Advertisement

Breaking News 1

डडेल्धुरा: सीडीओ चोमेन्द्र न्यौपानेमाथि आर्थिक अनियमितताको आरोप

डडेल्धुरा: सीडीओ चोमेन्द्र न्यौपानेमाथि आर्थिक अनियमितताको आरोप

Breaking News 1, Breaking News 2, Breaking News 3, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
डडेल्धुरा : डडेल्धुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) चोमेन्द्र न्यौपानेमाथि स्थानीय तह र विभिन्न सरकारी कार्यालयहरूबाट रकम असुलेको गम्भीर आरोप सार्वजनिक भएको छ। सूचनाका आधारमा, दशैं, तिहारजस्ता चाडपर्वको अवसर पारेर उनले कार्यालयहरूसँग आर्थिक सहयोगको नाममा रकम संकलन गरेका छन्। आरोप छ कि उनले सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको नामलाई आफ्नो स्वार्थपूर्तिका लागि प्रयोग गरेका छन्। डडेल्धुराका एक कर्मचारीका अनुसार, “सीडीओले राज्यमन्त्रीको सन्दर्भ झिकेर सहयोगका लागि रकम माग्ने गरेका छन्। यस्तो गतिविधिले कार्यालयमा असन्तुष्टि बढेको छ।” यस घटनाबारे सीडीओ न्यौपानेले आफ्नो धारणा स्पष्ट गर्दै सबै आरोप नकारेका छन्। उनले यो विषय नियोजित रूपमा आफूलाई बदनाम गर्न गरिएको भन्दै कानुनी उपचार खोज्ने बताएका छन्। राज्यमन्त्री सरस्वती खड्काले भने सीडीओले आफ्नो नाम गलत उद्...
ढकारी गाउँपालिकामा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा सम्पन्न

ढकारी गाउँपालिकामा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा सम्पन्न

Breaking News 1, Breaking News 2, अछाम, सुदूरपश्चिम
अछाम – ढकारी गाउँपालिकामा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा पालिकामा रहेका सम्पूर्ण माध्यमिक विद्यालयहरूले सहभागिता जनाएका थिए। स्थानीय खेलकुद विकासमा योगदान पुर्‍याउने उद्देश्यले आयोजित यो प्रतियोगिता ढकारी गाउँपालिकाको खेलकुद गतिविधिमा एक महत्वपूर्ण कोशेढुङ्गा बन्न पुगेको छ। प्रतियोगिता ढकारी गाउँपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष टंक बहादुर साउदको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथिका रूपमा प्रदेश सभा सदस्य माननीय मान बहादुर रावलले उपस्थिति जनाउँदै खेलकुदको महत्व र यसले विद्यार्थीको सर्वाङ्गीण विकासमा पुर्‍याउने योगदानमाथि प्रकाश पारे। विशिष्ट अतिथिका रूपमा ढकारी गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउद, पूर्व गाउँपालिका अध्यक्ष धन बहादुर बुढा, उपाध्यक्ष नेत्रकला देवी शाही, र नेपाली कांग्रेसका महा समिति सदस्य बल बह...
महाकुम्भका लागि विशेष बस सेवा: गौरीफन्टादेखि प्रयागराजसम्म अब सहज यात्रा

महाकुम्भका लागि विशेष बस सेवा: गौरीफन्टादेखि प्रयागराजसम्म अब सहज यात्रा

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
प्रयागराजमा जारी महाकुम्भ मेलामा सहभागी हुने श्रद्धालुहरूको लागि गौरीफन्टाबाट प्रयागराजसम्मको यात्रालाई सहज बनाउन बडिमालिका टुर एण्ड ट्राभल्सले विशेष बस सेवा सञ्चालन गरेको छ। सुपर लग्जरी बस सेवामार्फत यात्रुहरूले सुरक्षित र आरामदायी यात्राको अनुभव लिनेछन्। गौरीफन्टादेखि प्रयागराजसम्मको यो सेवा रु. ४,०००/- मा उपलब्ध गराइएको छ। यात्रुहरूको सुविधाका लागि बसभित्र आरामदायी सीट र आधुनिक सुविधा समेत उपलब्ध छ। महाकुम्भ मेलामा प्रत्येक १२ वर्षमा एकपटक आयोजना हुने धार्मिक कार्यक्रम हो। यस मेलामा लाखौं श्रद्धालुहरूले स्नान गरी आध्यात्मिक लाभ उठाउँछन्। महाकुम्भको अवसरमा यो यात्रा सेवा विशेष रूपमा सञ्चालन गरिएको बडिमालिका टुर एण्ड ट्राभल्सले जनाएको छ। सिट बुकिङका लागि सम्पर्क नम्बर: +९७७९७०८०६९८८५ +९७७९८४८४८७७१९ महाकुम्भ मेलामा सहभागी भई धार्मिक अनुभवलाई स्मरणीय बनाउन यो सेवा प्रभ...
बझाङका लक्ष्मण ओझालाई सहयोग: मलम पट्टी परिवारद्वारा  अभियान सफल

बझाङका लक्ष्मण ओझालाई सहयोग: मलम पट्टी परिवारद्वारा  अभियान सफल

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङका लक्ष्मण ओझा, जो शारीरिक रूपमा अशक्त हुनुहुन्छ, उहाँको लागि मलम पट्टी परिवारद्वारा सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो। भारतमा कामका लागि गएका ओझाको खुट्टा विविध कारणले त्यहीँ काट्नुपरेको थियो, जसका कारण उहाँ अशक्त हुनुहुन्छ। हाल ओझा आफ्नो गृहजिल्ला बझाङमै टिनको छानोमा बस्दै आउनुभएको छ। ओझालाई सहयोग पुर्‍याउन मलम पट्टी परिवारले विभिन्न सहयोगी मनका धनीहरूबाट रकम संकलन गरेको थियो। सहयोगदाताहरू र उनीहरूले दिएको रकम निम्नानुसार छ: 1. दीपक गिरी (गिठी पाटा): ₹510 2. हर्क प्रसाद बन (बगडगाउँ): ₹1010 3. अम्बि ओझा (मटेला): ₹1010 4. केदार वन (छन्ना): ₹510 5. केशव गिरी (बुगल): ₹505 6. देवीलाल गिरी (गिठीपाटा): ₹505 7. लक्ष्मण गिरी: ₹505 8. कमल गिरी: ₹515 9. राम प्रकाश गिरी: ₹521 10. धर्मराज गिरी (धुर्मुस): ₹505 11. गोकर्ण भारती (बिन्दास): ₹521 12. शमशेर कडायत: ₹551 13. स...
उधोगमन्त्री दामोदर भण्डारीले भने प्राधिकरणको पत्रको आधारमा सेयर किनबेच रोक्का नगर्नु

उधोगमन्त्री दामोदर भण्डारीले भने प्राधिकरणको पत्रको आधारमा सेयर किनबेच रोक्का नगर्नु

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, दैनिक, मुख्य समाचार
काठमाडौं - उद्योगमन्त्री दामोदर भण्डारीले नेपाल विद्युत प्राधिकरणको पत्रको भरमा कम्पनीहरुको शेयर किनबेच रोक्का गर्ने काम नगर्न कम्पनी रजिष्ट्रारको कार्यालयलाई निर्देशन दिएका छन् । प्रक्रिया नपुर्‍याई  गैरकानुनी टेडिकेटेड तथा ट्रंकलाइनको महशुल विवादसँग जोडिएका उद्योग (कम्पनी)हरुको शेयर किनबेच रोक्न नमिल्ने बताउँदै मन्त्री भण्डारीले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयबाट आधिकारिकरुपमा उद्योग मन्त्रालयमा पत्र आएपछि सो पत्रको आधारमा मात्रै यस्तो रोक्का प्रक्रिया अघि बढाउन सकिने सुझाव दिएका थिए । बिहीबार मन्त्री भण्डारीले कम्पनी रजिष्ट्रार प्रदीप अधिकारीलाई फोन गरेर प्राधिकरणले पत्र पठाएको भरमा कम्पनीहरुको शेयर किनबेच रोक्न नमिल्ने बताएका हुन् । जवाफमा अधिकारीले प्राधिकरणको पत्र दर्ता हुन आएकाले शेयर किनबेच रोक्का गर्ने हो कि भन्ने सोच बनाएको बताउँदै यससम्वन्धमा निर्णय नभईसकेको जवाफ दिएका थिए...
बझाङको  वित्थडचिरमा १२५ जनालाई बल्याङ्केट वितरण

बझाङको वित्थडचिरमा १२५ जनालाई बल्याङ्केट वितरण

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङको वित्थडचिरमा १२५ जनालाई बल्याङ्केट वितरणवित्थडचिर गाउँपालीकामा १२५ जना बृद्धबृद्धालाई बल्याङकेट वितरण गरिएको छ । एक कार्यक्रमका विच वित्थडचिर गाउँपालीका वडा नम्बर ४ काे आर्थिक सहयाेगमा न्यानो बल्याङकेट वितरण गरिएको हाे । कार्यक्रममा अध्यक्षता बित्थडचिर गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कलक बहादुर बाेहराकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालीका उपाध्यक्ष धनलक्ष्मी मल्ल रहनुभएकाे युवा नेता गाेविन्द ढाटले बताउनु भएको छ । राष्ट्रिय जेष्ठ नागरिक दिवसकाे अवश्वरमा चिसोयामको समय लाई मध्यनजर गर्दै बित्थडचिर गाउँपालिका वडा न ४ को आर्थिक बर्ष २०८१/०८२ को बिनियोजित रकम बाट ७० बर्ष भन्दा माथिका १२५ जना जेष्ठ नागरिक लाई बल्याङकेट वितरण सँगै सम्मान गरियको थियाे । माैषम परिवर्तन सँगसँगै चिसाे हटाउन बुढापाकाहरुलाई यसरी सरकारले सहयाेग गरेको भन्दै खुसि ब्याक्त गरणन...
बाजुरा: खप्तड छेडेदह गाउँपालिका ३ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन, सेवाग्राहीको कामकाज ठप्प

बाजुरा: खप्तड छेडेदह गाउँपालिका ३ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन, सेवाग्राहीको कामकाज ठप्प

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बाजुराको खप्तड छेडेदह गाउँपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा रहेको छ। प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण पाध्यायको सरुवापछि अहिलेसम्म नयाँ अधिकृत नियुक्त नहुँदा गाउँपालिकामा दैनिक प्रशासनिक तथा विकास निर्माणका काम ठप्प भएका छन्।   गाउँपालिकामा सेवा लिन आउने स्थानीयहरू सास्ती खेप्न बाध्य भएका छन्। सरकारी प्रमाणपत्र, योजनाको सम्झौता, आर्थिक कारोबार, अनुदान वितरण, र अन्य प्रशासनिक सेवाका लागि आउने सेवाग्राहीहरूलाई दिनहुँजसो फर्किनु परेको छ। जनप्रतिनिधि र निमित्त अधिकृतबाट मात्रै कामकाज सम्भव नभएपछि सेवाग्राहीहरूले गाउँपालिकाको अकर्मण्यताप्रति चर्को असन्तोष व्यक्त गरेका छन्।   ७ महिनामै विवादमा पाध्याय, विनासूचना काठमाडौं प्रस्थान   २०८० माघ महिनामा खप्तड छेडेदहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका पाध्यायको कार्यकाल विवादास्पद रह्यो। गाउँपालिकाका ...
बाजुराको गौमुल गाउँपालिकामा दोस्रो गाउँसभाको छैटौं अधिवेशन सुरु

बाजुराको गौमुल गाउँपालिकामा दोस्रो गाउँसभाको छैटौं अधिवेशन सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, सुदूरपश्चिम
बाजुरा – गाउँपालिकाको विकासलाई तीव्रता दिन र जनताको आवश्यकता सम्बोधन गर्न गौमुल गाउँपालिकाले दोस्रो गाउँसभाको छैटौं अधिवेशन सुरु गरेको छ। यस अधिवेशनले गाउँपालिकाको वार्षिक प्रगतिसमीक्षा, आगामी योजना तथा बजेट तर्जुमा लगायतका महत्वपूर्ण विषयमा निर्णय गर्नेछ। गाउँपालिका अध्यक्षको अध्यक्षतामा सुरु भएको अधिवेशनमा उपाध्यक्ष, वडा अध्यक्षहरू, सदस्यहरू, स्थानीय प्रतिनिधिहरू, र सरोकारवालाहरूको उपस्थितिले गाउँपालिकाको विकासमा स्थानीय नेतृत्वको प्रतिबद्धता झल्काएको छ। अधिवेशनमा स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, र रोजगारी जस्ता प्राथमिकता प्राप्त क्षेत्रका योजनाहरूमा विशेष छलफल हुने अपेक्षा गरिएको छ। यस अधिवेशनले गाउँपालिकाको वार्षिक बजेटको कार्यान्वयन अवस्था, चालु योजनाको प्रगति, र आगामी वर्षका प्राथमिकता निर्धारण गर्नेछ। जनताको आवश्यकता र मागलाई मध्यनजर गर्दै स्थानीयस्तरमा प्रभावकारी योजनाहरू...
सत्यवादी माध्यामिक विद्यालयकाे ११९ औँ बार्षिक उत्सव कार्यक्रम

सत्यवादी माध्यामिक विद्यालयकाे ११९ औँ बार्षिक उत्सव कार्यक्रम

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : सत्यवादी माध्यमिक विद्यालय बझाङकाे ११९ अाैँ बार्षिक उत्सव कार्यक्रम भएको छ । आज जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको सबैभन्दा पुरानाे सत्यवादी माध्यामिक विद्यालयकाे ११९ अाैँ बार्षिक उत्सव कार्यक्रम भव्यताका साथ सञ्चालन भएको हाे । विद्यालयले विभिन्न कार्यक्रम गर्दै आज आफ्नै प्राङ्गणमामा कार्यक्रम सञ्चालन गरेकाे थियाे । बार्षिक समिक्षा सँगै सँगसँगै विद्यालयकाे प्रगति बारे विद्यालयका प्रधानाध्यापक खगेन्द्र जाेशीले प्रस्तुत गर्नु भएको थियाे । पछिल्लो समय विद्यालयमा नरेन्द्र खड्का सर्वहाराकाे विव्यस अध्यक्ष नयाँ नेतृत्व आएसँगै भाैतिक बिकास र आर्थिक बिकासमा समृद्धि भएको पाईन्छ भने गुणस्तरीय शिक्षा आजकाे आवश्यकता लाई तिव्ररुपमा अगाडि सारिएको छ । शिक्षामा सुधार हुँदै आएको यस विद्यालयमाकाे बार्षिक उत्सव कार्यक्रमकाे विव्यस अध्यक्ष नरेन्द्र खड्काकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका...
चैतन्य पाठशालाद्वारा बझाङको सत्यवादीलाइ प्रिन्टर हस्तान्तरण

चैतन्य पाठशालाद्वारा बझाङको सत्यवादीलाइ प्रिन्टर हस्तान्तरण

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको सत्यवादी माध्यामिक विद्यालय लाई रङ्गिन प्रिन्टर हस्तान्तरण गरिएको छ । सत्यवादी माध्यामिक विद्यालयकाे बार्षिक उत्सव कार्यक्रममा उपस्थिति हुँदै चैतन्य पाठशालाका प्रमुख ईश्वरी गिरीले अध्यक्ष नरेन्द्र खड्का लाई विभिन्न सामाग्री उपलब्ध गराउनु भएको हाे । गुणस्तरीय शिक्षा आजकाे आवश्यकता लाई मध्यनजर गर्दै भाेपुर बाट प्रिन्ट गर्न चैनपुर आउनु पर्ने बाध्यताकाे अनत्य गर्न प्रिन्टर सहित पाेशाक किताब उपलब्ध गराउनु भएको थियाे । यसरी चैतन्य पाठशालाले दुर्गम बझाङमा रहेको सत्यवादी माध्यामिक विद्यालयलाई सामाग्री हस्तान्तरण गरेकोमा धन्यवाद दिदै आगामी दिनमा सहकार्य सहअस्तित्व गर्दै अगाडि बढ्ने प्रधानाध्यापक खगेन्द्र जाेशीले बताए ।...
प्रगतिशील नेपाली समाज समिति भारत कर्नाटक राज्य समितिको प्रथम राज्य सम्मेलन सम्पन्न

प्रगतिशील नेपाली समाज समिति भारत कर्नाटक राज्य समितिको प्रथम राज्य सम्मेलन सम्पन्न

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
२२ डिसेम्बर आइतबार २०२४ का दिन प्रवासी नेपाली जनताको गौरवमय संगठन प्रगतिशील नेपाली समाज समिति भारत अन्तर्गत कर्नाटका राज्य समितिको प्रथम राज्य सम्मेलन भब्यताका साथ सम्पन्न भयको छ। उक्त सम्मेलनको अध्यक्षता प्रगतिशील नेपाली समाजकि महिला केन्द्रीय नेत्री सरिता रोकाया ज्यु ले गर्नु भयको थियो भने प्रमुख अतिथिमा लोकेन्द्र सेर्पाली विशिष्ट अतिथिमा दान बहादुर सहकारी बिषेश अतिथि राजेश कुमार रावल अतिथि सरिता रोकाया अतिथि लोकदेउडा गायक कटक नेपाली रहनु भयको थियो । सम्मेलन मा एक मिनेट महान सहिद प्रति मौन धारण गर्दै नेपाली राष्ट्रीय गान बाट कार्यक्रमको सुरुवात गरियको थियो । कार्यक्रम मा स्वगत मन्तव्य तारा क्षेत्रीले राख्नु भयको थियो भने कार्यक्रम संचालन बिरेन्द्र बहादुर सिहले गर्नु भयको थियो। उक्त सम्मेलन बाट अध्यक्ष सुरेन्द्र नगार्जी लाई सम्मान गर्दै चुनावी प्रकृया बाट नयाँ पदाधिकारी चयन ...
सुर्खेतमा गुठु सामुदायिक सिकाई केन्द्रको १२औं वार्षिक साधारण सभा सुर्खेतमा भव्य रूपमा सम्पन्

सुर्खेतमा गुठु सामुदायिक सिकाई केन्द्रको १२औं वार्षिक साधारण सभा सुर्खेतमा भव्य रूपमा सम्पन्

Breaking News 1, Breaking News 2, Breaking News 3, कर्णाली प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुर्खेत, सूचना प्रविधि
सुर्खेत – गुठु सामुदायिक सिकाई केन्द्रको १२औं वार्षिक साधारण सभा वडा नं. ८ को वडा कार्यालयको प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम सिकाई केन्द्रका अध्यक्ष कमल जीसीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि गुठिचौर गाउँपालिकाका अध्यक्ष खड्क विक ‘विवश’ हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा उपाध्यक्ष नर बहादुर बान्तोला र नारी उत्थान सहकारीकी अध्यक्ष विमला जीसीको उपस्थिति रहेको थियो। वडाध्यक्षले सम्बोधन गर्दै सामुदायिक सिकाई केन्द्रले ग्रामीण क्षेत्रमा शिक्षा, सामाजिक चेतना, र महिला सशक्तिकरणमा पुर्‍याएको योगदानप्रति प्रशंसा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, "सामुदायिक सिकाई केन्द्रजस्ता संस्थाहरूले गाउँका समस्याहरू समाधान गर्न र दिगो विकासका लागि महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। स्थानीय निकायले यस्ता संस्थालाई आवश्यक सहयोग गर्न सधैं तयार छ।" कार्यक्रममा केन्द...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज