Advertisement

तिहारको मुख्य दिन आज भाइटीका : ११ बजेर ३७ मिनेटको समय उत्तम

Advertisement

काठमाण्डौ – यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटीका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । यसरी पूजा गरी टिका लगाउनाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ३७ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताउनुभयो । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको अधिकारीले जानकारी दिनुभयो ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवम् सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवम् सामाजिक परम्परा छ । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । केही नेवार समुदायले हिजो नै किजापूजा गरेका छन् ।

कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

सुनिता र बुच नौ महिनापछि अन्तरिक्षबाट पृथ्वीमा फर्किए

सुनिता र बुच नौ महिनापछि अन्तरिक्षबाट पृथ्वीमा फर्किए

एजेन्सी- अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर नौ महिना अन्तरिक्षबाट फर्किएका छन् । भारतीय समयअनुसार बिहान ३ बजेर २७ मिन...
ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका भट्ट निर्वाचित

ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका भट्ट निर्वाचित

धनगढी- कैलालीको धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसं...
बैतडीका ५ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु ३, नेविसंघ २,  एक क्याम्पसमा आज निर्वाचन हुँदै

बैतडीका ५ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु ३, नेविसंघ २, एक क्याम्पसमा आज निर्वाचन हुँदै

धनगढी- बैतडीमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तरगतका ५ वटा क्याम्पसमा स्ववियु निर्वाचनको अन्तिम नजिता सार्वजनिक भएको छ । सा...
कैलालीका ८ क्याम्पसकाे स्ववियु नतिजा सार्वजनिक: ४ मा नेविसंघ र ४ मै अखिल क्रान्तिकारी विजयी

कैलालीका ८ क्याम्पसकाे स्ववियु नतिजा सार्वजनिक: ४ मा नेविसंघ र ४ मै अखिल क्रान्तिकारी विजयी

धनगढी-  कैलालीमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) काे नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएका ८ क्याम्पसकाे अन्तिम नतिजा सार्वजन...
आज सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना

आज सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना

काठमाडौं- हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ भने हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...
ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघको अग्रता कायमै

ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघको अग्रता कायमै

धनगढी- कैलालीको धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली कांग्रेस निकट नेप...
कञ्चनपुरका स्ववियु निर्वाचन सम्पन्न ६ क्याम्पस मध्य ४ मा नेविसंघ र २ मा अखिल क्रान्तिकारी विजयी

कञ्चनपुरका स्ववियु निर्वाचन सम्पन्न ६ क्याम्पस मध्य ४ मा नेविसंघ र २ मा अखिल क्रान्तिकारी विजयी

धनगढी- कञ्चनपुरका ६ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालय ...
बझाङको त्रिवेणी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलनै विजयी, सभापतिमा बोहरा

बझाङको त्रिवेणी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलनै विजयी, सभापतिमा बोहरा

धनगढी- बझाङकाे बुंगल नगरपालिकामा रहेकाे त्रिवेणी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ नेविसंघको प्यानलनै विजयी भएको छ । मंगलबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज