निर्वाचनमा पैसा खाने ५७ काँग्रेसीको सूची आलेले शाहलाई दिए
धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी रकम बाँडिएको विषय सार्वजनिक भएपछि राजनीतिक वृत्तमा चर्चा चुलिएको छ। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आलेमगर ले प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा ५७ जना काँग्रेसीलाई रकम दिएको दाबी गरिएको छ।
नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका नरनारायण शाह ले एक सञ्चार माध्यमसँग कुराकानी गर्दै उक्त दाबी गरेका हुन्। उनका अनुसार आलेले आफूलाई भेटेर पैसा बुझ्ने ५७ जनाको नामावलीसमेत दिएको बताएका छन्। शाहले नेतृत्व तहकै केही नेताहरूले पनि आलेबाट रकम बुझेको दाबी गरे।
तर, उनले कस–कसले रकम बुझे भन्ने विषय भने सार्वजनिक गरेका छैनन्। नाम सार्वजनिक गरे पार्टीमै गम्भीर असर पर्ने भन्दै उनले विवरण गोप्य राखेको बताएका छन्। चुनावमा पैसाको चलखेलबारे सोधिएको प्रश्नमा शाहले आले स्वयंले काँग्रेसीहरूको सूची दिएको दाबी गरेका हुन्, तर कसले कति रकम लिएको भ...












