Advertisement

Breaking News 1

सुदूरपश्चिमका स्वास्थ्यकर्मीको आन्दोलन: आकस्मिक बाहेकका सेवा ठप्प

सुदूरपश्चिमका स्वास्थ्यकर्मीको आन्दोलन: आकस्मिक बाहेकका सेवा ठप्प

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
धनगढी- सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरू प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ऐनमा विभेद गरिएको भन्दै आन्दोलनमा उत्रिएका छन्। उनीहरूले आजदेखि आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गरेका छन्। स्थानीय तह स्वतन्त्र स्वास्थ्यकर्मी संघर्ष समितिका अनुसार न्यायोचित माग समेटेर प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाए पनि बेवास्ता गरेपछि सेवा ठप्प पार्नुपरेको हो। समितिका संयोजक राजेन्द्रसिंह साउँदले समायोजन ऐन २०७५ र स्वास्थ्य सेवा ऐन २०५३ अनुसार तह वृद्धि र पदनाम कायम गर्नुपर्ने माग दोहोर्‍याएका छन्। बैतडीको भौनेली स्वास्थ्यचौकी प्रमुख सुरेन्द्रसिंह महराका अनुसार सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेक सबै सेवा बन्द छन्। स्वास्थ्यकर्मीहरूले समायोजन प्रक्रियामा सुरु देखिनै विभेद भएको र अहिलेको ऐनले पनि समान व्यवहार नगरेको आरोप लगाएका...
कञ्चनपुरमा जंगली हात्तीको आतंक, स्थानीय त्रसित

कञ्चनपुरमा जंगली हात्तीको आतंक, स्थानीय त्रसित

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका बासिन्दा जंगली हात्तीको आतंकबाट त्रसित भएका छन्। साउन २ गते मध्यरातमा एउटा हात्तीले मन्सरादेवी साउदको घर भत्काई अन्नपात सखाप पारेपछि त्रास झनै बढेको हो। मन्सरा साउदका अनुसार राति १ बजे घरको पर्खाल हल्लिएपछि उनी छोरासहित भागेर छिमेकीकहाँ शरण लिइन्। हात्तीले घर भत्काएर भित्रको खाद्यान्न खाएर बाँकी नष्ट गरेको उनले बताइन्। छिमेकी देवकी भट्टका अनुसार हात्तीले मन्सराको घरमात्रै तोडफोड गर्छ, वरिपरिका घरलाई छुँदैन। गत वर्ष पनि मन्सराकै खेतको धान सखाप बनाएको थियो। यस्तै, केही दिनअघि मणि साउदको घरमा पनि हात्तीले क्षति पु¥याएको छ। स्थानीय गौरी साउदले बस्तीमा सडकबत्ती नहुँदा राति खतरा थपिएको बताइन्। अँध्यारोमा हात्ती आएको थाहा नहुने र क्षति भएपछि मात्र जानकारी हुने भएकाले ज्यान जोगाउन गाह्रो हुने गरेको छ। ऐश्वर्या सामुदायिक वनको सीमामा प...
बझाङको चैनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ

बझाङको चैनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ– बझाङको सदरमुकाम चैनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित सन्दीपन बोहराको कोठाबाट करिब १०० ग्राम लागुऔषध बरामद गरिएको हो। प्रहरीले २४ वर्षीय सन्दीपन बोहरा र सुर्मा गाउँपालिका–२ का २८ वर्षीय सागर बोहरालाई सोही कोठामा लागुऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय, बझाङले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।...
देशभर मनसुनी प्रभाव, पहाडी क्षेत्रहरूमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव, पहाडी क्षेत्रहरूमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम तथा मध्य नेपालमा सामान्यभन्दा उत्तरतिर, र पूर्वी भागमा सरदर स्थानको आसपासमा रहेको छ। यसको प्रभावले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायतका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो: अधिकांश पहाडी भूभागमा तथा केही अन्य स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र कोशी, बागमती तथा गण्डकी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हिमपातसहितको वर्षा हुन सक्नेछ। राति: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ। सावधानी: कोशी, बागमती, गण्डकीलगायत पहाडी क्षेत्रहरूमा भारी वर्षाक...
नेपाल खेलकुद महासङ्घ बझाङको अध्यक्षमा पुनः दौल्याल

नेपाल खेलकुद महासङ्घ बझाङको अध्यक्षमा पुनः दौल्याल

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ– नेपाल खेलकुद महासङ्घ जिल्ला कमिटी बझाङको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले नरेन्द्र दौल्याललाई दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्विरोध चयन गरेको हो। उपाध्यक्षमा सुनिल बोहरा र आरती भण्डारी, सचिवमा प्रदीप खड्का (पुनः चयन), उप–सचिवमा सुनिल धामी र करनकान्त जोशी तथा कोषाध्यक्षमा दीपक विष्ट निर्वाचित भए। सदस्यमा १५ जना चयन भएका छन्। कार्यक्रममा प्रदेश अध्यक्ष प्रकाश चन्दले बधाई दिँदै बझाङलाई खेलकुदमा उदाहरणीय बनाउने अपेक्षा राखे। नेकपा एमाले बझाङ अध्यक्ष दिलबहादुर भण्डारीले पनि सफल कार्यकालको शुभकामना व्यक्त गरे। अधिवेशनमा खेलकुद क्षेत्रका अगुवा, संघ–संस्थाका प्रतिनिधि, पत्रकार र युवाहरूको उपस्थिति थियो।...
बझाङको ‘मिनी खप्तड’- बित्थडको सरसफाइ, पर्यटकको आकर्षण बढ्दै

बझाङको ‘मिनी खप्तड’- बित्थडको सरसफाइ, पर्यटकको आकर्षण बढ्दै

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–१ मा अवस्थित पर्यटकीय स्थल मिनी खप्तड का रूपमा परिचित माथिल्लो बित्थड क्षेत्रमा सरसफाइ गरिएको छ। पर्यटकीय महत्व बोकेको यो क्षेत्र फोहोर तथा दुर्गन्धित बन्दै गएकाले सरसफाइ अभियान सञ्चालन गरिएको हो। शनिबार बित्थडचिर गाउँपालिका–१ का अध्यक्ष मानबहादुर बोहरा (मन्नो) को अगुवाइमा सरसफाइ गरिएको हो । कार्यक्रममा वडा नं. ४ का अध्यक्ष कलक बहादुर बोहरा, वडा नं. ६ का अध्यक्ष हरिश खड्का, अन्य जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जिल्ला खेलकुद समितिका पदाधिकारी, व्यापारी तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो। वडाध्यक्ष बोहराका अनुसार केही दिनअघि सम्पन्न क्रिकेट प्रतियोगितापछि क्षेत्रमा संकलित फोहोर व्यवस्थापन गरी बित्थडलाई स्वच्छ र आकर्षक बनाइएको हो। पछिल्लो समय बित्थड आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ। दैनिकजसो १०० भन्दा बढी पर्यटकहरू यो ...
केदारस्यूँमा बाल क्लब सञ्जाललाई तीनदिने नेतृत्व तथा संस्थागत विकास तालिम

केदारस्यूँमा बाल क्लब सञ्जाललाई तीनदिने नेतृत्व तथा संस्थागत विकास तालिम

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ— केदारस्यूँ गाउँपालिकाका बाल क्लब सञ्जाललाई लक्षित गर्दै तीनदिने नेतृत्व तथा संस्थागत विकाससम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिका भित्रका ९ वटै वडामा सक्रिय बाल क्लबका २५ जना पदाधिकारीलाई साउन १ गतेदेखि ३ गतेसम्म तालिम प्रदान गरिएको हो। बाल क्लबहरूलाई व्यवस्थित, प्रभावकारी र दिगो बनाउने उद्देश्यसहित आयोजित तालिममा सहभागीहरूलाई नेतृत्व क्षमता, क्लब सञ्चालन र व्यवस्थापन, निर्णय क्षमता तथा बाल अधिकार प्रवर्द्धनसम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो। तालिमले बालबालिकाको आत्मविश्वास र सक्रिय सहभागिता बढाउनुका साथै उनीहरूलाई जिम्मेवार र सचेत नागरिकका रूपमा तयार पार्ने अपेक्षा गरिएको छ। तालिममा सहभागी नमादेउ बाल सञ्जालका अध्यक्ष रोशन भट्टले भने, "यो तालिमबाट हामीले नेतृत्व गर्न सिक्यौं, टोलीमा कसरी काम गर्ने भन्ने बुझ्यौं र क्लबलाई अझ व्यवस्थित बनाउने योजना बनाएका छौं। अब समुदायमा ...
उच्च अदालत दिपायलमा आर्थिक वर्ष २०८१/०८३ मा ६५९ मुद्दा फर्छ्यौट, न्यायाधीश अभावले प्रभाव

उच्च अदालत दिपायलमा आर्थिक वर्ष २०८१/०८३ मा ६५९ मुद्दा फर्छ्यौट, न्यायाधीश अभावले प्रभाव

Breaking News 1, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डोटी- उच्च अदालत दिपायलले आर्थिक वर्ष २०८१/८२ मा जम्मा ८२६ थान मुद्दामध्ये ६५९ मुद्दा फर्छ्यौट गरेको छ। अदालतका रजिस्ट्रार तारदत्त वडुका अनुसार सो अवधिमा दर्ता भएका ७२७ मुद्दा र अघिल्लो वर्षबाट सरेका ९९ मुद्दा गरी कुल ८२६ मुद्दा रहेका थिए। तीमध्ये १६७ मुद्दा हालसम्म विचाराधीन रहेका छन्। रजिस्ट्रार वडुका अनुसार अघिल्लो आर्थिक वर्ष ०८०/८१ मा अदालतले ९०.४४ प्रतिशत मुद्दा फर्छ्यौट गर्दै १० वर्षकै उत्कृष्ट कार्यसम्पादन गरेको थियो। तर, गत वर्ष न्यायाधीशको दरबन्दीअनुसार पदपूर्ति नहुँदा एउटै इजलासले मात्र काम गर्नुपरेकोले कार्यसम्पादनमा कमी आएको हो। उच्च अदालतका न्यायाधीश डण्डपाणि शर्माका अनुसार न्यायाधीश अभावका कारण मुद्दा फर्छ्यौटका दर घट्दै ७९.७९ प्रतिशतमा सीमित भएको छ।...
धनगढीमा गाडिएको शव उत्खनन्, मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

धनगढीमा गाडिएको शव उत्खनन्, मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–१४ फूलबारीमा गाडिएको अवस्थामा भेटिएको एक पुरुषको शव प्रहरीले उत्खनन् गरेको छ। बिहीबार प्रहरीले ३५ वर्षीय गणेश गिरीको शव गाडिएको स्थानबाट बाहिर निकालेको हो। गिरीको शव परम्पराअनुसार अन्त्येष्टि गरिएको भनिए पनि पछाडि उनी हत्या गरेर गाडिएको खुलेपछि प्रहरीले उत्खनन् गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार असार २८ गते राति मृतकका भान्जा १८ वर्षीय प्रदीप बोहराले ‘एयरफोन चोरी गरेको’ आरोपमा कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते गिरीको असार ३० गते मृत्यु भएको थियो। हत्या भएको सूचना पाएपछि प्रहरीले गिरीका भान्जा प्रदीप बोहरा र मृतककै सहोदर भाई ३३ वर्षीय पदम गिरीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पदम गिरीले घटनामा मतियारको भूमिका खेलेका छन्। मृतकको शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ भने पक्राउ...
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाईन जहाजमा विमानचालक (पाइलट)को लापरबाही रहेको दुर्घटना जाँच आयोगको प्रतिवेदनले निष्कर्ष निकालेको छ। आयोगले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा पाइलट र एयरलाइन्स कम्पनीको त्रुटि औँल्याएको हो। आयोगले पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलाई प्रतिवेदन बुझाएसँगै मन्त्रालयले वेबसाइटमार्फत अन्तिम प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदन अनुसार सी–चेकका लागि गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज धावनमार्ग नजिकै दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार १८ जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनामा पाइलट मनीष शाक्य बाँच्नुभएको थियो। जहाज दुर्घटना भएकै दिन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन नेतृत्वमा जाँचबुझ आयो...
भारतको बिहारमा चट्याङले ३३ जनाको ज्यान गयो

भारतको बिहारमा चट्याङले ३३ जनाको ज्यान गयो

Breaking News 1, ताजा अपडेट, समाचार
भारतको बिहार राज्यमा बुधवार र बिहीवार आएको भीषण आँधीका क्रममा चट्याङ पर्दा कम्तीमा ३३ जनाको मृत्यु भएको छ। चट्याङ लागेर केही व्यक्ति घाइते भएका छन्। भारतको विपद् व्यवस्थापन विभागले बिहीवार विज्ञप्ति जारी गर्दै अधिकांश मृतकहरू खुला ठाउँमा काम गरिरहेका किसान तथा मजदुर रहेको जनाएको छ। बिहारका विपद् व्यवस्थापन मन्त्री विजयकुमार मण्डलले चट्याङसम्बन्धी पूर्वचेतावनीलाई गम्भीर रूपमा लिएर नागरिकलाई सुरक्षित रहन जिल्ला प्रशासनलाई निर्देशन दिएका छन्। पटनाको केही भागमा अझै भारी वर्षा र चट्याङको सम्भावना रहेको मौसम विभागले जनाएको छ। बिहारमा चट्याङका कारण सन् २०२३ मा २७५ र २०२४ मा हालसम्म २४३ जनाको मृत्यु भइसकेको तथ्यांक छ।...
देशभर मनसुनी प्रभाव, आज केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव, आज केही स्थानमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले आज र भोलि देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको छ। शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा केही अन्य भागहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। आज राति कोशी प्रदेशका धेरै स्थानमा, मधेश, बागमती र गण्डकीका केही स्थानमा तथा अन्य केही भागमा पनि वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकीका एक–दुई स्थानमा भारी वर्षा समेत हुन सक्ने पूर्वानुमान छ। उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। वर्षाका कारण भू–क्षय, बाढी, पहिरो, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रहरूमा डुबानको जोखिम बढ्न सक्ने...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज