वडामा छैनन् वडाध्यक्ष र सचिव, न्यूज लेख्दा आरोप र धम्की
Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, डोटी, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
डोटि: डोटिको शिखर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष धिर्क बहादुर सिंहले कामना टेलिभिजनमा प्रकाशित समाचारको खण्डन गर्दै प्रतिकारमा उत्रीएका छन् ।
कामना टेलिभिजनले गत भदौ १० गते स्थानीय संग सरोकार कार्यक्रमद्वारा ´डोटीको शिखर नगरपालिका का वडाअध्यक्ष को रजगज , वडावासी भन्छन "चुनाव जितेपछि वडाअध्यक्ष को वडा कार्यलयमा मुख हेर्न पाएको छैनौ वडामा कुनै काम पर्यो कि वडाअध्यक्ष को घर जान पर्छ कि नगरपालिका । " वडा कार्यालयमा नत वडाअध्यक्ष हुन्छन नत कर्मचारी नै हरिबिजोक ।` शिर्षकमा प्रशारण गरिएको समाचारको प्रतिकार गरेका हुन् ।
वडाध्यक्ष सिंहले कामना टेलिभिजन बाट प्रशारित उक्त भिडियोलाई र आफूमाथी लागेका आरोपलाई कमजोर बनाउन आफू निकटका व्यक्तीद्वारा सामाजिक संजालमा कामना टेलिभिजनका पत्रकारले आफ्ना विपक्षीद्वारा तेह्र लाख घुस खाएर समाचार लेख्को समेत आरोप लगाएका छन ।
को हुन् वडाध्यक्ष धिर्क बहादुर ...











