Advertisement

Breaking News 1

इनिशा बिकको न्यायका लागि धनगढीको सडकमा युवाहरू

इनिशा बिकको न्यायका लागि धनगढीको सडकमा युवाहरू

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- हालै बलात्कारपछि हत्या गरिएकी इनि सा बिकको घटनाले देशभर आक्रोश बढिरहेका बेला धनगढीमा युवाहरूले विरोध प्रदर्शन गरेका छन्। पीडितलाई न्याय दिलाउन माग गर्दै सयौं युवाहरू सडकमा उत्रिएका हुन्। प्रदर्शनकारीहरूले दोषीलाई कडा कारबाही गर्न, अनुसन्धान निष्पक्ष र छिटो सम्पन्न गर्न तथा यस्ता घटनाको पुनरावृत्ति रोक्न सरकारसँग माग गरेका छन्। “हामीलाई न्याय चाहियो” लगायतका नारा लगाउँदै उनीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका थिए। उक्त आन्दोलनका क्रममा युवाहरूले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र (ग्यापन पत्र) समेत बुझाएका छन्। ज्ञापनपत्रमा दोषीलाई कानुनी दायरामा ल्याई कडा सजाय दिन र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरिएको छ। स्थानीय प्रशासनले घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जानकारी दिँदै दोषीलाई कानुनी कारबाही गरिने प्रतिबद्धता जनाएको छ। यस घ...
गौरीगंगाको मोहन्याल माध्यमिक विद्यालयको वार्षिकोत्सव सम्पन्न

गौरीगंगाको मोहन्याल माध्यमिक विद्यालयको वार्षिकोत्सव सम्पन्न

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
बढैपुर - कैलालीको गौरीगंगा नगरपालिका ५ मा रहेको मोहन्याल माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। सोमबार गौरीगंगा नगरपालिका- ५ अण्डैयास्थित मोहन्याल माध्यमिक विद्यालयको ४२ औं  वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। समारोहका प्रमुख अतिथि प्रदेश सभा सदस्य तुलसी देवकोटाले शिक्षाको गुणस्तर सुधारमा सबैको साझा प्रयास आवश्यक रहेको बताए । उनलेे सामुदायिक विद्यालयलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन स्थानीय सरकार, विद्यालय प्रशासन, शिक्षक तथा अभिभावकबीच सहकार्य हुनुपर्ने धारणा व्यक्त गरे । देवकोटाले “विद्यार्थीहरू राष्ट्रको भविष्य भएकाले उनीहरूको उज्ज्वल भविष्य निर्माणका लागि गुणस्तरीय शिक्षा अपरिहार्य छ,” भन्दै विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आफू...
बझाङका उच्च लेकाली भेगमा हिमपात

बझाङका उच्च लेकाली भेगमा हिमपात

Breaking News 1, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
बझाङ-  जिल्लाका उच्च लेकाली भेगमा गएराति वर्षासँगै हिमपात भएको छ। गत माघ दोस्रो सातापछि पुनः हिमपात भएको हो। हिमपात जिल्लाका साइपाल, सुर्मा, छबिसपाथिभेरा, दुर्गाथली, बुङ्गल नगरपालिका, केदारस्यूँ र सप्तडछान्ना गाउँपालिकाका लेकाली क्षेत्र तथा गाउँहरूमा परेको स्थानीय अमर धामीले जानकारी दिएका छन्। हिमपातसँगै चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ भने आवतजावतमा समेत समस्या देखिएको छ। यद्यपि, वर्षासँगै परेको हिमपातले हिउँदे बालीका लागि भने लाभदायक हुने अपेक्षा गरिएको छ, जसले किसानमा उत्साह थपेको छ।...
बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु

बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको थलारा गाउँपालिका- २ कि महामती देवी ऐडीको भीरबाट लडेर मृत्युु भएको हो । ४३ वर्षीया ऐडीको आइतबार कुम्ल भन्ने स्थानमा घाँस काट्ने क्रममा भीरबाट लड्दा घटना स्थलमै मृत्यु भएको वडा सचिव नवराज गिरिले जानकारी दिए । मृतकका ऐडीका घरमा श्रीमान दुई छोरा र एक छोरी रहेका छन ।...
वर्षासँगैको हुरीले दुर्गाथलि-६ स्वास्थ्य केन्द्रको सोलार उडायो, सेवा प्रभावित हुने जोखिम

वर्षासँगैको हुरीले दुर्गाथलि-६ स्वास्थ्य केन्द्रको सोलार उडायो, सेवा प्रभावित हुने जोखिम

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङको दुर्गाथलि गाउँपालिका-६ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा जडान गरिएको सोलार प्रणालीमा हावाहुरीले पूर्ण रूपमा क्षति पुर्‍याएको छ। गएराति परेको वर्षासँगै आएको हावाहुरीले स्वास्थ्य केन्द्रमा जडान गरिएका सोलार प्यानल (पाता) उडाएर नष्ट पारेको हो। राति तिव्र गतिमा आएको हावाहुरीले स्वास्थ्य केन्द्रमा जडान गरिएको २ किलो वार्ड सोलारको ८ वटै प्यानल (पाता) उडाउँदा पूर्णरूपमा क्षति भएको केन्द्रका प्रमुख लालबहादुर धामीले जानकारी दिनुभयो । सोलार प्रणालीमा क्षति पुगेपछि स्वास्थ्य चौकीको सेवा प्रवाह प्रभावित हुने चिन्ता बढेको छ। उक्त स्वास्थ्य चौकीमा विद्युत् आपूर्ति मुख्यतः सोलारमार्फत हुने भएकाले अहिले सेवा सञ्चालनमा कठिनाइ हुने अवस्था देखिएको छ।...
जीर्ण भवनमा सञ्चालन भइरहेको भवानी माविको माननीय ऐन महरद्वारा अनुगमन

जीर्ण भवनमा सञ्चालन भइरहेको भवानी माविको माननीय ऐन महरद्वारा अनुगमन

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाको थलारा गाउँपालिका ७ माडुकाट्नेमा रहेको भवानी माध्यमिक विद्यालयको अवस्था निकै दयनीय बनेको छ । केही वर्षअघि गएको भूकम्पले क्षतिग्रस्त बनाएको जीर्ण भवनमै बसेर यहाँका विद्यार्थीहरू पठनपाठन गर्न बाध्य भएका छन् । कक्षा १२ सम्म अध्ययन हुने यस विद्यालयमा करिब चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् तर सुरक्षित र व्यवस्थित भवनको अभावका कारण विद्यार्थीहरूले जोखिमपूर्ण वातावरणमै पढ्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन् । भूकम्पपछि भवनमा चिरा परेका कारण विद्यालयको संरचना कमजोर बन्दै गएको छ । वर्षायाममा पानी चुहिने र भवन भत्किने जोखिमका कारण विद्यार्थी तथा शिक्षकहरू त्रासपूर्ण वातावरणमै पठनपाठन सञ्चालन गरिरहेका छन् । यसैबीच बझाङका माननीय ऐन महर ले विद्यालयको जीर्ण भवनको अनुगमन गरेका छन् । निर्वाचन जितेपछि जिल्लाका विभिन्न समस्या नजिकबाट बुझ्न गाउँगाउँ पुग्ने क्रममा उनले भवानी...
अस्ट्रेलियाको एजवर्थमा ‘लेकाली स्ट्रीट फुड’ सञ्चालनमा

अस्ट्रेलियाको एजवर्थमा ‘लेकाली स्ट्रीट फुड’ सञ्चालनमा

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्य अन्तर्गत एजवर्थमा नेपाली स्वादका परिकार उपलब्ध गराउने ‘लेकाली स्ट्रीट फुड’ रेस्टुरेन्ट सञ्चालनमा आएको छ। शनिबार आयोजित कार्यक्रमबीच रेस्टुरेन्टको उद्घाटन गरिएको हो। उक्त रेस्टुरेन्टमार्फत नेपाली मौलिक स्वादका परिकारहरू प्रवद्र्धन गर्ने उद्देश्य राखिएको सञ्चालकले बताएका छन्। यहाँ विशेषगरी ताजा मोमो, सबै शुद्ध नेपाली परिकार तथा हिमाली स्वादका परिकारहरू ग्राहकलाई उपलब्ध गराइने जनाइएको छ। शनिबार दिउँसो १ बजे आयोजित उद्घाटन कार्यक्रममा स्थानीय बासिन्दा तथा नेपाली समुदायका सदस्यहरूको सहभागिता रहेको थियो। आयोजकले नेपाली स्वाद र संस्कृतिको झल्को दिने परिकारहरूको अनुभव लिन सबैलाई आमन्त्रण गरेका छन्। रेस्टुरेन्ट एजवर्थस्थित Unit 2/13 Arnott Street मा सञ्चालनमा आएको हो। रेस्टुरेन्ट सम्बन्धी थप जानकारीका लागि 0449910977 नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ। यसको...
पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान नेपाल कोरियामैत्री अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन् ।...
समानुपातिकतर्फको सिट बाँडफाँट, कुन दललाई कति ?

समानुपातिकतर्फको सिट बाँडफाँट, कुन दललाई कति ?

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डौ- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फको सिट बाँडफाँट गरेको छ । यसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृति पार्टीले ४ र राप्रपाले ४ सिट प्राप्त गरेका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ६ सय १७ मतदान भएकोमा १ करोड ८ लाख ३५ हजार २५ मत सदर भएको आयोगले जनाएको छ । दलहरूले प्राप्त गरेको कुल सदर मत संख्याका आधारमा प्रचलित निर्वाचन कानुनबमोजिम तोकिएको थ्रेस होल्ड (३ प्रतिशत) पार गर्ने ६ दलले पाउने सिट निर्धारण गरिएको हो । आयोगले ३ दिनभित्र उम्मेदवारको नाम छनोट गरी आयोगसमक्ष पेश गर्न हिजो नै दलहरूलाई पत्राचार गरेको जनाएको छ । समानुपातिकतर्फको औपचारिक नतिजा घोषणासँगै प्रतिनिधिसभामा ६ दल हुने निश्चित भएको छ । रास्वपाको प्रत्यक्षतर्फ १ सय २५ र समानुपातिकतर्फ ...
अछाम अस्पतालमा घोटाला : बिरामीलाई सिटामोल छैन, स्टोरबाट ५० लाखका औषधि गायब

