आज एक कार्यक्रमका विच सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङकाे छैँटाै स्थापना दिवस भव्यताका साथ बनाएको हाे । आफ्नै भवन स्थापना पछि छैटौं स्थापना तथा बार्षिक उत्सव कार्यक्रम गरिएको हाे । जयपृथ्वी नगरपालिकाकाे स्थानमा अवस्थित सशस्त्र प्रहरी बलकाे कार्यालय स्थापना भए पछि राम्रो सेवा सुविधा पाएको स्राेतकाे भनाइ छ । छैटौं स्थापना दिवस २०८१ मा सहायक बाहिनिपति प्रमुख अतिथि स.प्र.ब.उ.उद्बव न्याैपाने नम्वर ७ बाहिनी ,मुख्यालय कैलाली बाट उपस्थिति रहेका थिए । नेपालकाे राष्ट्रिय अखण्डता सर्वभाैमसत्ता र जनताकाे नैसर्गिक अधिकारकाे लागि शान्ति सुरक्षा प्रतिबद्धता मुल मन्त्र बाेकी सशस्त्र प्रहरी बल नेपाल २०५७ सालमा गठन भए पत्सात २०७५/२/२७ गतेको निर्णयले O&M २०७५ स्वीकृत पत्सात नम्बर २६ गणको दर्व...
बझाङमा पोखरिमा डुबेर एक बालकको मृत्यु

बझाङमा पोखरिमा डुबेर एक बालकको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका ७ सुबेडाका हरिप्रसाद सुबेदीका ४ वर्षीया छोरा हिमेश सुबेदीको पोखरीमा डुबेर मृत्यु भएको हो । मंगलबार आज विहान १० बजेको समयमा घरनजिकै रहेको पोखरीमा डुबेर हिमेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाले जानकारी दिनुभयो । हिमेशलाई आफन्तले पोखरीमा डुबेको अवस्थामा फेला परेपछि उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उनलाई अस्पताल पुर्याएको केही समयपछि डाक्टरले उनको मृत्यु भएको बताएका प्रहरीले जनाएको छ । बालक पोखरीमा खसेको हुनसक्ने परीवार स्रोतले जनाएको छ ।...
यो वर्षको भाईटिका कति बजे लगाउँदा उत्तम ?

यो वर्षको भाईटिका कति बजे लगाउँदा उत्तम ?

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । यस वर्षको भाइटीकाको साइत बिहानको ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ ।   भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक १८ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।   झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ताअघिदेखि राजधानी लगायत प्रमुख सहरमा थरीथरीका बत्ती बाल्न सुरु भइसकेका छन् । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् । कोजाग्रत पूर्णिमामा लक्ष्मीको पूजागरी त्यसै दिनदेखि दीपावलीलाई निरन्तरता दिनेक्रम पनि सहरी क्षेत्रमा बढ्न थालेको छ ।   बडादसैँमा सुनसान प्रायः हुने काठमाडौँ उपत्यका...
करिब दुई दशक बढी देखि बन्द भएको एर्पोटमा आज हवाई उडान परिक्षण

करिब दुई दशक बढी देखि बन्द भएको एर्पोटमा आज हवाई उडान परिक्षण

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
कैलाली : कैलालीको सुन्दर नगरी टीकापुर हवाइमैदानको पुनः परीक्षण गरिएको छ । परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूल, क्याप्टेन महेश विष्ट, उज्जवल सिलवाल, इन्जिनियर सम्राट प्रधान लगायतका प्राविधिक टिम आएको छ । पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी पनि टीकापुरमा छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परीक्षणका लागि जहाज पठाएपछि यहाँका नागरिक खुशी भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन तथा वन वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले संघीय सरकारले सेवा निरन्तर गर्न सहयोग गरे प्रदेश सरकारले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न अनुदान दिन सक्ने बताए । टीकापुरबाट तत्कालीन अवस्थामा अछामको साँफेबगर, जुम्ला, काठमाडौं, धनगढी, नेपालगञ्जमा हवाइ उडान हुने गरेको थियो । टीकापुर नगरपालिकाका प्रमुख रामलाल...
जिप दुर्घटनामा ४ जना घाइते

जिप दुर्घटनामा ४ जना घाइते

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लामा जिप दुर्घटना भएको छ । जिल्लाकाे जयपृथ्वी नगरपालिका वडा नम्बर ११ काे भाेपुर स्थित जीव दुर्घटना भएको हाे । साेमवार विहान १०:१५ बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी युवराज भण्डारीले बताउनु भयाे । चैनपुर खानेपानी ट्याङ्की नजिकै सुनिकाेट तर्फबाट चैनपुर आउदै गरेको बा. १८ च ५१४९ नम्बरको सवारी दुर्घटनामा परेको परेको हाे । सवारी तलकाेट गाउँपालीका वडा नम्बर १ बस्ने बर्ष २३ का नवीन बाेहराले चलाएको सुचना अधिकारी लाेकेन्द्र ठगुन्नाले बताए । जीव एक्कासि सडकमा अनियन्त्रित भएर पल्टिएकाे जनाएको छ । जिवमा ७ जना रहेका थिए, जसमा ४ जना घाइते भएको छन । घाइतेको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भईरहेकाे छ । अहिले गाडी चालक प्रहरीको नियन्त्रणमा रहेका छन । ,उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय बाट प्र.ब.ह. रनदिप गिरीको कमाण्डमा-३ जनाको टोली खटिगएको थियाे । ...
हिरासतमा सभापति, रनभुल्लमा रास्वपा

हिरासतमा सभापति, रनभुल्लमा रास्वपा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौं : सभापति रवि लामिछाने सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी अनुसन्धानका लागि प्रहरी थुनामा परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा अन्योल छाएको छ । अनुसन्धानमा रहेका सभापतिको न्यायिक परीक्षणमा सहयोग गर्नुको साटो पार्टीका नेता तथा कार्यकर्ताहरू बचाउका लागि आन्दोलनमा उत्रिएका छन् । यसले पार्टीका गतिविधिदेखि जिम्मेवारी बाँडफाँटसम्मका काम अलपत्र छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा संगठित अपराधदेखि सम्पत्ति शुद्धीकरणसम्मको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा रहेका लामिछानेको न्यायिक परीक्षण हुन बाँकी नै छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टी भने कास्की पुगेर सभापतिको बचाउमा सडक आन्दोलनमै उत्रियो । अहिले कहिले चितवन त कहिले काठमाडौंमा कुनै न कुनै रूपमा उनीहरूले सडक आन्दोलन गरेको देखिन्छ । तर सांगठनिक रूपमा भने रास्वपा अन्योलमा द...
कञ्चनपुरमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला, हत्याको आशंका

कञ्चनपुरमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला, हत्याको आशंका

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी – कञ्चनपुरको लालझाडी गाउँपालिका–१ विनाबारीमा एक दम्पती मृत फेला परेका छन् । ४५ वर्षीय रमेश बडायक र उहाँकी श्रीमती ४३ वर्षीया कमला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो । मृतकको शरीर र टाउकोमा चोट भएकाले धारिलो हतियार प्रयोग भएको हुन सक्ने शङ्का गरिएको छ । घटना शङ्कास्पद रहेको र थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज