गोदावरी नगरपालिकाले प्लास्टिक प्रतिबन्धमा कडा गर्दै, थाल्यो अनुगमन
धनगढीः कैलालीको गोदावरी नगरपालिकाले प्लास्टिकको प्रतिबन्धमा कडाइ गर्दै लगेको छ। गोदावरीले नगरपालिका क्षेत्रमा प्लास्टिकका झिल्ली, झोला तथा अन्य बस्तुहरू प्रयोग, बिक्री–वितरणमा कडाइ गर्दै लगेको हो।
विज्ञापन
प्लास्टिक जन्य बस्तुमा प्रतिबन्ध सम्बन्धी ऐन, २०८० लाई पूर्ण पालना गर्ने नगरपालिकाले बताएको छ। नगरपालिका क्षेत्रमा प्लास्टिक जन्य बस्तुको प्रयोगमा रोक लगाइएको सुरुमा एक महिनाको सूचना सार्वजनिक गरिएको थियो। दोस्रो पटक १५ दिनको सूचना सार्वजनिक गरिएको थियो। २०८१ भदौ १७ गतेबाट नियमित बजार अनुगमन थालिएको नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख सुलोचना कुमारी खड्काले बताइन्। उनले भनिन्, ‘हामीले तीन दिनदेखि नियमित बजार अनुगमन गर्दै आएका छौ। केही क्षेत्रमा मात्र प्लास्टिकका बस्तुहरू फेला परेका छन्। हामीले अहिले जफत गरेका छैनौ। सुरुमा एक ...