अछाम अस्पतालमा घोटाला : बिरामीलाई सिटामोल छैन, स्टोरबाट ५० लाखका औषधि गायब

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
अछाम- अछाम जिल्ला अस्पतालमा लामो समयदेखि चरम बेथिति चलिरहेको खुलासा भएको छ । बेथितिको सीमा यतिसम्म छ कि १८ लाख नगद हिनामिना मात्र भएको छैन ५० लाख बराबरको औषधि समेत गायब पारिएको छ । तर बिडम्बना दुर्गम गाउँबाट घण्टौं पैदल हिँडेर आउने बिरामीले सिटामोल समेत नपाउने अवस्था छ । सरकारी फार्मेसीमा निस्शुल्क पाउनुपर्ने सिटामोल र जीवन रक्षक औषधिहरू ‘स्टक छैन’ भन्दै बिरामीलाई निजी मेडिकलतिर पठाउने गरिन्छ । यता, अस्पतालको स्टोरबाटै झन्डै ५० लाख मूल्य बराबरको औषधि र उपकरण रहस्यमय ढंगले गायब पारिएको तथ्य सार्वजनिक भएको छ । चिकित्सक र राजनीतिक संरक्षणप्राप्त कर्मचारीहरूको मिलेमतोमा अस्पतालको बेहाल पारिएको छ । घोटालामा अस्पतालका उच्चपदस्थ कर्मचारी, राजनीतिक पहुँच भएका प्रशासक र स्टोर प्रमुखको प्रत्यक्ष संलग्नता रहेको स्रोतको दाबी छ । अस्पताल स्रोतका अनुसार पछिल्लो दुई आर्थिक वर्षमा मात्रै १८ लाख ७...
प्रतिनिधिसभामा सीमान्तकृत समुदायको प्रतिनिधित्व कमजोर

प्रतिनिधिसभामा सीमान्तकृत समुदायको प्रतिनिधित्व कमजोर

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डाै– प्रतिनिधिसभामा सीमान्तकृत समुदायको उपस्थिति अपेक्षाकृत रूपमा कमजोर देखिएको छ । प्रतिनिधिसभा सदस्य चुनावकाे प्रत्यक्षतर्फ १६५ सिटमध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) मात्रै सीमान्तकृत समुदायका उम्मेदवार निर्वाचित भएका छन् । त्यस्तै आदिवासी जनजाति २६ जना (१५.७६ प्रतिशत), मधेशी २८ जना (१६.९७ प्रतिशत), थारू पाँच जना (३.०३ प्रतिशत), मुस्लिम चार जना (२.४२ प्रतिशत) र दलित एक जना (०.६१ प्रतिशत) मात्र निर्वाचित भएका छन् । सीमान्तकृत समुदायभित्र पनि झन्डै १३.४ प्रतिशत जनसङ्ख्या भएको दलित समुदायको प्रतिनिधित्व झन् कमजोर देखिन्छ । समानुपातिकतर्फ दलहरूले पाएको मतका आधारमा दलित क्लस्टरबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सात महिला र दुई पुरुष गरी नौ जना, नेपाली कांग्रेसबाट दुई महिला र एक पुरुष, नेकपा (एमाले) बाट एक महिला तथा नेकपाबाट एक महिला गरी जम्मा १४ जना प्रतिनिधिसभामा आउने द...
आज विश्व मिर्गाैला दिवस

आज विश्व मिर्गाैला दिवस

Breaking News 1, समाचार, स्वास्थ्य
काठमाण्डाै- आज विश्व मिर्गाैला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीवार यो दिवस मनाइन्छ । यो दिवसको मुख्य उद्देश्य मिर्गाैला स्वास्थ्यसम्बन्धी जनचेतना जगाउनु र यसका रोगहरूको जोखिम कम गर्नु हो । मिर्गाैला शरीरको निकै संवेदनशील अङ्ग हो जसको हेरचाह र प्रारम्भिक परीक्षणले रोग लाग्नबाट जोगाउन सक्छ । यो दिवसले मिर्गाैला स्वास्थ्यप्रति सचेत रहन र स्वस्थ्य जीवनशैली अपनाउन जोड दिन्छ । नेपालमा झन्डै ३० लाखभन्दा धेरै मानिसमा मिर्गाैलासम्बन्धी समस्या भएको अनुमान छ भने वर्षेनि ३ हजार जनाकाे मिर्गाैला फेल हुने गरेको छ । मिर्गाैला बिग्रिन सक्ने विभिन्न कारणहरू भएकाले यसको विशेष हेरचाह र सचेतना आवश्यक छ । मिर्गाैला रोगका लक्षणहरू नदेखिँदै यसको जोखिम बढ्न सक्ने भएकाले समयमै परीक्षण गराउनुपर्ने डाक्टरहरूको सुझाव छ । मिर्गाैला स्वस्थ्य राख्न हरेक दिन क...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज