व्यवसायी भन्छन् : व्यवसाय सुकिसकेको थियो, अहिले जेनेरेटर र इन्भर्टरको माग बढ्दा खुसी छौं
नेपाल विद्युत प्राधिकरणमा नेतृत्व परिवर्तन भएपछि अघोषित लोडसेडिङ भएको गुनासो अधिकांशको छ । नेपाल विद्युत प्राधिकरणका यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले हितेन्द्रदेवलाई जिम्मेवारी दिएपछि अहिले अघोषित रूपमा लोडसेडिङ भएको बुझाइ अधिकांशको छ ।
यो गुनासो शुक्रबार प्राधिकरणसम्मै पुग्यो । शाक्यले श्वेतपत्र जारी गर्न बोलाएको पत्रकार सम्मेलनमा एक सर्वसाधारणले पछिल्लो पटक नियमित लोडसेडिङ भएको गुनासो गर्दै लोडसेडिङको तालिका नै सार्वजनिक गर्न शाक्यसमक्ष आग्रह गरे ।
प्रश्नोत्तर सत्रमा फ्लोरबाट प्रश्न राख्दै ती सहभागीले भने,‘पछिल्लो समय लोडसेडिङ भइरहेको छ, अघोषित लोडसेडिङ हुनुभन्दा तालिका नै सार्वजनिक गर्दा राम्रो होला,’ उनले कार्यक्रममा भने ।
उनको सो प्रश्नपछि प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले पहिलाको तुलनामा बढी बिजुली जाने समस्या नरहेको सुनाए । ‘विभिन्...












