बझाङ : बझाङ जिल्लामा अखिल (क्रान्तिकारी) को आठौं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
जिल्लाकाे दुर्गाथली गाउँपालीकामा जिल्ला सम्मेलन सुरुभएकाे थियाे । जिल्ला भरिका अखिल (क्रान्तिकारी) मा आवद्ध युवाहरुकाे भेलाबाट जिल्ला समिति गठन गरिएको हाे ।
आठौं जिल्ला सम्मेलनमा माअाेवादी केन्द्रका नेताहरु उपस्थिति थिए भने अखिल क्रान्तिकारीले निर्विरोध जिल्ला कमिटी गठन गरेको नेतृ रुमला जार्गीले बताउनु भयाे । आज सर्वसम्मत निर्वाचित समितिमा अध्यक्ष बम बहादुर धामी ,उपाध्यक्ष हिमाल खड्का ,उपाध्यक्ष गिता रोकाया
सचिव राम ब बिक ,सह-सचिव बबिता जोशी
सहसचिव निखिल सार्की ,कोषाध्यक्षमा अंजना बि.कसहित ४५ सदस्य जिल्ला समिति गठन गरिएको माअाेवादीकी नेतृ रुमला जार्गीले बताउनु भयाे ।


