बझाङ : बझाङ जिल्लामा जिप दुर्घटना भएको छ ।
जिल्लाकाे जयपृथ्वी नगरपालिका वडा नम्बर ११ काे भाेपुर स्थित जीव दुर्घटना भएको हाे । साेमवार विहान १०:१५ बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी युवराज भण्डारीले बताउनु भयाे ।
चैनपुर खानेपानी ट्याङ्की नजिकै सुनिकाेट तर्फबाट चैनपुर आउदै गरेको बा. १८ च ५१४९ नम्बरको सवारी दुर्घटनामा परेको परेको हाे । सवारी तलकाेट गाउँपालीका वडा नम्बर १ बस्ने बर्ष २३ का नवीन बाेहराले चलाएको सुचना अधिकारी लाेकेन्द्र ठगुन्नाले बताए ।
जीव एक्कासि सडकमा अनियन्त्रित भएर पल्टिएकाे जनाएको छ । जिवमा ७ जना रहेका थिए, जसमा ४ जना घाइते भएको छन । घाइतेको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भईरहेकाे छ ।
अहिले गाडी चालक प्रहरीको नियन्त्रणमा रहेका छन । ,उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय बाट प्र.ब.ह. रनदिप गिरीको कमाण्डमा-३ जनाको टोली खटिगएको थियाे । सवारी दुर्घटनामा जिल्ला बझाङ तलकोट गाउँपालीका १ बस्ने बर्ष ५६ को बिर बहादुर बम्म ,बाया हातमा चोट लागेको तलकाेट गाउँपालीका बस्ने बर्ष ४५ की धन लक्ष्मि देवी बम्म ,दाहिने हातको कुहिना र पिठिउमा चोट सामान्य चाेट लागेको जयपृथ्वी नगरपालिका वडा नम्बर .११ बस्ने बर्ष २५ को बिद्या बोहरा, बाया हातमा चोट सामान्य जयपृथ्वी नगरपालिका बस्ने बर्ष १७ को संकर धामी ,बायाँ हात र कम्मरमा चोट लागेको जनाएको छ ।