Advertisement

Breaking News 2

सुनको भाउ एकैदिनमा दुई हजार रुपैयाँले बढ्यो

सुनको भाउ एकैदिनमा दुई हजार रुपैयाँले बढ्यो

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट
काठमाण्डौ – हिजो एकैदिन चार हजार रुपैयाँले घटेको सुनको भाउ आज भने तोलामा दुई हजार रुपैयाँले बढेको छ । सुन आज तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख ६६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन एकैदिन चार हजार रुपैयाँले घटेर एक लाख ६४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार नौ सय ६० रुपैयाँ रहेको थियो ।...
सत्र किलोमा भएको दुर्घटनामा मृतकको संख्या ५ पुग्यो, ५ जनाको अवस्था गम्भीर

सत्र किलोमा भएको दुर्घटनामा मृतकको संख्या ५ पुग्यो, ५ जनाको अवस्था गम्भीर

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ताजा अपडेट
चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको भरतपुर अस्पताल र तीन जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।...
केदार हेल्पिङ्ग हेण्ड फाउन्डेसन ब्याङलोरमा साँस्कृतिक कार्यक्रम गर्ने

केदार हेल्पिङ्ग हेण्ड फाउन्डेसन ब्याङलोरमा साँस्कृतिक कार्यक्रम गर्ने

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
केदार हेल्पिङ्ग हेण्ड फाउन्डेसन ब्याङराेलले साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । विगत लामो समय देखि दुखि गरिव असहाय पिडितकाे सारथि बन्दै अगाडि बढेको यस फाउन्डेसनले विभिन्न कार्यक्रम साथ साँस्कृतिक कार्यक्रम गर्ने भएको हाे । आफ्नो बार्षिक उत्सव सहित स्थानीय तथा राष्ट्रिय कलाकार बाेलाउदै ब्याङराेलकाे कर्नाटक स्थित यहीँ १७ तारिख भब्य कार्यक्रम गर्ने केदार हेल्पिङ्ग हेण्ड फाउन्डेसनका अध्यक्ष दिपेन्द्र बिष्टले बताउनु भयाे । उनका अनुसार समितिले राम्रो काम गर्दै आएको र आगामी दिनमा पनि दुखि गरिवकाे सहारा बन्दै अगाडि बढ्ने भन्दै बार्षिक उत्सव सँगसँगै विभिन्न कलाकारद्वारा बेजोड प्रस्तुति पनि रहेको बताए । यहीँ १७ तारिख हुने कार्यक्रममा सबैलाई सहभागी हुन आग्रह गर्दै, आ- आफ्नो स्थान बाट सहयाेग गर्न पनि अनुराेध गर्नु भएको हाे । अहिले अध्यक्ष दिपेन्द्र बिष्ट,उपाध्यक्ष शिखर रावल ,सचिव मँगल गुर्...
आज छठ पर्वको मुख्य दिन : बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

आज छठ पर्वको मुख्य दिन : बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाण्डौ – आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलि  बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खिर षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि रहेको छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन ह...
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई प्रधानमन्त्री ओलीको बधाई

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई प्रधानमन्त्री ओलीको बधाई

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनुभएका डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जाल एक्स अर्थात् ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले बधाईसहित कार्यकालकाे पूर्ण सफलताको कामना गर्नुभएको हो । ट्रम्प प्रतिस्पर्धी कमला ह्यारिसलाई हराउँदै हिजो अमेरिकाको ४७ औँ राष्ट्रपतिमा विजयी हुनुभएको हो । प्रधानमन्त्री ओलीले ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । यसअघि हिजो ट्रम्पलाई राष्ट्रपति रामचन्द्र पौडेलले पनि बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।...
हुम्लाको गाउँ–गाउँमा बस पुग्न थालेसँगै स्थानीय बासिन्दा हर्षित

हुम्लाको गाउँ–गाउँमा बस पुग्न थालेसँगै स्थानीय बासिन्दा हर्षित

Breaking News 1, Breaking News 2, Breaking News 3, कर्णाली प्रदेश, ताजा अपडेट, मुख्य समाचार, समाचार, हुम्ला
हुम्ला – हुम्लाको  गाउँ–गाउँमा बस पुग्न थालेसँगै स्थानीय बासिन्दा हर्षित भएका छन् । यसअघि जीपमा यात्रा गर्ने नागरिक अब गाउँ–गाउँमा ठूला बस पनि पुग्न थालेपछि दङ्ग भएका छन् । बस सेवा सुरुआत भएपछि सहज मात्र नभइ भाडासमेत केही सस्तो पर्ने भएको छ । अदानचुली ताँजाकोटलगायतको क्षेत्रबाट यसअघि जीपमार्फत सुर्खेतसम्म यात्रा गर्दा खान बस्नबाहेक भाडा छ देखि आठ हजार रुपैयाँसम्म तिर्दै आएका थिए । तर बसको यात्रामा नेपालगञ्जसम्म तीन हजार रुपैयाँमा पुग्न सक्ने अवस्था छ । बस चल्न थाले पनि यातायात समितिको सिन्डिकेटका कारण नियमित सञ्चालन गर्न समस्या पर्ने गरेको गुनासो छ । कर्णाली प्रदेश सभाका सदस्य रणसिंह परियारले यसबारेमा सदनमा कुरासमेत उठाउनुभएको छ । केही दिनअघि मात्रै सिमकोट पुग्नुभएका कर्णालीका मुख्यमन्त्री यमलाल कँडेललाई पनि हुम्लाका नागरिक र जनप्रतिनिधिले नागरिकको सहज यात्रालाई ध्यान दिन र व्यवस्...
पालिका उपचुनावको लागि दलहरु उम्मेदवार छनोटमा व्यस्त

पालिका उपचुनावको लागि दलहरु उम्मेदवार छनोटमा व्यस्त

Breaking News 1, Breaking News 2, Breaking News 3, कर्णाली प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
काठमाण्डौ – आउँदो मङ्सिर १६ गते हुने पालिकाको उपचुनावका लागि दलहरु उम्मेदवार छनोटमा व्यस्त भएका छन् । मङ्सिर २ गते उम्मेदवार मनोनयन दर्ता कार्यक्रम भएकाले दलहरु तयारीमा लागेका हुन् । काठमाण्डौको कीर्तिपुर नगरपालिकाका मेयर, दैलेखको महाबु गाउँपालिका अध्यक्ष र मोरङको ग्रामथान गाउँपालिका अध्यक्षसहित पालिकाका रिक्त ४४ पदमा उपचुनाव हुन लागेको हो । यसअघि पालिकाका ३९ पदमा उपचुनाव हुने भनिए पनि घोषणा भइसकेपछि थप ५ पद रिक्त हुन पुगेकाले सबै ४४ पदमा उपचुनाव हुने आयोगले जनाएको छ । आयोगका अनुसार एक नगरपालिकाका मेयर र दुई गाउँपालिकाका अध्यक्षसहित जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपाालिका उपाध्यक्ष, पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष र बाँकी वडाध्यक्ष पदका लागि उपचुनाव हु...
रविलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालत लगिँदै

रविलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालत लगिँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि म्याद थपका लागि आज फेरि कास्की जिल्ला अदालतमा लगिने भएको छ । रास्वपाको पार्टी कार्यालयबाटै कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको समेत साथ लिएर सम्पत्ति शुद्धीकरणमा लामिछानेको कारोबार खोजी गरेको हो । सीआईबीको अनुसन्धान टोलीलाई साथमै लिएर लामिछानेका आफन्तका कारोबार तथा विदेश रकम पठाएको तथ्यसमेत खोजी गर्ने काम भइरहेको अनुसन्धानमा संलग्न अधिकृतले जानकारी दिएका छन् । गोर्खा मिडिया ग्रुपकै अर्का सञ्चालक छविलाल जोशी पनि कास्की प्रहरीकै हिरासतमा छन् । जोशीको बयान ल...
दैलेखमा चट्याङ लागेर ६ जना  किशोरी घाइते

दैलेखमा चट्याङ लागेर ६ जना किशोरी घाइते

Breaking News 1, Breaking News 2, Breaking News 3, कर्णाली प्रदेश, घटना, ट्रेन्डिङ, ताजा अपडेट, दैलेख
दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकाका–५ साँङ्गखोला टोलका ६ जना किशोरीहरु चट्याङ  लागेर घाइते भएका छन् । हिजो बेलुका बडालेख जङ्गलमा गाईवस्तु चराएर फर्किदै गर्दा हुलाकडाँडा टाकुरामा परेको चट्याङले उनीहरु घाइते भएका हुन् । घाइते हुनेहरुमा १६ वर्षीया तारा भन्ने सङ्गीता मगर, १७ वर्षीया बिष्णु, १२ वर्षीया करिष्मा मगर, १४ वर्षीया विपना थापा, १६ वर्षीया सम्झना मगर र १४ वर्षीया चेतना मगर रहेका भगवतीमाई गाउँपालिकाका–५ का कार्यवाहक वडाध्यक्ष भक्तबहादुर बिकले जानकारी दिनुभयो । उनीहरु एकै ठाउँ झुम्मिएर उभिएकै ठाउँमा चट्याङ  परेको र एकैसाथ किशोरीहरु ढलेका थिए । पाँच जनाको उपचार दैलेख अस्पतालमा चलिरहेको छ भने गम्भीर घाइते सङ्गीता मगरलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको छ ।...
चार दिनसम्म धुमधामका साथ मनाइने छठ पर्व आजदेखि विधिपूर्वक शुरू

चार दिनसम्म धुमधामका साथ मनाइने छठ पर्व आजदेखि विधिपूर्वक शुरू

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार
महोत्तरी – मिथिलासहित तराई/मधेसमा मनाइने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक शुरू भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व विशेषगरी तराई/मधेसका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिला क्षेत्रमा धुमधामका साथ मनाउने गरिन्छ । पारिवारीक सुख, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु छठ पर्वको मुख्य विशेषता रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताउनुभयो । छठमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छ । पहिलो दिन आज नहा खा अर्थात् नुहाएर खाने गरिन्छ । दोस्रो दिन भोलि बुधवार खरना हुन्छ । अनि राति अरवा अरबाईन (नुन नभएको) खानेकुरा खाने चलन छ । त्यस्तै षष्ठीका दिन अर्थात् बिहीवार बेलुका गहुँ र चामल ओखल, जातो वा...
हुम्लाको खच्चा सडकमा सास्ती : डोजरको सहयोगमा मालबाहक ट्रक पास गर्नुपर्ने बाध्यता

हुम्लाको खच्चा सडकमा सास्ती : डोजरको सहयोगमा मालबाहक ट्रक पास गर्नुपर्ने बाध्यता

Breaking News 1, Breaking News 2, Breaking News 3, कर्णाली प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, हुम्ला
हुम्ला – निरन्तरको सुख्खा पहिरोले हुम्लाको खच्चामा सडक नियमित सञ्चालनमा ल्याउन समस्या भएको छ । कर्णाली करिडोरअन्तर्गत हुम्लाको कुवाडीखोलाबाट खार्पुनाथसम्म नियमित रूपमा गाडी सञ्चालनमा ल्याउन सर्केगाड–१ जैरीको खच्चा सडकले अबरोध गरेको छ । नेपालगञ्ज, सुर्खेतबाट पुग्ने गरेका मालबाहक ट्रकहरु प्रायः खच्चामा रोकिनुपर्ने अवस्था छ । सडकको कच्ची भागमा नियमितजसो सुख्खा पहिरो खस्ने गरेको छ । स्थानीय होटल सञ्चालक डिलबहादुर बुढाले पहिरोले निक्कै सास्ती दिएको बताउनुभयो । सामान ल्याएर खच्चामै थन्कीदा घाटा हुने भएकाले पैसा उठाएर कामदार र डोजरलाई तिरेर सडक बनाउने गरेको सर्केगाडका व्यवसायी लक्ष्मण फडेराले गुनासो गर्नुभयो । सरकारी निकायबाट ढिलासुस्ती हुने गरेको छ । सडक मर्मतमा ढिला हुँदा सामान बिग्रने जोखिम हुन्छ । खच्चा सडक खण्डलाई नियमित गर्न बैकल्पीक सडकको व्यवस्थापन गर्न माग हुँदै आएको छ । सडक विभागब...
कैलालीबाट जुवा र कौडा खेल्ने २८ जना पक्राउ

कैलालीबाट जुवा र कौडा खेल्ने २८ जना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी। कैलालीबाट जुवा र कौडा खेल्ने २८ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका- ७ गौरीचोकबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी)  कबिन्द्रसिंह बोहोराले स्थानीय सुरेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमवार बिहान उनीहरूलाई पक्राउ गरिएको बताए। उनीहरूको साथबाट ८८ हजार दुई सय नगद र दुई गड्डी तास बरामद गरिएको बोहोराले बताए। यस्तै, कौडा खेलिरहेको अवस्थामा २० जनालाई पक्राउ गरिएको छ। गौरीगंगा नगरपालिका–१ को गोप्कामा भैरव चन्दले सञ्चालन गरेको रोयल फेमली रेष्टुरेन्ट एण्ड बारमा कौडा खेलिरहेका २० जनालाई पक्राउ गरिएको डीएसपी बोहोराले बताए। उनीहरूको साथबाट ६ थान कौडा, ७९ हजार ९११ रूपैयाँ नगद र १८ वटा मोबाइल बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज