धनगढीमा जुवा खेलिरहेका ४ जना पक्राउ,, साथमा थियोे १९ लाख बढी रुपैयाँ
धनगढी- कैलालीको धनगढीमा जुवा खेलिरहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार धनगढी उपमहानगरपालिका – २ बैयाबेहडी स्थित खेतबारीको टहरा भित्र जुवा तास खेलिरहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय अबनिश सिंह सहित ४ जना रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनीहरूको साथबाट १९ लाख ३ सय २५ रुपैयाँ, २ गड्डी तास र २ मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ...












