Advertisement

Breaking News 1

बझाङ्गी समाज जापानको अध्यक्षमा थापा

बझाङ्गी समाज जापानको अध्यक्षमा थापा

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
जापान : बझाङ्गी समाज जापानको अध्यक्षमा थापा चयन भएको छन । जापान स्थित बझाङ बासिले समुन्नत समाजकाे निर्माणका लाई केही गर्नुपर्ने भन्दै खप्तड छान्ना घर भएका रमेश थापालाई बझाङ्गी समाज जापानको अध्यक्षमा चयन गरिएको जनाएको छ । बझाङ्गी समाजले आयोजना गरेको दशैँ को सुभकामना आदानप्रदान कार्यक्रमको अवशर पारी बझाङ्गी समाजलाई संसारकै पहिलो केन्दिय संगठन जापानको टोकियो शहरमा निर्माण गरिएको कुरा अध्यक्ष रमेश थापाले जानकारी दिनु भयाे । थापाकाे अध्यक्षतामा ११ सदस्यीय कमिटीको निर्माण गरिएको हाे । जसमा उपाध्यक्षमा प्रकास जंग सिंह ( जयपृथ्वी नगरपालिका महासचिवमा जनक राज मण्डेल छबिसपाथीभार गाउँपालीका सचिवमा चादनी महर जयपृथ्वी नगरपालिका कोषाध्यक्षमा सृजना महर कठायत खप्तड छान्ना गाउँपालीका सदस्यहरु लक्ष्मी भण्डारी केदारस्यु गाउँपालीका सूर्य प्रकास उपाध्यय थलारा गाउँपालीका प्रवेश धामी साईपाल गाउँपालीका ...
महेन्द्रनगरबाट बैतडी हिँडेको बस मध्यराती डडेल्धुरामा दुर्घटना, ४ जनाको मृत्युु केही घाइते

महेन्द्रनगरबाट बैतडी हिँडेको बस मध्यराती डडेल्धुरामा दुर्घटना, ४ जनाको मृत्युु केही घाइते

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, घटना, ट्रेन्डिङ, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा : कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चाैँडीका लागि सवार यात्रुवाहक बस दुर्घटनामा परेको छ । यात्रुबाहक बस डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका ७ खस्रेखानमा मंगलबार राती साढे बाह्र बजे सडकबाट करिब तिनसय मिटर तल खसेर दुर्घटनामा परेको हो । पवनदुत यातायात प्रा.लि.को ना ८ ख १०७८ नम्बरको बस दुर्घटनामा परेको हो ।  दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने केही  घाइते भएका छन् । घाइते हुनेमा बैतडी पुर्चौडी नगरपालिका ७ बस्ने नवराज सआउँद, पुर्चौडी ६ बस्ने राजेन्द्र साउँद, कञ्चनपुर कृष्णपुर नगरपालिका ४ बस्ने दिनेश साउँद, डडेल्धुरा आलिताल गाउँपालिका १ बस्ने मुकुन्द बोहोरा, दार्चुला मार्मा ५ बस्ने बिमला महत, कञ्चनपुर कृष्नपुर नगरपालिका ५ बस्ने धनमति साउँद, पुर्चौडी ८ बस्ने पदम बहादुर बोहरा र बस चालक बिरेन्द्र बोहरा रहेका छन् । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ । &nbs...
पश्चिमी र स्थानीय वायुको प्रभाव : केही स्थानमा वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव : केही स्थानमा वर्षाको सम्भावना

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । सबै प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। भोलि बिहीबार कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।...
हेमा श्री फाउन्डेसन नेपाल गौरीगंगा-६,कैलाली द्वारा साफेँबगर नगरपालिका-१३,बावला,अछाम स्थित श्री जाल्पादेबी आधारभुत बिधालयमा शैक्षिक सामाग्री बितरण गरिएको छ।

हेमा श्री फाउन्डेसन नेपाल गौरीगंगा-६,कैलाली द्वारा साफेँबगर नगरपालिका-१३,बावला,अछाम स्थित श्री जाल्पादेबी आधारभुत बिधालयमा शैक्षिक सामाग्री बितरण गरिएको छ।

Breaking News 1, Breaking News 2, Breaking News 3, अछाम, मुख्य समाचार, शिक्षा, सुदूरपश्चिम
हेमा श्री फाउन्डेसन नेपाल गौरीगंगा-६,कैलाली द्वारा साफेँबगर नगरपालिका-१३,बावला,अछाम स्थित श्री जाल्पादेबी आधारभुत बिधालयमा शैक्षिक सामाग्री बितरण गरिएको छ। सो बिधालयमा अध्ययनरत बिपन्न,आर्थिक अवस्था न्यून,एकल परिवारका ३५ जना बिद्यार्थीहरु लाई झोला,कापी र कलम शैक्षिक सामाग्री बितरण गरिएको फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी(बाजे) ले बताउनु भएको छ। बिगतका दिनहरुमा पनि सामुदायिक बिधालयलाई सहयोग गर्दै आईरहेको र आगामि दिनहरुमा पनि सामुदायिक बिधालय हरुमा शैक्षिक सामाग्री,बिद्यार्थीहरु लाई पोसाक बितरण गर्ने,बालबालिका लागि अनाथालय तथा जेष्ठ नागरिक संरक्षण कार्य गर्ने भाबी योजना रहेको फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले बताउनु भएको थियो। कापी,कलम र झोला शैक्षिक सामाग्री पाएकोमा बिद्यार्थीहरु निक्कै हर्सित भएका थिए भने वडा अध्यक्ष रुप बहादुर कुँवरले आर्थिक स्थिती...
बझाङ घर भयका नरेन्द्रको स्कुटी अनियन्त्रित हुदा घटनास्थलमै मृत्यु

बझाङ घर भयका नरेन्द्रको स्कुटी अनियन्त्रित हुदा घटनास्थलमै मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, घटना, मुख्य समाचार, समाचार
बझाङ घर भयका नरेन्द्रको स्कुटी अनियन्त्रित हुदा घटनास्थलमै मृत्यु लबेंगलोरमा आफैले चलायको स्कुटी अनियन्त्रित हुदा बझाङका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुर्गाथली गाउँपालिका –१ थापागाउँ घर भएका ३६ वर्षका नरेन्द्र थापा (नरेश) रहेका छन । उनी हिजो दिउँसो तिर बैंगलुरुको चन्दापुरा बाट इलेक्ट्रोनिक सिटि तर्फ जानेक्रममा आफैले चलायको स्कुटी अनियन्त्रित भएर सोहि दिशामा गुडिरहेको टाइल्स बोकेर गइरहेको ट्रकको पछाडिको टायर मुनी टाउको पर्दा घटनास्थलमै मृत्यु भएको उनका आफन्तले बतायका छन मृतक थापाको टाउकोमा गम्भिर चोट लागेको जनाइएको छ । उनी २० बर्ष देखि परिवार सहित बेंगलोरमा रोजगारी गर्दै आएका थिए । ट्रक चालक लाई भने प्रहरीले थप अनुसन्धानको लागि नियन्त्रणमा लियको छ ।...

खेतमा काम गरिरहेका पुरूषमाथि गोली प्रहार

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, मुख्य समाचार
बर्दियामा गोली प्रहारबाट एक जना घाइते भएका छन्। गुलरिया नगरपालिका – ८ का ४० वर्षीय बलराम लोधमाथि गोली प्रहार हुँदा उनी घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरकाअनुसार घाइते लोधले आफू खेतमा काम गरिरहेको समयमा भारतीय वन रक्षक (फरेष्टरले) गोली हानेको बताएका छन्। ढाडमा गोलीका छर्रा लागेर घाइते भएका लोधलाई उनका आफन्तले आइतबार बेलुका ७ बजेतिर उपचारका लागि गुलरिया अस्पताल पुर्‍याएका थिए। अस्पताल लगिएपछि मात्रै प्रहरीलाई घटनाबारे थाहा भएको डिएसपी मगरले बताए।...
बझाङको खप्तडछान्नामा कार्यान्वयन भएन तोकिएको नयाँ भाडादर, सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार

बझाङको खप्तडछान्नामा कार्यान्वयन भएन तोकिएको नयाँ भाडादर, सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : खप्तडछान्ना गाउँपालिकामा मनोमानी भाडा अशुल्ने क्रम रोकिएको छैन् । केही दिन अघि जिल्ला प्रशासन कार्यालय बझाङ र जिल्ला ट्राफिक कार्यलयले जिल्ला भित्रका राजमार्ग र ग्रामिण रुटमा चल्ने सार्वजनिक सवारी साधन जीपको भाडादर कायम गरेको भएपनि जीप धनीहरुले भने अझै भाडादर लागु गरेका छैनन् । जिल्लामा सवारी साधनहरुले यात्रुहरुबाट चर्को भाडा लिइरहेको गुनासो गरेपछी जिल्ला प्रशनसन कार्यालयले सवारी साधनको भाडादर कायम गरी लागु गर्न निर्देशन दिएको थियो । तर सवारी धनीहरुले भने भाडादर कार्यन्वयन गरेका छैनन् । जिल्ला प्रशासन कार्यालय बझाङमा बसेको जिल्ला यातायात व्यवस्थापन समितीको बैठकले जयपृथ्वी राजमार्गमा प्रतिकिलोमिटरमा ९ रुपैयाँ र ग्रामीण सडक खण्डमा प्रतिकिलोमिटर २० रुपैयाँ भाडादर तोकेको थियो । तर जीप धनीहरुले पक्की सडक खण्डमा प्रतिकिलोमिटर १५ रुपैयाँ र कच्ची सडक खण्डमा प्रतिकिलोमिटर ३० देखि ५० रु...
झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको ज्यान गयो

झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको ज्यान गयो

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट
काठमाण्डौ – झापामा हिजो भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गएको छ । दुई घाइते भएका छन् । कमल गाउँपालिकामा दुई जना तथा मेचीनगर नगरपालिकामा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मेचीनगर–७ मा प्रदेश नम्बर १–०१–०१७ प ७४४ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्री मेचीनगर–७ का ५० वर्षीय विगेन राजवंशीको ज्यान गएको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । यो दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–६ का २० वर्षीय अभिषेक लिम्बू र मोटसाइकलको पछाडि रहेका २१ वर्षीय रमेश श्रेष्ठ घाइते भएका छन् । घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । यस्तै कमल–४ अमलडाँगीस्थित पूर्व–पश्चिम राजमार्गमा को २७ प ३५१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा शिवसताक्षी–८ का वर्ष ३३ वर्षीय अनिलकुम...
दशैं मनाउन गाउँघर पुगेका फर्किन थाले : आज पनि मान्यजन

दशैं मनाउन गाउँघर पुगेका फर्किन थाले : आज पनि मान्यजन

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मनोरञ्जन, मुख्य समाचार
काठमाण्डौ – दशैँका लागि गाउँघर पुगेका फर्किनेक्रम शुरु भएको छ । आजदेखि दशैँको बिदा सकिने र भोलिदेखि सरकारी कार्यालय तथा अन्य निकाय खुल्ने भएकाले पनि गाउँघर गएका धेरैजसो फर्किन थालेका हुन् । यसले गर्दा काठमाण्डौसँग जोडिएका मुख्य नाकामा यात्रु र गाडीको चाप हुन थालेको छ । तर यसपालि सडकको अवस्थाका कारण यात्रा निकै कष्टकर रहेको यात्रुको गुनासो छ । गएको असोज १०, ११ र १२ गतेको बाढी/पहिरोले सबैजसो राजमार्ग र सडकखण्ड प्रभावित भएकोमा आवश्यक मर्मत गरी सञ्चालनमा आएका छन् । तर यी सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रामा सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गर्दै आएका छन् । यसैबीच आज पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम निरन्तर छ । अस्ति विजयादशमीका दिनदेखि शुरु भएको टीका, जमरा लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म नै जारी ...
आज यिँ प्रदेशमा हुनेछ वर्षा

आज यिँ प्रदेशमा हुनेछ वर्षा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बागमती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ । तीनवटै प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । असोज २९...
डडेल्धुराकि १४ वर्षिय आरतिको घाँटी थिचेर हत्या, यसरी भएको थियो घटना

डडेल्धुराकि १४ वर्षिय आरतिको घाँटी थिचेर हत्या, यसरी भएको थियो घटना

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी: डडेल्धुरामा मृत फेला परेकी आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका एक जनालाई सार्वजनिक गरिएको छ। अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्या गरेको आरोपमा पक्राउ परेका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई सार्वजनिक गरिएको हो। डडेल्धुरा प्रहरीले पत्रकार सम्मेलन गर्दै हत्या आरोपी भण्डारीलाई सार्वजनिक गरेको हो। डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरिसकेका छन्। ‘घटनास्थल नजिकै टेकबहादुर भण्डारीको पोखरा बजारमा भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसल रहेको छ,’ डिएसपी श्रेष्ठले भने, ‘पसलभित्र कोठामा आवेशमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेका छन्।’ डिएसपी श्रेष्ठका अनुसार आवेशमा आउनुको कारण भने अहिलेसम्म खुलेको छैन। स्थानीय बासिन्दाले बलात्कारपछि हत्या भएको बताउँदै आएका छन्। डिए...
आज लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका केही स्थानमा वर्षा

आज लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका केही स्थानमा वर्षा

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट
काठमाण्डौ – आज लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा मौसम सामान्य बदली छ । त्यस्तै कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना रहेको जल मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसमी बुलेटिनका अनुसार अहिले कोशी, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी केही भागमा हल्कादेखि मध्यम बदली रहनेछ । आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ । तीनवटै प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । भोलि पनि कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली साथै बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागमा हल्क...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज